Back

ⓘ जज् (कम्पनी)




जज् (कम्पनी)
                                     

ⓘ जज् (कम्पनी)

जज् मोबाइल सञ्चार लिमिटेड (उर्दू: جاز वा जज् पाकिस्तानको सबैभन्दा ठूलो मोबाइल सञ्जाल हो जुन मोबिलिङ्क र वारिदको समायोजन पछि बनेको थियो। यसले व्यक्तिगत र कर्पोरेट प्रयोगकर्ताहरूमा प्रीपेड र पोष्टपेड ग्राहकहरूको सेवा प्रदान गर्दछ। यसको प्रमुख कार्यालय पाकिस्तानको इस्लामाबादमा अवस्थित छ र हालका प्रमुख कार्यकारी अधिकृत आमिर इब्राहिम हुन्। यो पाकिस्तान एक लोकप्रिय दूरसञ्चर सेवा प्रदायक मध्य एक हो।

                                     

1. इतिहास

यो पहिला मोबिलिङ्क पीएमसीएलको रूपमा चिनिन्थ्यो, तथापि नोभेम्बर २०१५ मा वारिदटेल पाकिस्तानसँग समायोजनको घोषणा भएको थियो र दुवै कम्पनीले जज्को नामको पुन आफ्नो सेवा सञ्चालन गरेका थिए । दुवै समायोजित कम्पनीहरू अब सामूहिक रूपमा पाकिस्तानमा ५६ मिलियन ग्राहकहरूलाई सेवा गर्छन् जो कुल बजार साझेदारीको ३७% हो ।

                                     

2. सञ्जाल

जजले पाकिस्तानमा ८५०० भन्दा अधिक सक्रिय सेल टावरहरू सञ्चालनमा ल्याएको छ र ६५०० किलोमिटर लामो अप्टिकल फाइबरकेबल ओछ्याइएको छ। २० भन्दा बढी सहरहरूमा हाल जजको ४ जी एलटिइ सेवा फैलिएको छ। जजले, आफ्नो सञ्जाल सञ्चालनको लागि, एरिक्सन एक स्विडेनको कम्पनी र संक्षिप्त सन्देश सेवा केन्द्र लागि एसिसनको उपयोग गर्दछ। जजले आफ्नो सञ्जालमा ३.९ अरब भन्दा बढी अमेरिकी डलरको लगानी गरेको छ।

जजले, हाल पुराना वारिद पाकिस्तानका उपकरणलाई हटाई देशका विभिन्न सहरहरूमा आफ्नो ४ जी एलटिइ सञ्जाल बिस्तार गर्ने क्रममा रहेको छ। सञ्जाल पहिले देखिनै कराची, लाहोर, इस्लामाबाद, रावलपिंडी, गुजराणवाला, मुल्तान, फैसलाबाद, सियालकोट, कोएटा लगएतका विभिन्न सहरहरूमा ४ जी एलटिइ सेवा सक्रिय छ।

हालैको विकासमा जाजले हुवावेको सहायताबाट ९९० मेगाहर्जको ३ जी आवृत्ति शुरु गरेको छ। यसैगरी हुवावेले जजलाई क्लाउडएयर प्रविधि लागू गर्न मद्दत पुर्‍याएको छ जसले जजलाई सबै उपलब्ध ब्यान्डहरूमा जिएसएम, यूएमएसटी र एलटिइ सेवाहरू प्रदान गर्न सक्षम पारेको छ।

                                     

3. जज व्यवसाय - उद्यम समाधान

जज व्यवसाय जजको एक विभाग हो जसको मुख्य उद्देश्य पाकिस्तानमा व्यवसायिक उद्यम समाधान गर्नु हो ।

व्यवस्थित सेवाहरू

सूचना प्रबिधी र सञ्जाल उपकरण व्यवसायको लागि स्थान र सुरक्षित भण्डारण सेवा सञ्चालित छ ।

यसले विश्वसनीय क्लाउड आधारित वेब होस्टिङ सेवाहरू पनि प्रदान गर्दछ ।

                                     

4. प्रतिस्पर्धा

जज् पाकिस्तानको सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी हो । यसका मुख्य प्रतिस्पर्धीहरू: तेलेनर, यूफोन, जोङ र राष्ट्रिय दूरसञ्चार निगम पाकिस्तान, र पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड हुन् ।