Back

ⓘ भाङ्गुडा उपजिल्ला




भाङ्गुडा उपजिल्ला
                                     

ⓘ भाङ्गुडा उपजिल्ला

भाङ्गुडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०९ देखि २४°२१ उत्तर अक्षांश र ८९°२० देखि ८९°२८ पूर्वी देशान्तरमा अवस्थित छ। भाङ्गुडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई तारश, चाटमोहर र उलापारा उपजिल्लाले उत्तर, पाबना जिल्लाको फरिदपुर उपजिल्ला दक्षिण, उलापारा र फरिदपुर उपजिल्लाले पूर्व र चाटमोहर उपजिल्लाले पश्चिमबाट घेरेको छ। आत्राई र बडाल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

                                     

1. इतिहास

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको बडाल नदिको पुलमा युद्ध भएको थियो जहाँ कयौं पाकिस्तानी सेनाको मृत्यु भएको थियो भने पाकिस्तानी सेनासँग बङ्गलादेशी लडाकुलाई आक्रमण गरिरहेका राजाकारहरूले हातहतियारसहित आत्मसमर्पण गरेका थिए। १५ डिसेम्बर १९७१ का दिन भङ्गुडा उपजिल्ला स्वतन्त्रत भएको थियो।

                                     

2. जनशाङ्खिकि

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ९९४७४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५०४८६ छ भने महिलाको जनसङ्ख्या ४८९८८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९४९२१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४५२७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २६ रहेको छ। यस उपजिल्लामा १६२ मस्जिद, २९ हिन्दु मन्दिर १ गिर्जाघर र १ प्यागोडा रहेका छन्। भाङ्गुडा जामे मस्जिद, कालिबाडी हिन्दु मन्दिर, आस्था मनिषा हिन्दु मन्दिर आदि यस उपजिल्लाका केही चर्चित धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९३.७०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३५% ले पोखरी, ०.३५% ले टुटी र ५.६८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र ५ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३.३३% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

                                     

3. अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, लसुन, प्याज, हरियो खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, माछा, गहुँ, जुट, उखु, लसुन, प्याज तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, कोदो, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ५० माछापालन केन्द्र, ६३७ दुग्ध सङ्कलन केन्द्र तथा १३० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.४९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.६१% मजदुरीमा, उद्योगमा २.२१%, वाणिज्यमा ११.५१%, सञ्चार यातायातमा १.८४%, निर्माण क्षेत्रमा ०.९८%, सुविधामा ५.७०%, धार्मिक सेवामा ०.२०%, वैदेशिक रोजगारी तथा भाडामा ०.०९% र अन्यमा ६.५८% रहेका छन्।



                                     

4. प्रशासन

प्रशासकीय भाङ्गुडा उपजिल्लाको स्थापना सन् १९८० मा भएको थियोे। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्, ७० मौजा/महल्ला र ११० गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; पिर भाङ्गुडा सङ्घ परिषद्, भाङ्गुडा सङ्घ परिषद्, दिलपासार सङ्घ परिषद्, खानमोराची सङ्घ परिषद्, आस्तोमनिषा सङ्घ परिषद् र मण्डोतोष सङ्घ परिषद्।

                                     

5. शिक्षा

यस उपजिल्लाको कुल साक्षरता दर ३८.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.७% छ भने महिलाको साक्षरता दर ३३.८% रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, १ सैनिक क्याम्पस, ११ माध्यमिक विद्यालय, ९१ प्राथमिक विद्यालय, ३ सामुदायिक विद्यालय र ३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; हाजी जामालउद्दिन डिग्री क्याम्पस सन् १९७०, भाङ्गुडा महिला क्याम्पस सन् १९९८, खान मारिच प्राविधिक तथा व्यवसायी क व्यवस्थापन क्याम्पस सन् २००२, बिबि विद्यालय तथा क्याम्पस सन् १९८५, भाङ्गुडा जारिना राहिम कन्या उच्च विद्यालय सन् १९६९, हसिना मोमिन कन्या उच्च विद्यालय सन् १९७२, भाङ्गुडा सङ्घ पाइलट बहुभाषिक विद्यालय, शारतनगर फजिल मदरसा सन् १९१७, हाजी जायज उद्दिन महिला फजिल मदरसा सन् १९८५ आदि।