Back

ⓘ अब्हा




अब्हा
                                     

ⓘ अब्हा

अब्हा साउदी अरबको असिर प्रान्तको राजधानी हो। यो समुद्र सतहबाट २,२७० मिटर माथि रहेकोे छ जो दक्षिण-पश्चिमी साउदी अरबको असिर राष्ट्रिय निकुञ्जको उर्वर पहाडमा अवस्थित छ। अब्हाको शीतल र रमणीय वातावरणले यो क्षेत्र पर्यटकहरूको लागि एक लोकप्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ।

                                     

1. इतिहास

अब्हा प्रथम विश्वयुद्ध सम्म राजकुमार आशेर इब्न अदेका लागि राजधानी शहर थियो जुन अटोमन साम्राज्यको नियन्त्रण रहेको थियो । सन् १९१८ मा, असिरका राजकुमार, य्याया बिन हसुन अल अडेका नाती इब्न आइड, अब्हाको पूर्ण स्वतन्त्रतासँग विजयी भए आफ्नो परिवारको सिंहासनमा फर्किएका थिए । १९२० मा, असिरलाई साउदी अरब को एकीकरण को समयमा इखवान जनजातीहरूले कब्जा गरेका थिए । यहाँ थुप्रै ऐतिहासिक स्थानहरू जस्तै किल्ला र अन्य थुप्रै मनैलोभ्याउने स्थानहरू रहेका छन् ।

                                     

2. यातायात

जेदाह र अब्हा जोड्ने एक तटिय सडक १९९७ मा पूरा भएको थियो । साप्टोको बस स्टेशन साउदी अरब भित्रै अन्य गन्तव्यहरूमा जोडिएको छ ।

अब्हा क्षेत्रीय विमानस्थल,(अरबी: مَـطَـار أَبْـهَـا, अब्हाको मुख्य विमानस्थल हो । यसले अरु छिमेकी मुलुकहरूसँग आफ्नो हवाई सुबिधालाई मध्यनजर गर्दै यसले यमनको सनाह, इजिप्टको कायरो, कतारको दोहा र संयुक्त अरब इमिरेट्सको दुबै र साथै साउदी अरब भित्रै अन्य गन्तव्यसम्म यात्रुहरूलाई ल्याउने र लैजाले गर्दछ । डच-डिजाइनमा आधारित अब्हा विमानस्थलको निर्माण सन् १९७५ को मध्यमा सुरु भयो र उडानहरू १९७७ मा सुरु भएको थियो । यो विमानस्थल निर्माण गर्नुअधि, त्यहाँका सेनाहरुद्वरा आन्तरिक वा घरेलु उडान सञ्चालन गर्दथे ।

                                     

3. उल्लेखनिय भवनहरू

अब्हा शहर चार चौथाईमा बनेको छ, त्यसमध्य सबैभन्दा ठूला किल्लाहरु हुन् । हिलटप किल्लाहरू शहरको एक विशेष विशेषता हो । १९२७ मा बनाइएको साडा दरवार, हाल स्थानीय सङ्ग्रहालय र घरेलू सामानहरू प्रदर्शित गर्ने एक सङ्ग्रहालय बनेको छ । अब्हामा अन्य उल्लेखनीय भवनहरु अब्हाको ठुलो मस्जिद, अल-ताहि रेस्टुरेन्ट, अब्हा दरवार होटेल र सद ताल नजिक रहेकोे फर्न पार्क शामिल छ । शहरको १.५ किमी दक्षिणपश्चिमी क्षेत्रमा नयाँ अब्हा पाँच-तारे होटल ताल नजिकै भर्खरै निर्माण भएको छ । साउदीमा दैनिक पत्रिका अल वाट प्रिन्ट प्रेसको प्रमुख कार्यलय, यहीँ अब्हामा अवस्थित छ ।

                                     

4. शिक्षा

राजा खालिड विश्वविद्यालय अब्हामा एक सार्वजनिक विश्वविद्यालय हो । यस विश्वविद्यालय १९९९ मा इस्लाम अध्यापन गराइने, इमाम मुहम्मद बिन सउद विश्वविद्यालय र दक्षिणमा रहेकोे राजा साउद विश्वविद्यालयहरूलाई सामायोजन गरी स्थापित गरिएको थियो ।

                                     

5. भूगोल र जलवायु

अब्हा समुद्र स्तरबाट २२७० मिटर ७४४८ फिट माथि असिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । अब्हा जबल सादामा रहेकोे अल-हिजज पर्वतको पश्चिमी किनारमा अवस्थित छ जसलाई साउदी अरबमा उच्चतम चोटि भएको दावी गर्दै आएका छन् ।

अब्हाको मौसम हलुका चिसो छ र यस शहरमा रहेकोे उच्च स्थानको प्रभाले यहाँको मौसम चिसो बनेको हो । शहरको मौसम सामान्यतया वर्षभरि हलुका हुन्छ, वर्षको समयमा कहिलेकाहीँ तापमान ३५ डिग्री सेल्सियस ९५.० फरेन्हाइट सम्म पुग्दछ । प्रति वर्ष वर्षातको समयमा फेब्रुअरी र अप्रिलको बिच २७८ मिलिमिटर ११ इन्च पानी पर्ने गरेको छ र जुलाई र अगस्तमा हालुका वर्ष हुने गरेको छ ।

२५ अगस्त, १९८३ मा सबैभन्दा उच्च ४० डिग्री सेल्सियस अथवा १०४ फरेन्हाइट तापमान रेकर्ड गरिएको थियो । जबकि डिसेम्बर २९, १८७३ मै सबैभन्दा निम्न तापमान -२ डिग्री सेल्सियस अथवा २८ फरेन्हाइट रेकर्ड गरिएको थियो ।