Back

ⓘ भुत जोलोकिया




भुत जोलोकिया
                                     

ⓘ भुत जोलोकिया

भुत जोलोकिया, घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकिया र विह जोलोकिया को नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिच सँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यहरू अरुणाचल प्रदेश, असम, नागाल्यान्ड र मणिपुरमा कृषि खेति गर्ने गरिन्छ। यो चिनियाँ क्याप्सिकम र क्याप्सिकम फ्रुटिसिनको प्रजाति हो।

सन् २००७ मा, गिनिज वर्ल्ड रेकर्डसले यसलाई विश्वको सबैभन्दा बढी पिरो रातो खुर्सानीको रूपमा प्रमाणित गरेको थियो। यो रातो खुर्सानीलाई कोभिल्ले ताप एकाईमा जाँच गर्दा १ मिलियन एसएचयु ताप मापन गरिएको थियो। तर यो खुर्सानीलाई सन् २०११ मा इनफिनिटी चिली र पछि नागा भाइपर पिपर, सन् २०१२ मा ट्रिनिडाड मोरुगा स्कोर्पियन र वर्तमान समयमा सबैभन्दा पिरो खुर्सानी क्यारोलिना रिपर हो जसले सन् २०१३ अगस्ट ७ मा यो कीर्तिमान आफ्नो नाममा गरेको हो।