Back

ⓘ किमोनो




किमोनो
                                     

ⓘ किमोनो

किमोनो जापनको परम्परागत एवम् राष्ट्रिय पोषाक हो । किमोनो, आयातकार आकारका लुगाका टुक्राहरूलाई, अङ्ग्रेजी टी आकारले शरीरलाई बेरेर लगाइन्छ । यसमा हातका बाहुलासम्म लुगाको लम्बाइ, र लगाई अनुसार अन्य बनावटी भिन्नता हुने गर्दछन् । विविध सांस्कृतिक कार्यक्रम, चाडपर्व वा विशेष कार्यक्रम भएको समयमा किमोनो लगाइने गरिन्छ भने हालको आधुनिक जापनको समयमा लगाइनै पर्ने पोषाकका रूपमा लिइदैँन । साधारणतया: दैनिक जीवनमा पनि किमोनो लगाइने गरिन्छ । किमोनो, विशेष रूपमा वयस्क पुरुष वा महिलाले दैनिक रूपमा लगाउने पनि गर्दछन् ।

जापानी शब्द किमोनो अनुसार, "कि" को अर्थ लगाउनु र "मोनो" को अर्थ सामन हुने गर्दछ । यसको शाब्दिक अर्थ "लगाउने कपडा" हुन आउँदछ ।

किमोनो लगाउने शैलीमा फरक भएपनि बायाँ पट्टा collar दायाँ माथि पारी लगाइएको हुन्छ । किमोनो लगाउँदा यससँग ओबी पोषाकको पछाडी पट्टी बनाइने र किमोनो लगाउनु अघि अन्डर किमोनो पनि लगाइने गरिन्छ । किमोनो सँग भिन्नै किसिमको चप्पल जोरी वा गेटा पनि लगाइएका हुन्छन् र फरक मोजा टेबी पनि लगाइन्छन् । हालको समयमा किमोनो लाई दैनिक जीवनमा लगाइने प्रयास भएका छन् र विविध प्रकारको डिजाइन पनि बनाइने गरिएका छन् ।

                                     

1. इतिहास

चिनियाँ लगाइले जापनमा कोफुन देखि हेइएन पिरेड सम्ममा ठुलो प्रभाव परेको बताइन्छ भने एक धारणा अनुसार किमोनो चिन बाटै उत्पन्न भएको मानिन्छ । हेयन पिरेड सन् ७९४ देखि सन् ११९२ देखि, मुरोमाची काल सन् १३३६ देखि सन् १५७३, र एडो पिरेड सन् १६०३ देखि सन् १८६७ सम्म आइपुग्दा किमोनोमा विविध परिवर्तन हुँदै आएका छन् । अत्यन्तै, सूक्ष्म तवरले फरक तरिकालर बनाइएका किमोनोलाई कलाका रूपमा पनि हरिन्छ ।

सम्राट मेइजीको समय पश्चात् पश्चिम शैलीका लुगाहरूको प्रयोग बढी हुन थाल्यो । सन् १८७० देखि किमोनोको सट्टा पश्चिम लुगाहरू नै लगाइन थालिए । सन् १९२३ को कान्टो भूकम्पमा किमोनो लगाउने व्यक्तिहरू सजिलै लुटिन थालिए; किमोनो लगाउने व्यक्ति सजिलै दौडिन नसक्ने भए । साथै, किमोनो पुरानै तरिकाले बनाउँदा महगों हुन पुग्यो, मध्यम वर्गीय परिवारलाई किमोनो धेरै नै महँगो हुन पुग्यो । विवाहको समयमा पनि किमोनो भाँडामा लिएरै लगाउन थालियो । हालको समयमा पश्चिमी लुगा र अलिक सजिलो हुने युकाता लगाउने गरिन्छ ।

सन् २०१९, क्योटो को मेयरले आफू र आप्ना कर्मचारीहरू "किमोनो संस्कृति" लाई युनेस्को को संस्कृतिक सम्पदामा सुचिगत गर्न लागि परेका घोषणा गरेका थिए ।

                                     

2. मुल्य

नयाँ महिलाले लगाउने किमोनो अमेरिकी १०००० सम्म पर्न सक्छ । सम्पूर्ण पोषाक, भित्री पोषाक, मोजा, जुत्ता र अन्य आवश्यक सामग्री गरी अमेरिकी २०००० सम्म नाघ्न पनि सक्दछ ।

                                     

3. बाह्य कडीहरू

  • पोशाक सङ्ग्रहालय: जापानमा पोशाकको इतिहास
  • क्वेटो राष्ट्रिय सङ्ग्रहालय: कपडाहरू
  • किमोनो!; चित्रहरूको साथ किमोनोको बारेमा अधिक जानकारीहरू
  • किमोनोलाई कसरी लगाउनी
  • मेइजी, टाइसो र सोवा समयको समयमा परम्परागत किमोनो
  • टोकियोको राष्ट्रिय सङ्ग्रहालय "सजावटी कला" अन्तर्गत "कपडा" खोज्नुहोस्।
  • क्यानडेली सभ्यताको सङ्ग्रहालय - इटचिकु कुबोताको परिदृश्य किमोनो
  • अमर गैसा मञ्च; परम्परागत तथा आधुनिक किमोनो संस्कृतिमा बृहत संसाधन

शिल्प सामग्रीहरू

  • "सङ्ग्रहबाट किमोनो", एसिया, भिक्टोरिया र अल्बर्ट सङ्ग्रहालय, अन्तिम पहुँच २००७-०७-१३ ।
  • "किमोनो: २० औँ शताब्दीको सुरुमा जापानी पहिरन", एसिया, भिक्टोरिया र अल्बर्ट सङ्ग्रहायल, मूलबाट २००७-०५-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०६-१६ ।