Back

ⓘ विशेष सञ्चार संस्था




                                     

ⓘ विशेष सञ्चार संस्था

विशेष सञ्चार संस्था सूचना प्रौद्योगिकी र दूरसञ्चार मन्त्रालयद्वारा संचालित एक सार्वजनिक क्षेत्रीय सङ्गठन हो र पाकिस्तानी सेनाद्वारा सम्हालिएको छ । एसओसीले आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तान दूरसञ्चार सेवाहरू उपलब्ध गराउने प्रमुख भूमिका खेलेको छ । यसको मुख्यालय पाकिस्तानको रावलपिंडीमा अवस्थित छ ।

विशेष सञ्चार संस्थाले आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तानमा ३ जी र ४ जी सेवाहरूको निःशुल्क परीक्षण प्रस्ताव सुरु गरिसकेको छ र उक्त क्षेत्रमा भएका ग्राहकहरूले अब निशुल्क रूपमा उच्च गति ताररहित डाटा सेवाको उपयोग गर्न पाउने यस सरकारी स्वामित्वको प्रवक्ताले जानकारी दिएका थिए।

                                     

1. इतिहास

विशेष सञ्चार संस्था एक सार्वजनिक क्षेत्रको सङ्गठन हो जसको सूचना पाकिस्तान सरकारको, सूचना प्रौद्योगिकी र दूरसञ्चार मन्त्रालय अन्तर्गत काम गर्दछ । १९७६ मा स्थापित यस दूरसञ्चार कम्पनीले, आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तान दूरसञ्चार सेवाहरू सञ्चालन र सम्हाल्ने काम गरेको छ । समयको अवधिमा एससीओले सूचना प्रविधि र दूरसञ्चार संरचनालाई ठूलो बनाएको छ जसमा २५०० किलोमीटर लामो अप्टिकल फाइबर केबल सञ्जाल जोडिएको छ यसले क्षेत्रको सम्पूर्ण लम्बाई र चौडाई समेटिएको छ । हाल, एससीओ सबैभन्दा ठूलो दूरसञ्चार सञ्जाल / सेवा प्रदायक हो बराबर रूपमा शहरी र ग्रामीण क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्दछ । एससिओ आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तान क्षेत्रमा दुवै सार्वजनिक र निजी क्षेत्रको लागि दूरसञ्चार सेवा प्रदान गर्दै आइरहेको छ ।

                                     

2. सेवाहरू

विशेष सञ्चार संस्थालाई ८५,७९३ किलोमिटरमा फैलिएका ४.५ मिलियन जनसङ्ख्याको दूरसञ्चार आवश्यकताहरू प्रदान गर्न जिम्मेवारी दिइएको छ । जस्मा, आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तान जस्ता पहाडी इलाकाहरू पर्दछन् । यसले बराबर रूपमा शहरी र ग्रामीण क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्दछ । एससीओसँग आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तानको सबैभन्दा ठूलो निस्चित लाइन नेटवर्क छ । एससीओले आजाद जम्मू र कश्मीर गिल्गित-बाल्तिस्तानका १६०० किलोमिटर क्षेत्रफलमा अप्टिकल फाइबरमा बिछ्याएको छ । यसले डिएसएल र डायल-अप सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ ।

                                     

3. आलोचनाहरू

विशेष सञ्चार संस्थालाई प्राय आजाद जम्मू र कश्मीरमा दूरसञ्चार सेवाहरू प्रदान गर्ने अन्य दूरसञ्चार सेवा प्रदायकहरूका लागि बाधाहरू सिर्जना गरेकामा र खराब प्रदर्शनका कारण आलोचित गरिएको छ । विशेष सञ्चार संस्थालाई आजाद जम्मू र कश्मीरमा दूरसञ्चारमा एकाधिकार दिइएको थियो र यसको परिणाम आधुनिक दूरसञ्चार सेवामा कमी रहेको थियो । यस ‍क्षेत्रमा सञ्चार सुबिधा नभएका कारण २००५ मा आएको भुकम्पमा परेर धेरैले ज्यान गुमाउनु परेको थियो । पछिल्ला प्रदर्शनको परिणामस्वरूप पाकिस्तान सरकारले मोबाइल सञ्चालककका लागि पाकिस्तान प्रशासित कश्मीरमा केन्द्र खोलेको छ जसले यस क्षेत्रमा मोबाइल सेवामा महत्त्वपूर्ण सुधार गरेको थियो ।