Back

ⓘ मोबिटेल (श्रीलङ्का)




मोबिटेल (श्रीलङ्का)
                                     

ⓘ मोबिटेल (श्रीलङ्का)

मोबिटेल श्रीलङ्काको राष्ट्रिय मोबाइल सेवा प्रदायक हो । यस सञ्जाल विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछ र हाल २ जी, ३.५ जी ४ जी र ४.५जी प्रविधिहरू प्रयोग गरी जिएसएम, जिपिआरएस, एज, युएमटिएस, एचएसपिए, डिसि-एचएसपिए र एफडी-एलटिइ लगाएताका सेवाहरू सञ्चालन गर्दछ । यसले आफ्नो जीएसएम सञ्जाल श्रीलङ्का भरी पुगेको छ । मोबिटेलले मोबाइल ब्रोडब्यान्ड सेवाहरूसँग प्रीपेड र पोष्टपेड मोबाइल सेवाहरू प्रदान गर्दछ । ३.५.जी नेटवर्क र पोष्टपेड मोबाइल सेवाहरू, ४ जी नेटवर्क प्रयोग गरी यसले सेवा प्रदान गर्दै आइरहेको छ । मोबिटेलले नोभेम्बर २०१३ मा मोबाइल रकम सेवा पनि चलाएको छ जसलाई एमक्यास भनिन्छ जसले गर्द मोबाइल फोन एक वित्तीय साधन बनेको छ । यस सेवालाई श्रीलङ्काको केन्द्रीय बैङ्क द्वारा इजाजतपत्र दिइएको छ । यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा रहेको छ ।

                                     

1. मोबिटेलका बारेमा

मोबिटेल, श्रीलङ्काको राष्ट्रिय मोबाइल सेवा प्रदायक हो, जसलाई १९९३ मा सञ्चालन सुरु गरिएको थियो, अक्टोबर २००२ मा एसएलटी को पूर्ण स्वामित्वमा रहेकोे सहायक कम्पनी बनेको थियो ।

जनवरी २००४ मा, कम्पनीले आफ्नो पूर्णतया २.५ जी जीएसएम नेटवर्कलाई एज / जिपिआरएस गरी दोहोरो ब्यान्डमा सेवा सञ्चालन गरेको थियो । डिसेम्बर २००७ मा, कम्पनीले आफ्नो ३.५ जी एचएसपीए नेटवर्कको सुरुवात गर्यो । यो दक्षिण एसियाको पहिलो ३.५ जी नेटवर्क सेवा थियो । यसबाहेक, मोबिटेलले एचएसपीए HSPA+ एमएमओ प्रविधि सफलतापूर्वक डाउनलोड गति २८.८ एमबी प्रती सेकेन्ड सम्म प्रदर्शन गरे र ४ जी / एलटिइ टेक्नोलोजीको सफल परीक्षणमा एसियाली क्षेत्रमा पहिलो पटक ९६ एमबी प्रती सेकेन्ड भन्दा बढि गति परीक्षण गर्यो । मोबिटेलले २.५ जी / ३.५ जी / ४ जी सञ्जाल र सेवा प्रस्तावमा आजसम्म ५०० मिलियन अमेरिकी डलर भन्दा बढी रकमको लगानी गरेको छ ।

                                     

2. इतिहास

मोबिलेलले १९८६ मा श्रीलङ्काको बजारमा तेस्रो मोबाइल टेलिफोन प्रदायकको रूपमा आफुलाई स्थापित गरेको थियो । मूलतः श्रीलङ्का टेलिकम र टेलिस्ट्रा बीच सहयोगमा स्थापना भएको थियो । मोबिटेल पूर्णतया नोभेम्बर २००२ देखि एसएलटी द्वारा स्वामित्व गरिएको छ ।

                                     
  • इत स ल त श र लङ क स न ह ल එට සල ට तम ल: எட சல ட श र लङ क क एक म ब इल द रसञ च र स व प रद यक ह य ह ल स य क त अरब इम र तम आध र त द रसञ च र
  • श र लङ क ट ल कम स न ह ल ශ ර ල ක ට ල ක ම ප එල ස श र लङ क क र ष ट र य द रसञ च र स व प रद यक ह श र लङ क म ब ल यन भन द बढ क व र ष क क र ब र

Users also searched:

...
...
...