Back

ⓘ कामारखन्द उपजिल्ला




कामारखन्द उपजिल्ला
                                     

ⓘ कामारखन्द उपजिल्ला

कामारखन्द बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१८ देखि २४°२७ उत्तर अक्षांश र ८९°३५ देखि ८९°४२ पूर्वी देशान्तरणमा अवस्थित छ। कामारखन्द उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९१.६१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सिराजञ्ज सदर र राईगञ्ज उपजिल्लाले उत्तर, बेलकुचि उपजिल्लाले दक्षिण, बेलकुचि र सिराजगञ्ज उपजिल्लाले पूर्व र उल्लापाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। करटोया र महानन्द आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

                                     

1. जनशाङ्खिकि

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १२७८३९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६५७५० छ भने महिलाको जनसङ्ख्या ६२०८९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२२३४४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५४८२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १२ रहेको छ। यस उपजिल्लामा सन्थल र उराँव जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा २० मस्जिद, ८ हिन्दु मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ९५.१४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१५% ले पोखरी, ०.२७% ले टुटी र ४.४४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ९ परिवार नियोजन केन्द्र २ अस्पतालहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४७.४३% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

                                     

2. अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, हरियो खुर्सानी, तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, तेरीको बीउ, रुख कटहर तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा धेरै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा, कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४७.०६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४% मजदुरीमा, उद्योगमा १.१४%, वाणिज्यमा १६.५७%, सञ्चार यातायातमा ३.८७%, निर्माण क्षेत्रमा ०.८७%, सुविधामा ८.७०%, धार्मिक सेवामा ०.२७%, वैदेशिक रोजगारी तथा भाडामा ०.२६% र अन्यमा १७.२६% रहेका छन्।

                                     

3. प्रशासन

प्रशासकीय कामारखान्दा थानाको स्थापना सन् १९०९ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ४ सङ्घ परिषद्/वडा, ४४ मौजा/महल्ला र ९२ गाउँहरू रहेका छन्।

                                     

4. शिक्षा

यस उपजिल्लाको कुल साक्षरता दर ४२.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४७.४२% छ भने महिलाको साक्षरता दर ३७.४९% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, २२ माध्यमिक विद्यालय, ७७ प्राथमिक विद्यालय र ११ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्। हाजी करेप आली स्मारक डिग्री क्याम्पस, कामारखान्दा महिला डिग्री क्याम्पस, धोपाकान्धी बहुभाषिक उच्च विद्यालय, धोपाकान्धी पाइलट कन्या उच्च विद्यालय, कामारखान्दा फजिल मदरसा आदि।

                                     
  • उपज ल ल ल ई र ईगञ ज उपज ल ल ल उत तर, श हज दप र उपज ल ल ल दक ष ण, ब लक च र क म रखन द उपज ल ल ल प र व, भ ङ ग ड र त ड श उपज ल ल ल पश च मब ट घ र क छ क रट य

Users also searched:

...