Back

ⓘ जेदाह




जेदाह
                                     

ⓘ जेदाह

जेदाहा तिहामाह प्रदेशको हिजाजमा पर्ने साउदी अरबको एक प्रमुख शहर हो जुन रातो नदिको किनारमा अवस्थित छ । यो शहर मक्का प्रदेशको सबैभन्दा ठूलो शहर र रातो नदिको प्रमुख बन्दरगाहको रूपमा रहेको छ । यस शहरको कुल जनसङ्ख्या करिब चार मिलियन रहेको छ र राजधानी रियाद पछिको दोश्रो ठूलो शहर हो । जदहालाई सउदी अरबको व्यापारिक राजधानीको रूपमा लिईन्छ ।

जेदाहा साउदी अरबको प्रमुख शहर मक्का र मदिनाको प्रवेश द्वार हो । आर्थिक रूपमा जेदहा साउदी अरब भित्र वैज्ञानिक र इन्जिनियरिङ विकासको लागि जोड दँदै आएको छ । जेदाहा साउदी अरबको प्राथमिक आश्रयको शहरहरू मध्ये एक हो । यो शहरको आदर्श वाक्य जेदा गहिर जसलाई उल्था गरेर नेपालीमा जेदाहा फरक छ भन्ने बुझिन्छ र यो आदर्श वाक्य सबै विदेश र स्थानीय बासीहरूले प्रयोग गर्दै आएका छन् ।

                                     

1. भुगोल र मौसम

जेदाहा शहर साउदी अरबको रातो नदीको किनारमा अवस्थित । जेदाहा हाजिज प्रन्तमा एक मुख्य शहर हो र यो शहर क्षेत्रफलका अनुसार विश्वको १०० अौँ ठूलो शहरको रूपमा रहेको छ ।

जेदाहामा हिउँदक बेला धेरै जाडो नभई यहाँको तापक्रम १५ डिग्री र दिउँसोको बेला २८ डिग्री सम्म मापन गरियको छ । त्यस्तै ग्रिष्म ऋतुमा जेदाहामा अत्याधिक गर्मि हुने भएकाले यस शहरको तापक्रम अौसतमा ४३ डिग्री र साँझको बेला ३० डिग्री हुन्छ । जेदाहामा नोभेम्बर र डिसेम्बरमा मात्र फाटफुट वर्षा हुने गरेको छ र चट्याङ हिउँदको बेला अत्याधिक मात्रामा पर्छ । यस भन्दा अघि सन् २००८ मा एक शक्तिसाली चट्याङ परेको थियो । सन् १९९३ फेब्रुअरी १० मा जेदाहाको तापक्रम सबैभन्दा कम ९.८ डिग्री मापन गरियको थियो भने सन् २०१० जुन २२ मा यस शहरको तापक्रम सबैभन्दा अधिक ५२.० डिग्री मापन गरियको थियो ।

                                     

2. शिक्षा

सन् २००५ मा पुरुष विद्यार्थी लागि जेदाहामा सरकारी र निजी विद्यालय गरी ८४९ रहेका छन् र महिला विद्यार्थी लागि जम्मा १,१७९ विद्यालयहरू रहेका छन् । यहाँ विद्यार्थीलाई मुख्य अरबी भाषाम पढाइ हुन्छ र दोश्रो भाषाको रूपमा अङ्ग्रेजी भाषा पढाइ हुन्छ त्यहिपनि बाहिरी प्रशासन र विदेश नाम भएका विद्यालयमा कक्षा अङ्ग्रेजीमा सञ्चालन हुँदै आएको छ ।

                                     

3. बाह्य कडीहरू

  • जेदाहामा रोजगार
  • जेदाहाको जनाकारी भएको वेबसाइट अङ्ग्रेजीमा
  • नगरपालिकाको आधिकारिक वेबसाइट अरबी भाषामा
  • आधिकारिक वेबसाइट अङ्ग्रेजीमा
  • जेदाहा शहरको लागि सहयोग
  • जेदाहामा रहेका मुर्तिकहरू जनाकारी भएको वेबसाइट
                                     
  • ऐत ह स क स थ नहर जस त क ल ल र अन य थ प र मन ल भ य उन स थ नहर रह क छन ज द ह र अब ह ज ड न एक तट य सडक म प र भएक थ य स प ट क बस स ट शन स उद
  • द स र चरणम ह ल, अल बह अल म ज म र व द अल द स र, र त स र चरण र य द, ज द ह र डम मम सम व श गर एक थ य Company Details अन त म पह च अप र ल
  • स वतन त र बन क थ य स म ब व स उद अम र क ब ङ क फ ब र अर म ज द ह र र य दम स ट ब ङ क श ख हर प र प त गर न क स थ स थ पन भएक थ य स उद

Users also searched:

...
...
...