Back

ⓘ अजरबैजानी राहदानी




अजरबैजानी राहदानी
                                     

ⓘ अजरबैजानी राहदानी

अजरबैजानी राहदानी अजरबैजानका नागरिकहरूका लागि अन्तर्राष्ट्रिय यात्राको उद्देश्यमा जारी गरिन्छ। सन् २००७ देखि जारी भएको मितिबाट सामान्य राहदानी १० वर्षको लागि मान्य हुनेछ र यसमा ३४ प्रवेशाज्ञा पृष्ठहरू रहेका हुन्छन्। राहदानीको सामग्री अजरबैजानी र अङ्ग्रेजीमा छापिएको छ।

१ जनवरी २०१८ सम्म, अजरबैजानी नागरिकहरूका लागि ६३ देश र क्षेत्रहरूमा नि:शुल्क-प्रवेशाज्ञा वा आगमन प्रवेशाज्ञाको सुविधा रहेको छ। हेन्ली प्रवेशाज्ञा प्रतिबन्ध सूचकाङ्कको अनुसार अजरबैजानी राहदानी यात्रा स्वतन्त्रताको अनुसार विश्वको ७२अौँ स्थानमा रहेको छ।

                                     

1. राहदानीको प्रकार

  • सामान्य राहदानी पाँच र दश वर्ष गरी दुई विभिन्न समयावधिको लागि जारी गरिन्छ। १८ वर्षसम्मका अजरबैजानी नागरिकहरूले ५ वर्षका लागि मात्र राहदानी जारी गर्न सक्छन् जबकि १८ वर्ष वा सो भन्दा बढी उमेर भएका अजरबैजानी नागरिकहरूले १० वर्षको लागि हरियो रङ्ग भएको राहदानी जारी गर्न सक्छन्।
  • सामान्य राहदानी: साधारण नागरिकहरूका लागि जारी गरिन्छ।
  • कुटनैतिक राहदानी: कूटनीतिज्ञ र तिनीहरूको परिवार वा उच्च पदमा रहेका अधिकारीहरूका लागि यो राहदानी जारी गरिन्छ।
  • आधिकारिक राहदानी: सिभिल स्वाको लागि जारी गरिन्छ।
                                     

2. हेर्दा कस्तो देखिन्छ

अजरबैजानको निशान छाप राहदानीको आवरणको बीच भागमा प्रिट गरिएको छ जसमा अजरबैजानी भाषामा अजरबेक्यान रेसपब्लिकासी लेखिएको छ भने अङ्ग्रेजीमा द रिपब्लिक अफ अजरबैजान लेखिएको छ।

राहदानी ८८ x १२५ मिलिमिटर रहेको छ र यसमा ५४ वटा पृष्ठहरू समावेश छन्।

अजरबैजानी राहदानीको नमूना निम्न उल्लेखित रङ्गहरूमा उपलब्ध छ:

  • सिभिल राहदानी-गाढा हरियो
  • कूटनैतिक राहदानी-गाढा रातो
  • आधिकारिक राहदानी-गाढा निलो
                                     

3. जानकारी पृष्ठ

अजरबैजानी राहदानी, अजरबैजानको आन्तरिक प्रभाव मन्त्रालयले जारी गर्दछ। यसमा निम्न लिखित आँकडाहरू हुन्छन्:

  • लिझ्ग
  • प्रपपको हस्ताक्षर
  • नाम
  • राहदानी प्रपकको तस्वीर
  • थर
  • जन्म स्थल सूचित सहर, गणतन्त्र अजरबैजान बाहिर जन्मिता पनि।
  • जारी गरिएको मिती
  • प्रकार राहदानी
  • जन्म मिती
  • यन्त्र पढ्नयोग्य क्षेत्र
  • म्याद सकिने मिती
  • राहदानी सङ्ख्या
                                     

4. प्रवेशाज्ञा आवश्यकता

अक्टोबर २०१८ सम्म, अजरबैजानी नागरिकहरूका लागि ६६ देश र क्षेत्रहरूमा नि:शुल्क-प्रवेशाज्ञा वा आगमन प्रवेशाज्ञाको सुविधा रहेको छ। हेन्ली प्रवेशाज्ञा प्रतिबन्ध सूचकाङ्कको अनुसार अजरबैजानी राहदानी यात्रा स्वतन्त्रताको अनुसार विश्वको ७५अौँ स्थानमा रहेको छ।

Users also searched:

...
...
...