Back

ⓘ पाबना सदर उपजिल्ला




पाबना सदर उपजिल्ला
                                     

ⓘ पाबना सदर उपजिल्ला

पाबना सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°५३ देखि २४°०५ उत्तर अक्षांश र ८९°०९ देखि ८९°२५ पूर्वी देशान्तरणमा अवस्थित छ। पाबना सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४४३.९० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई आतघाडीया र ईश्वरदी उपजिल्लाले उत्तर, कुमारखाली र पाङ्शा उपजिल्लाले दक्षिण, साँथिया र सुजानगर उपजिल्लाले पूर्व र ईश्वरदी उपजिल्लाले पश्चिमबाट घेरेको छ।इचामती र पद्मा यस उपजिल्लाको प्रमुख नदिहरू हुन्। बङ्गलादेशको एक मात्र मानसिक अस्पताल सन् १९५७ मा स्थापित यसै उपजिल्लामा रहेको छ।

                                     

1. इतिहास

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ मार्च १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको टेलिफोन साट्फेर संस्थामा प्रत्यक्ष गोली हानाहान हुँदा २२ पाकिस्तानी सेना मारिएका थिए।

                                     

2. जनशाङ्खिकि

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४७६९३२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २४७६०१ छ भने महिलाको जनसङ्ख्या २२९३३१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४६६०५० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०५७७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ६७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३४ रहेको छ। यस उपजिल्लामा ६०९ मस्जिद, १२० हिन्दु मन्दिर १ गिर्जाघरहरू रहेका छन्। भरारा मस्जिद, राघबपुरमा रहेको जोर बाङ्ला मन्दिर, हिमयतपुरमा रहेको सत्सङ् आश्रम आदि यस उपजिल्लाका केही चर्चित धार्मिक स्थलहरू हुन्।

                                     

3. अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, लसुन, प्याज, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया लसुन, प्याज, धान, गेडागुडी, चामल, आँप तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, कोदो र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ७६ माछापालन केन्द्र, १०७ दुग्ध सङ्कलन केन्द्र तथा २८९ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३८.७७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ६.०४% मजदुरीमा, उद्योगमा ५.४९%, वाणिज्यमा १७.१७%, सञ्चार यातायातमा ६.९६%, निर्माण क्षेत्रमा ३%, सुविधामा १०.६१%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा १.०९% र अन्यमा १०.७२% रहेका छन्।



                                     

4. प्रशासन

प्रशासकीय पाबना थानाको स्थापना सन् १८७२ मा भएको थियो भने सन् १९८४ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा १० सङ्घ परिषद्, २९१ मौजा/महल्ला र २७७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सचिव मोसराफ हुसेन हुन् भने उपजिल्ला निर्वाही अधिकारी सलमा खतुन हुन्।

                                     

5. शिक्षा

यस उपजिल्लाको कुल साक्षरता दर ४८.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४९.८% छ भने महिलाको साक्षरता दर ४६.६% रहेको छ। यस उपजिल्लामा १५ क्याम्पस, ६० माध्यमिक विद्यालय, २१४ प्राथमिक विद्यालय, ३७ मदरसा र ८ अनाथलय रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; पाबना एडवर्ड क्याम्पस सन् १९९८, सरकारी शहासिद बुलबुल क्याम्पस, सरकारी मोहिला क्याम्पस, पाबना जेला विद्यालय सन् १८५३, कृष्णपुर सरकारी कन्या उच्च विद्यालय सन् १९०३, जिसी शिक्षण संस्था सन् १८९४, आर एम शिक्षण संस्था सन् १८९९, सरकारी कन्या उच्चमावि सन् १९२५, पाबना प्राविधिक शिक्षण संस्था सन् १८९१, राधानगर मुजमदार एकेडेमी सन् १८९९, केन्द्रीय कन्या उच्च विद्यालय सन् १९२६, जुब्ली उच्च विद्यालय सन् १९३६, टाउन कन्या उच्च विद्यालय सन् १९०३, सेलिम नाजिर उच्च विद्यालय सन् १९२४, पाबना अलिया मदरसा सन् १९२५ आदि।