Back

ⓘ डेलिमोसन




डेलिमोसन
                                     

ⓘ डेलिमोसन

डेलिमोसन एक श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूपमा भिभेन्दीको स्वामित्व रहेको छ। डेलिमोसनले बिबिसी समाचार, भाइस, ब्लुमबर्ग, हर्स्ट र अन्यसँग साझेदारीको थालनी गरेको थियो। डेलिमोसन हाल विश्वव्यापी रूपमा उपलब्ध छ र २४ वटा भाषाहरूमा पनि उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणहरूको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ र स्थानीय सामग्रीहरू रहेका छन्। यसमा हाल ३० करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।

डेलिमोसनले प्रयोगकर्ताहरूलाई खोजी र च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहहरू मार्फत श्रव्य दृश्यहरू बजाउन र उर्ध्वभरण गर्न अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताहरूले गरेका खोजीहरूमा आधारित परिणामहरू पनि प्रस्तुत गर्दछ। श्रव्य दृश्य फाइलको अधिकतम आकार २ गिगाबाइट हो भने श्रव्य दृश्य फाइलहरूको लम्बाईमा गतिशील र आधिकारिक प्रयोगकर्ताहरू बाहेक,६० मिनेट सम्ममा मात्र सीमित छ। सन् २०१८ मा, डेलिमोसनले यसको सम्पूर्ण भण्डारणबाट टिप्पणीलाई पूर्ण रूपमा मेटाउँदै यो सेवालाई पनि बन्द गरेको थियो। कम्पनीले क्रमशः उर्ध्वभरण मिति वा दृश्य गणनाद्वारा श्रव्य दृश्य क्रमबद्ध गर्ने क्षमता र श्रव्य दृश्यको पुन: साझेदारी लगायतका सेवालाई हटाएको थियो।.

                                     

1. इतिहास

मार्च २००५ मा, बेजँमा बेजबुम र ओलिभिए पोएत्री पेरिसमा रहेको पोएत्रीको बस्ने कोठाबाट डेलिमोसनको स्थापना गरेका थिए। सबै गरी सुरुमा ६ जनाले व्यवसाय सुरु गर्ने भन्दै ६,००० युरो जम्मा गरेका थिए। सेप्टेम्बर २००६ मा, डेलिमोसनले एटलस भेञ्चर्स र परटेक अन्तर्राष्ट्रियको सहकार्यमा कोषको वृद्धि गरेको थियो। कम्पनीले ७० लाख युरो कोषको रूपमा सङ्कलन गरेको थियो जुन सन् २००६ मा फ्रान्सेली वेब २.०बाट उठाइएको सबैभन्दा धेरै रकमको रूपमा मानिएको थियो। अक्टोबर २००९ मा, फ्रान्सेली सरकारले डेलोमेसनमा सामरिक लगानी कोष मार्फत लगानी गरेको थियो। जनवरी २००८ मा कम्पनीले आफ्नो पहिलो कार्यालय लन्डनमा स्थापना गरेको थियो भने यसले जुलाई २०११ मा, अर्को कार्यालय सान फ्रान्सिस्को, क्यालिफोर्नियामा स्थापना गरेको थियो। २५ जनवरी २०११ मा, फ्रान्सेली बहुराष्ट्रिय दूरसञ्चार कम्पनी ओघँजले डेलिमोसनमा ६ करोड २० लाख युरो लगानी गर्दै यसको ४९% भाग हासिल गरेको थियो, कम्पनीले पछि १२ करोडको मूल्य निर्धारण गरेको थियो।

१० जनवरी २०१३ मा, ओघँजले बाँकी ५१% भाग ६ करोड १० लाख युरोमा खरिद गरेको थियो। २ मे २०१३ मा, फ्रान्सेली सरकारले, डेलिमोसन माथि याहुको अधिग्रहण प्रतिबन्ध गरेको थियो।

२५ फेब्रुअरी २०१५ मा, ओघँजले डेलिमोसनको सेवा अमेरिकाको बजार भरि फैलाउने उद्देश्यका साथ माइक्रोसफ्टसँग छलफल गरेको कुरा खुलाएको थियो। बार्सेलोना स्थित एक स्थानीय दूरदर्शनसँगको अन्तवार्तामा ओघँजकी कार्यकारी स्तफन रिसाले सम्झौतासम्म पुग्न सके ठूलो आश रहने कुरा बताएकी थिइन्। कुनै पनि सम्झौता भएमा ओघँजको गुमेको स्वामित्व प्राप्त गर्ने कुरा पनि बताएकी थिइन्। रिसाले उनको कम्पनीले अन्य सम्भावित साझेदारहरूको साथसाथै डेलिमोसनको अन्तरर्राष्ट्रिय अपिल विस्तारको दृश्यको साथ वार्तामा रहेको, तर अन्यसँग छलफलहरू सामग्रीको सन्दर्भमा अधिक रहेको पनि खुलाएकी थिइन।

सन् २०१५ मा, भिभेन्दीले ओघँज मार्फत डेलिमोसनको ८०% भाग खरिद गरेको थियो। सेप्टेम्बर २०१५ मा, भिभेण्डीले आफ्नो स्वामित्व ९०% मा बढाएको थियो।

सन् २०१७ को सुरुवातमा, व्यवस्थापनले कोत दि इभ्वाको राजधानी अबिजानमा नयाँ कार्यालय खोल्ने घोषणा गरेको थियो, र सन् २०१७ को अन्त्य सम्ममा ४०० व्यक्तिको श्रमशक्तिको अपेक्षा गरेको थियो।

जनवरी २०१९ मा, डेलिमोसन एक प्रमुख साइबर हमलाको शिकार भएको थियो जसमा उक्त हमला यसका प्रयोगकर्ताहरूको आँकडामा सम्झौता गर्ने उद्देश्यले गरिएको बताइएको छ।

                                     

2. मञ्चहरू

डेलिमोसन, श्रव्य दृश्य साझेदारी वेबसाइटको अनुप्रयोग विन्डोज १०, विन्डोज फोन, आइओएस र एन्ड्रोइड लगायतका सञ्चालन प्रणालीमा उपलब्ध रहेको छ र हालै प्लेस्टेसन ४ र एक्सबकस वान लगायतका श्रव्य दृश्य खेल मञ्चहरूमा पनि यो उपलब्ध रहेको छ। पिएस४ र एक्सबक्स वान प्रयोगकर्ताहरूलाई पनि थप आकर्षिक बनाउन, प्रत्यक्ष प्रसारणहरूमा सबैभन्दा लोकप्रिय खेल प्रसारणको तुरुन्त पहुँच पाउनका लागि डेलिमोसनले प्रस्तावित श्रव्य दृश्य सामग्रीहरूमा केन्द्रित छ।

                                     

3. उत्पादनहरू

डेलिमोसन खेल

यो सेवा, पूर्ण रूपमा श्रव्य दृश्य खेलहरूमा समर्पित थियो तर सन् २०१५ मा सुरु गरिएको यस सेवा हाल निष्क्रिय अवस्थामा रहेको छ।

खुल्ला मागमा श्रव्य दृश्य सेवा

यस खुल्ला मागमा श्रव्य दृश्य सेवाले डेलिमोसनका साझेदारहरूलाई क्लियङ भुक्तानी समाधान मार्फत तिनीहरूका कार्यक्रमहरू बेच्न अनुमति दिन्छ।

डेलिमोसन बृहत उर्ध्वभरणकर्ता

सन् २०१४ यता, वेबसाइटले डेलिमोसन बृहत उर्ध्वभरणकर्ता सफ्टवेयरको प्रस्ताव गरेको छ। प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू वेबसाइट बिना नै उर्ध्वभरण गर्न अनुमति दिन्छ।

                                     

3.1. उत्पादनहरू डेलिमोसन खेल

यो सेवा, पूर्ण रूपमा श्रव्य दृश्य खेलहरूमा समर्पित थियो तर सन् २०१५ मा सुरु गरिएको यस सेवा हाल निष्क्रिय अवस्थामा रहेको छ।

                                     

3.2. उत्पादनहरू डेलिमोसन बादल

अक्टोबर २०१० मा सुरू गरिएको यस सेवा व्यवसाय देखि व्यवसाय अभिमुख समाधान सेवा हो जसले श्रव्य दृश्यहरूलाई भण्डारण र अनलाइन प्रसारणका लागि अनुमति दिन्छ। यस्तो प्रकारको समाधानले सेवाले आफ्ना प्रयोगकर्ताहरूलाई विभिन्न सुविधाहरूको प्रदान गर्दछ जसमा प्रत्यक्षको लागि पाठकको निजीकरण, तथ्याङ्कमा पहुँच, "बहु-पर्दा" वितरण, सामाजिक सञ्जालहरूमा साझेदारी वा प्रयोग समावेश छ। सेवा १२ अप्रिल २०१५ मा निष्क्रिय भएको थियो।

                                     

3.3. उत्पादनहरू खुल्ला मागमा श्रव्य दृश्य सेवा

यस खुल्ला मागमा श्रव्य दृश्य सेवाले डेलिमोसनका साझेदारहरूलाई क्लियङ भुक्तानी समाधान मार्फत तिनीहरूका कार्यक्रमहरू बेच्न अनुमति दिन्छ।

                                     

3.4. उत्पादनहरू डेलिमोसन बृहत उर्ध्वभरणकर्ता

सन् २०१४ यता, वेबसाइटले डेलिमोसन बृहत उर्ध्वभरणकर्ता सफ्टवेयरको प्रस्ताव गरेको छ। प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू वेबसाइट बिना नै उर्ध्वभरण गर्न अनुमति दिन्छ।

                                     

4. दर्शकहरू

अक्टोबर २०१२ मा, डेलिमोसनले विश्वभरबाट प्रति महिना ११,००,००,००० आगन्तुकहरू प्राप्त गरेको थियो जसमा १ करोड २० लाख मोबाइल फ्रान्सेली मोबाइल प्रयोगकर्ताहरू रहेका थिए। यस श्रव्य दृश्य मञ्चले युरोपमा ३९.२%, एसियामा २६.९% र उत्तर अमेरिकामा १६.४% दर्शकहरू प्राप्त गरेको थियो।

अप्रिल २०१५ मा, साइटमा १४८ मिलियन अद्वितीय आगन्तुकहरू रहेका थिए। सन् २०१७ मा, दर्शकहरू विगतका वर्षहरूको तुलनामा कम रहेका छन्। सन् २०१८ सम्ममा, यसमा ३० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।

                                     

5. डेलिमोसनमा प्रतिबन्ध

मे २०१२ मा, डेलिमोसन माथि भारतले प्रतिबन्ध लगाएको थियो तर जून २०१२ मा, भारतले प्रतिबन्ध फुकुवा गरेको थियो। मद्रासको उच्च न्यायलयले पहिलेको आदेशलाई परिवर्तन गर्दै, अवैध रूपमा प्रतिलिपि अधिकार सामग्री लिने मात्र विशिष्ट युआरएल प्रतिबन्ध गरिएको र सम्पूर्ण वेबसाइट भने प्रतिबन्धमा नपरेको कुरा बताएको थियो। भारतमा डेलिमोसन पुनः डिसेम्बर २०१४ मा प्रतिबन्धित भएको थियो, सरकारको चासोको कारणले गर्दा साइट आइएसआइएस प्रचार सम्बन्धी श्रव्य दृश्यहरू साझेदारी हुन सक्ने भन्दै यसलाई पुन प्रतिबन्ध गरिएको थियो। तथापि, ३१ डिसेम्बरमा भारतले डेलिमोसनमा लागेको प्रतिबन्ध फुकुवा गरेको थियो।

अगष्ट २०११ देखि डेलिमोसन कजाखस्तानमा पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।

                                     

6. प्रतिलिपी अधिकार प्रकरण

जुन २००७ मा, डेलिमोसननले पेरिस उच्च अदालतद्वारा प्रतिलिपि अधिकार अतिक्रमण विषयको लागि जवाफदेही नरहेको पाएको थियो। न्यायाधीशहरूले डेभेलिमोसनलाई एक साझेदारी प्रदायक रहेको र प्रकाशक नरहेको कुरा बताएका थिए। यस साइटमा अवैध सामग्रीहरूको उपस्थित रहेका कारण यसले प्रतिलिपि अधिकार उल्लङ्घनका लागि उत्तरदायी हुनुपर्ने कुरा पनि न्यायाधीशहरूले बताएका थिए। यस्ता अवैध प्रतिलिपि अधिकार युक्त सामग्रीहरू डेलिमोसनकै प्रयोगकर्ताहरूद्वारा डेलिमोसनमै उर्ध्वभरण कुराको पनि जानकारी दिएका थिए। पेरिसीयाली न्यायाधीशहरूले डेलिमोसनलाई थाहा हुँदाहुदै पनि अवैध श्रव्य दृश्यहरू यसको साइटमा अनलाइन राखेका कारण, यो प्रतिलिपि अधिकार उल्लङ्घनका कार्यहरूको लागि उत्तरदायी हुनुपर्छ कुरा जानकारी दिएका थिए।

डिसेम्बर २०१४ मा, पेरिस न्यायलयले डेलिमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेकोमा १.३ मिलियन युरो जरिवाना लगाएको थियो। पेरिसको उजुर न्यायलयले फ्रान्सेली दूर्दशन टिएफ१ र समाचार च्यानल एलसीआईको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको थियो। डेलिमोसनले टिएफ१ को सामग्री अवैध रूपमा अनलाइनमा हालेकोको विषयमा प्रतिलिपी अधिकार उल्लङ्घन गर्न प्रयोगकर्तालाई कार्वाही नगरेको कुरा बताएका थियो।

सन् २०१७ मा, मुख्य उत्पादन र प्रविधि अधिकारी गिउम क्लिमोँका अनुसार कम्पनीले मानव व्यवस्थापक र स्वचालित उपकरणहरूको संयोजनमा कार्य गर्दछ जुन प्रतिलिपि अधिकार धारक अधिकारहरू गन्तव्य भित्र सुरक्षित रहेका छन् र डेलिमोसनले दुई घण्टा भित्र संदिग्ध वा अवैध सामग्री हटाउन सक्षम हुने कुरा जानकारी दिएका थिए।

रुसको मस्कोमा रहेको मस्को सहरी अदालतले डेलिमोसनलाई स्थाई रूपमा प्रतिबन्ध गरेको छ। साइटले अवैध रूपमा दूर्दशन सामग्रीको पहुँच प्रदान गरेर रूसको प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेका कारण सन् २०१७ यता रुसमा डेलिमोसन पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो।



                                     
  • उद हरणक ल ग ड ग र ल करन ट स मग र सम द य उद हरणक ल ग य ट य ब र ड ल म सन स म ज क सञ ज ल व बस इट उद हरणक ल ग फ सब क आभ स ख ल स स र उद हरक
  • अफ र क ट भ ब ल ब ल ब टछ ट ब र क डटकम ब र इटक भ बजन ट च क न प र क एड ब ड ल म सन ड उम फ सब क द श य द फ ल म ड ट क ट भ फ ल म अन फ ल कर फ ट क फन म सन फन न

Users also searched:

...
...
...