Back

ⓘ नागा मोरिच




नागा मोरिच
                                     

ⓘ नागा मोरिच

नागा खुर्सानी वा नागा मोरिच उत्तरपूर्व भारत र बङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।

                                     

1. विरुवाको विशेषताहरू

चिनियाँ क्याप्सिकमको अनेक प्रजातिहरू मध्ये नागा खुर्सानीको विरुवा पनि लामो पातसहित सानो देखि मध्यम खाले हुन्छ भने यसमा पाँच-दलीय फूलसहित पिरो फल हुन्छ। सामान किसिमकै खुर्सानीहरूमा हुने चिल्लो छालाको विपरित यस खुर्सानीको फलको छाला खुम्चिएको हुन्छ।

                                     

2. वितरण

यो विरुवाको खेति भारतको नागाल्यान्ड र मणिपुरमा हुन्छ भने बङ्गलादेशमा समेत यसको खेति व्यापक रूपमा हुने गरेको छ। यसको खेति संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अस्ट्रेलियामा समेत हुने गरेको छ। फिनल्यान्डको तरकारी बजारमा समेत यो खुर्सानी पाइन्छ।