Back

ⓘ आक्केलपुर उपजिल्ला




आक्केलपुर उपजिल्ला
                                     

ⓘ आक्केलपुर उपजिल्ला

आक्केलपुर उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°५१ देखि २५°०३ उत्तर अक्षांश र ८८°५९ देखि ८९°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। आक्केलपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३९.४७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई जयपुरहाट सदर र क्षेतलाल उपजिल्लाले उत्तर, आदमदिघी उपजिल्लाले दक्षिण, दुपचाँचिया उपजिल्लाले पूर्व र नउगाँ सदर र बगलगच्छी उपजिल्लाले पश्चिमबाट घेरेको छ। तुलसी गङ्गा, नगर आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                     

1. इतिहास

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाले बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरूलाई हिरासतमा लिई एक लडाकुको कानपुर गाउँमा हत्या गरेका थिए भने अन्य लडाकुहरूलाई आक्केलपुरमा रहेको पाकिस्तानी सेनाको सैनिक किल्लामा हिरासतमा राखिएको थिए भने पछि उनीहरूको सामूहिक हत्या गरी आक्केलपुर रेल्वे स्टेसन नजिकको एक गाउँमा गाडेका थिए। अक्टोबर महिनामा १५० बङ्गलादेशी लडाकुहरूले कानपुरमा रहेको पाकिस्तानी सेनाको सैनिक किल्लामा आक्रमण गरी ६ सेनालाई मारेका थिए। १९७१ मे महिनामा आक्केलपुरका १७ गाडा चालकहरूले १७ जना पाकिस्तानी सेनालाई किटपिट गरी हत्या गरेका थिए।

                                     

2. जनशाङ्खिकि

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १२८९५२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६५२६९ छ भने महिलाको जनसङ्ख्या ६३६८३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२०१२९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७६५८ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११४१ रहेको छ। यस उपजिल्लामा मुण्डा र सन्थल जनजातिका मानिसहरू बसोबास गर्ने गर्छन्।

                                     

3. अर्थतन्त्र

यस उपजिल्लामा ६१.७९% कृषि योग्य जमिन रहेको छ। यस उपजिल्लामा ४८.६३% सहरी क्षेत्र ६४.४३% ग्रामीण क्षेत्र रहेको छ। यस उपजिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान, प्याज, लसुन, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेको आलसको तेल र तिलको पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, रुख कटर, भुइँकटर, खरबुजा, लिची, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, वेल्डिङ उद्योग र खैनी कारखाना, साबुन कारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आलु, केरा, जुत, लसुन प्याज तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, २ उपजिल्ला स्वास्थ्य संस्था, ५ परिवार नियोजन संस्था आदि रहेका छन्।

यस उपजिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६६.०८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.८५% मजदुरी, व्यापार उद्योगमा ०.७८%, वाणिज्यमा १४.६८%, सञ्चार यातायातमा ३.१२%, रेमिटेन्समा ०.६८%, निर्माण क्षेत्रमा १.२६%, सुविधा ४.३४%, धार्मिक सेवा ०.२१% र अन्य ७.८१% रहेका छन्।



                                     

4. प्रशासन

प्रशासकीय आक्केलपुर थानाको स्थापना सन् १९७२ मा भएको थियो भने सन् १९८३ फेब्रुअरी १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लामा हाल ५ सङ्घ/वडा, १२६ महल्ला/मौजा र १५८ गाउँहरू रहेका छन्।

                                     

5. शिक्षा

यस विभागको कुल साक्षरता दर ५४.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५९.१% छ भने महिलाको साक्षरता दर ४९.३% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २ प्राबिधिक क्याम्पस, २० माध्यमिक विद्यालय, ६८ प्राथमिक विद्यालय, १३ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; सुनाममुखी उच्च विद्यालय सन् १९१६, जामालगञ्ज उच्च विद्यालय सन् १९४४, आक्केलपुर पाइलट उच्च विद्यालय सन् १९४८ आदि।