Back

ⓘ ईश्वरदी उपजिल्ला




ईश्वरदी उपजिल्ला
                                     

ⓘ ईश्वरदी उपजिल्ला

ईश्वरदी बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको पश्चिम अञ्चल रेल मार्गको सदरमुकाम पनि हो। यस उपजिल्लामा रुपुर आणविक स्थल पनि रहेको छ।

                                     

1. भूगोल

ईश्वरदी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०३ देखि २४°१५ उत्तर अक्षांश र ८९°११ देखि ८९°०० पूर्वी देशान्तरणमा अवस्थित छ। ईश्वरदी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४६.९० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई लालपुर बाडाइग्राम उपजिल्लाले उत्तर, कुष्टिया सदर, मिरपुर उपजिल्ला र गङ्गा नदिले दक्षिण, पाबना सदर र आटघोरिया उपजिल्लाले पूर्व र भेडामारा उपजिल्ला र गङ्गा नदिले पश्चिमबाट घेरेको छ। गङ्गा, पद्मा, कमला र पती बिल यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                     

2. इतिहास

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ मार्च १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको माधवपुर गाउँका ५ युवाको सामूहिक हत्या गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच जयनगर गाउँमा प्रत्यक्ष गोली हानाहान भएको थियो। १४ डिसेम्बरका दिन भारतीय हवाई सेनाले हर्दिङ्गी नदिमा बम खसालेका थिए जसका कारण उक्त पुलमा आंशिक क्षति पुगेको थियो।

                                     

3. जनशाङ्खिकि

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २९२९३८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १५२८०० छ भने महिलाको जनसङ्ख्या १४०१३८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २८४०४३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८३७२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४७३, इसाई धर्मवलम्बीको जनसङ्ख्या ६७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४० रहेको छ। यस उपजिल्लामा २१० मस्जिद, १२ हिन्दु मन्दिर ३ गिर्जाघर र १ प्यागोडा रहेका छन्। ईश्वरदी केन्द्र जामे मस्जिद, मोसजिदुल फतेह, ठाकुरबाडी हिन्दु मन्दिर, मौबाडीया हिन्दु मन्दिर आदि यस उपजिल्लाका केही चर्चित धार्मिक स्थलहरू हुन्।

                                     

4. अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, पानको पात, जुट, उखु, तोरी, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, कागती, खरबुजा, स्याउ आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया लसुन, प्याज, धान, गेडागुडी, चामल, पान, चिनी, सिमेन्ट, उखु, पिठो तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, कोदो तिल, सेतो तोरी र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२ माछापालन केन्द्र, १७० दुग्ध सङ्कलन केन्द्र तथा २८ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३३.६३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७.५६% मजदुरीमा, उद्योगमा १.७३%, वाणिज्यमा २०.९०%, सञ्चार यातायातमा ५.२६%, निर्माण क्षेत्रमा ३.१७%, सुविधामा १३.८६%, धार्मिक सेवामा ०.२३%, वैदेशिक रोजगारी तथा भाडामा ०.४८% र अन्यमा १३.१८% रहेका छन्।



                                     

5. प्रशासन

प्रशासकीय ईश्वरदी थानाको स्थापना सन् १९४९ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ७ सङ्घ परिषद्, १४३ मौजा/महल्ला र ११३ गाउँहरू रहेका छन्।

                                     

6. शिक्षा

यस उपजिल्लाको कुल साक्षरता दर ५०.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५२% छ भने महिलाको साक्षरता दर ४९.२% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ५१ माध्यमिक विद्यालय, १ व्यवसायीक शिक्षण संस्था, १ कृषि उपाधीपत्र शिक्षण संस्था, ९१ प्राथमिक विद्यालय, ४ सामुदायिक विद्यालय, २५ बाल उद्धान केन्द्र १८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ईश्वरदी सरकारी क्याम्पस सन् १९७३, सारा मोरोबाडी विद्यालय तथा क्याम्पस सन् १९१७, पाकुद्रिया उच्च विद्यालय सन् १९०७, रुप्पर कन्या विद्यालय सन् १९१८, बङ्गलादेश रेल्वे सरकारी कन्या उच्च विद्यालय सन् १९१८, ईश्वरदी कन्या उच्च विद्यालय सन् १९२९, मोबारम स्मारक उच्च विद्यालय, रेल्वे नाजिम उद्दिन उच्च विद्यालय, पक्षी चन्द्रप्रभा उच्च विद्यालय, माज्दिया ईस्लामीया मदरसा सन् १९६१ आदि।