Back

ⓘ जुनी (वेबसाइट)




जुनी (वेबसाइट)
                                     

ⓘ जुनी (वेबसाइट)

जुनि डट भिएन सिकाइ वा शिक्षणमा आधारित एक वेबसाइट हो जुन भियतनाम इन्टरनेट प्रयोगकर्ता समुदाय फाउन्डेसन र भिएनजी निगम द्वारा स्थापित गरिएको थियो । जुनिले आफ्नो आधिकारिक सेवा १३ मार्च २०१४ मा सुरु गरेको थियो । त्यस समयमा, वेबसाइटमा लगभग ६०,००० प्रयोगकर्ताहरू, ३०० भिडियो पाठहरू र गणित, भौतिकी, रसायन शास्त्र, अंग्रेजी, साक्षरता, जीवनी, इतिहास, भूगोल सहित भियतनामी विश्वविद्यालय प्रवेश परीक्षाको लागि प्रयोग गरिने आठ मुख्य विषयहरूको लागि १७०० नमूना परीक्षणहरू रहेको थियोे ।

                                     

1. इतिहास

जुनि परियोजना भियतनाम इन्टरनेट कोष र भिएनजी निगम द्वारा २०१२ को अन्त मा शुरू गरिएको थियोे । लि होङ मिन्ह, जो भिएनजी निगमका संस्थापक, कार्यकारी अधिकृत र निर्देशक हुन् र यसका पनि संस्थापक हुन् ।

यो परियोजना निर्देशक, गुयेन होआङ विन्ह द्वारा व्यवस्थित गरिएको छ भने वेबसाइट आधिकारिक रूपमा १३ मार्च, २०१४ मा सुरु भएको थियो । ग्रामीण र शहरी क्षेत्रहरु बीच शिक्षाको गुणस्तरको अन्तर कम गर्नेको लक्ष्यले स्थापित भएको थियोे । शिक्षक र विद्यार्थीहरू बिच लामो दुरी भएपनि यस वेबसाइट प्रयोग गरी विद्यार्थीहरूले त्यहाँ भएका सामग्री राम्रोसँग बुझ्न र पढ्न सक्छन् ।

                                     

2.1. उत्पादन र सेवा पाठ्यक्रम र सामयिक सामग्री

जुनी राष्ट्रभरका प्रयोगकर्ताहरूका लागि विभिन्न विषय र पाठ्यक्रमहरूमा निःशुल्क अनलाइन मार्फत पठ वा सामग्रीहरू प्रदान गर्दछ । मार्च २०१४ सम्म, ३०० भिडियो पाठहरू र गणित, भौतिकी, रसायन शास्त्र, अंग्रेजी, साक्षरता, जीवनी, इतिहास, भूगोल सहित भियतनामी विश्वविद्यालय प्रवेश परीक्षाको लागि प्रयोग गरिने आठ मुख्य विषयहरूको लागि १७०० नमूना परीक्षणहरू रहेको थियोे ।

भियतनामका एक प्रख्यात शिक्षक भान नु चुओङ, जुनिका शिक्षक र सल्लाहकार हुन् ।

                                     

2.2. उत्पादन र सेवा परीक्षण

परीक्षण अन्तर्गत, जुनी डट भिएनले प्रसिद्ध भियतनामी उच्च माध्यमिक विद्यालयहरूमा भएका हालैको नमूना परीक्षण प्रदान गर्दछ । यस वेबसाइट मार्फत प्रयोगकर्ताहरूले वास्तविक परीक्षाको अनुभव गर्न सक्छन् ।

                                     

2.3. उत्पादन र सेवा प्रश्न र उत्तर

प्रश्न र जवाफ अन्तर्गत, प्रयोगकर्ताहरूले त्यहाँ गई छलफल गर्न सक्छन् । गृहकार्य समाधानहरू र उत्कृष्ट प्रयोगकर्ताहरूको अनुभवको बारेमा अन्यलाई सोध्न सक्छन् । प्रश्न र उत्तरको गुणस्तर सुधार गर्न यसले स्वयंसेवी क्लबको निर्माण गरेको छ । मार्च २०१४ का अनुसार, यस क्लबमा १३० सदस्यहरू रहेका थिए ।

                                     

2.4. उत्पादन र सेवा समाचार

जुनीको समाचार खण्ड तीन मुख्य कोटिहरू बिभाजित भएका छन् ।

शिक्षा समाचार अन्य स्रोतहरूबाट साभार गरिएको हुन्छ ।

जुनिका विद्यार्थीहरू र स्वयंसेवीहरूले जानेका सामग्रीहरूको बाढ्न यस वेबसाइट मार्फत सक्दछन् ।

जुनिले अनलाइन र अफलाइन घटनाहरूलाई अद्यावधिक गर्ने गरेको छ ।