Back

ⓘ इस्लामाबाद राजधानी क्षेत्र




इस्लामाबाद राजधानी क्षेत्र
                                     

ⓘ इस्लामाबाद राजधानी क्षेत्र

इस्लामाबाद राजधानी क्षेत्र पाकिस्तानको एकमात्र प्रशासकीय इलाका हो। यस क्षेत्रलाई पञ्जाब प्रदेशले दक्षिण, पूर्व र पश्चिम र खयबर पख्तुनख्वाले उत्तरबाट घेरेको छ। यो प्रशासकीय इलाकाभित्र पाकिस्तानको राजधानी इस्लामाबाद समावेश छ जसले यसको कुल ११६५.५ वर्ग किलोमिटर मध्ये ९०६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो क्षेत्रले पाकिस्तानको राष्ट्रिय सभा एनए-५२ र एनए-५४ को प्रतिनिधित्व गर्दछ।

                                     

1. इतिहास

सन् १९६० मा पाकिस्तानको नयाँ राजधानी स्थापना गर्न पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लाबाट जग्गा हस्तान्तरण गरिएको थियो। सन् १९६० को दशकको योजना अनुसार राजधानी क्षेत्र रावलपिण्डीमा समावेश छ र निम्न भागहरू मिलेर बनेको छन्;

  • रावलपिण्डी, २५९ वर्ग किलोमिटर १०० वर्ग माइल
  • इस्लामाबाद, २२०.१५ वर्ग किलोमिटर ८५.०० वर्ग माइल
  • मार्गाला पहाड, २२०.१५ वर्ग किलोमिटर ८५.०० वर्ग माइल
  • इस्लामाबाद ग्रामीण, ४४६.२० वर्ग किलोमिटर १७२.२८ वर्ग माइल

यद्यपि सन् १९८० को दशकमा रावलपिण्डीलाई इस्लामाबाद योजनाबाट हटाइएको थियो।

                                     

2. मौसम

इस्लामाबादको मौसममा एक आर्द्र उप-उष्णकटिबन्धीय मौसम छ जसमा ४ ऋतुहरू रहेका छन्: हिउँद ऋतु नोभेम्बर–फेब्रुअरी, ग्रीष्म मार्च–अप्रिल, वर्षा ऋतु जुलाई–अगस्ट र शरद सेप्टेम्बर–अक्टोबर। इस्लामाबाद राजधानी क्षेत्रको सबैभन्दा उच्च तापक्रम हुने महिना जुन हो जसमा तापक्रम ३८ डिग्री सेल्सियस १००.४ डिग्री फरेनहाइट सम्म पुग्छ। यस क्षेत्रको सबैभन्दा अधिक पानी पर्ने महिना जुन हो जतिबेला यहाँ भारी मात्रामा पानी पर्ने, आँधी हुरी आउने र चट्याङ पर्ने गर्दछ। यस क्षेत्र सबैभन्दा चिसो महिनम जनवरी हो। इस्लामाबादको सूक्ष्म जलवायु तीन कृत्रिम जलाशयहरू;रावल, सिम्लाी र खानपुर बाँध द्वारा नियन्त्रण गरिन्छ। अन्तिम बाँध इस्लामाबादबाट करीव ४० किलोमिटर २५ माइल को खानपुर सहर नजिकै हरो नदीमा अवस्थित छ। सिम्ली बाँध इस्लामाबादबाट ३० किलोमिटर १९ माइल उत्तरमा पर्छ। सहरको २२० एकर ८९ हेक्टर जमिन मार्गाला पहाड राष्ट्रिय निकुञ्जमा पर्दछ। लोई भेर वन इस्लामाबाद राजमार्गको छेउमा अवस्थित छ जुन १,०८७ एकड ४४० हेक्टर क्षेत्रफलमा फैलिएको छ। जुलाई १९९५ मा सबैभन्दा उच्च मासिक वर्षा ७४३.३ मिलिमिटर २९.२६ इञ्च कैद गरिएको थियो। हिउँदमा सामान्यतया बिहानी बाक्लो कुहिरोले चारैतिर ढाक्छ भने दिउँसो मन्द घाम लाग्ने गर्दछ। हिउँद ऋतुमा सहरको तापक्रम न्युन विन्दुमा झर्छ भने नजिकको पहाडी क्षेत्रहरूका उच्च उचाईमा कहिलेकाँही हिउँ पर्न गर्छ। हिउँदमा यस क्षेत्रको तापक्रम १३ डिग्री सेल्सियस ५५ डिग्री फरेनहाइट हुन्छ भने जुन महिनामा यहाँको तापक्रम ३८ डिग्री सेल्सियस १०० डिग्री फरेन्हाइट हुन्छ। सन् २००५ जुन २३ का दिन यस क्षेत्रमा सर्वाधिक तापक्रम ४६.६ डिग्री सेल्सियस १२५.९ डिग्री फरेनहाइट पुगेको थियो भने सन् १९६७ जनवरी १७ का दिन यस क्षेत्रको तापक्रम -६ डिग्री सेल्सियस २१.२ डिग्री फरेनहाइट कैद गरिएको थियो। २३ जुलाई २००१ मा यस क्षेत्रमा हिउँ परेको थियो भने सोही दिन १० घण्टामा ६२० मिलिमिटर हिउँ परेको थियो।

                                     

3. इस्लामाबाद रावलपिण्डी क्षेत्र

सन् १९६० मा इस्लामाबादको लागि योजना तयार भयो तब इस्लामाबाद र रावलपिण्डी लगायतका वरपरमा क्षेत्रहरू समावेश गरी इस्लामाबाद/रावलपिण्डी महानगरीय क्षेत्रको नाम दिइएको थियो। यस महानगरीय क्षेत्रमा विकासउन्मुख इस्लामाबाद, पुरानो औपनिवेशिक स‌निक सहर रावलपिण्डी र वरपरका ग्रामीण क्षेत्र लगायत मार्गल्ला पहाड राष्ट्रिय निकुञ्ज समावेश भएको थियो। यद्यपि इस्लामाबाद सहर इस्लामाबाद राजधानी क्षेत्रको एक भाग थियो जबकि रावलपिण्डी रावलपिण्डी जिल्लाको एक भाग थियो जुन पञ्जाब प्रदेशमा समावेश थियो।

शुरूमा यो प्रस्ताव गरिएको थियो कि तीन क्षेत्र चार मुख्य राजमार्गहरू: मुरी राजमार्ग, इस्लामाबाद राजमार्ग, सोन राजमार्ग, र राजधानी राजमार्गले जोड्ने छन्। यद्यपि हालसम्म मात्र दुई राजमार्गहरू; काश्मीर राजमार्ग र इस्लामाबाद राजमार्ग निर्माण गरिएको छ। मार्गल्ला निर्माण गर्ने योजनाहरू पनि चलिरहेका छन्। इस्लामाबाद सबै सरकारी गतिविधिहरूको केन्द्र हो, जबकि रावलपिण्डी सबै औद्योगिक, व्यावसायिक र सैन्य गतिविधिहरूको केन्द्र हो। हाल यी दुई ठूला सहरहरू अत्यधिक परनिर्भर छन्।



                                     

4. अर्थतन्त्र

इस्लामाबादले पाकिस्तानी अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ। इस्लामाबादमा देशको कुल जनसङ्ख्याको ०.८% मात्र भएतापनि यसले देशको कुल ग्रस्त उत्पादनमा १% योगदान पुर्‍याउँछ। सन् १९८९ मा स्थापित इस्लामाबाद सेयर बजार पाकिस्तानको कराची सेयर बजार लाहोर सेयर बजार पछिको दशकै सबैभन्दा तेस्रो ठूलो सेयर बजार हो। यस सेयर बजारमा ११८ सदस्यहरू रहेका छन् जसमा १०४ संयुक्त निकाय र १८ व्यक्तिगत सदस्यहरू छन्। यस स्टक एक्सचेञ्जको औसत दैनिक कारोबार १ मिलियन सेयर भन्दा बढी छ। २०१२ सम्ममा इस्लामाबाद एलटीयू ठूलो कर एकाई कर राजस्वमा ३७१ अर्ब रुपैयाँ जिम्मेवार थियो, जुन सङ्घीय राजस्व विभागले सङ्कलन गरेको सबै राजस्वको २०% हो।

इस्लामाबादमा सूचना तथा सञ्चार प्रविधिको विस्तार भएको देखिएको छ। यहाँ दुई थप सफ्टवेयर प्रविधि जडान गरिएको छ जसमा असङ्ख्य राष्ट्रिय र विदेशी प्राविधिक र सूचना प्रविधि कम्पनीहरू छन्। सरकारले सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्न क्रममा १०% सम्म कर कटौती गर्न सरकारले प्रयत्न गरिरहेको छ भने विदेशी कम्पनीहरूका लागि सेवा केन्द्रहरू बृद्धिको गर्ने अर्को महत्त्वपूर्ण क्षेत्रको रूपमा लक्षित गरिएको छ।पाकिस्तानको पाकिस्तान दूरसञ्चार प्राधिकरण, पाकिस्तान टेलिभिजन, पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड, ओजीडीसीएल, र जरै तारकियाती बैङ्क लिमिटेड जस्ता धेरैजसो राज्यको स्वामित्व प्राप्त कम्पनीहरू इस्लामाबादमा आधारित छन्। पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड, मोबिलिङ्क टेलिनर, युफोन, र चीन मोबाइल जस्ता सबै प्रमुख दूरसञ्चारमा मुख्यालयहरू इस्लामाबादमा अवस्थित छन्।

                                     

5. यातायात

विमानस्थल

इस्लामाबाद बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल मार्फत विश्वभरका प्रमुख गन्तव्यहरूमा जोडिएको छ जसलाई पहिले इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा चिनिन्छ। यो विमानस्थल पाकिस्तानको सबैभन्दा तेस्रो ठूलो विमानस्थल हो र जुन इस्लामाबाद बाहिर चकलाला, रावलपिण्डीमा अवस्थित छ। आर्थिक वर्ष सन् २००४–२००५ मा २.८८ मिलियन भन्दा बढी यात्रुले बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरे जहाँ २३,४३६ विमान आवागमन दर्ता गरिएका छन्। बढ्दो यात्रुहरूलाई सेवा दिन फतेह जङमा इस्लामाबाद गन्धारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको थियो। यो विमानस्थल पाकिस्तानमा सबैभन्दा ठूलो विमानस्थल हो जुन १ मे २०१८ मा खोलिएको थियो। यस विमानस्थल ७४० मिलियन डलरको लागतमा निर्माण भएको थियोे। यो पाकिस्तानको पहिलो हरित क्षेत्र विमानस्थल हो जसको कुल क्षेत्रफल ३,६०० एकड १५ किलोमिटर रहेको छ।

सडक यातायात

रावलपिण्डी - इस्लामाबाद सडक यातायात सेवा २४ किमी १४.९ मील बस द्रुत मार्ग प्रणाली हो जसले पाकिस्तानको रावलपिण्डी र इस्लामाबादको जस्ता सहरहरूमा सेवा प्रधान गर्दछ। सबै प्रमुख सहरहरू नियमित रेल र बस सेवाहरू मार्फत पहुँचयोग्य छन् भने प्राय जसो छिमेकी सहर रावलपिण्डीबाट रेल र सडक यातायात सेवा विस्तार गरिएको छ। लाहोर पेशावर इस्लामाबादमा सडक यातायात सञ्जाल माध्यमबाट जोडिएका छन् जसले यी सहरहरू बीचको यात्रा अवधिलाई उल्लेखनीय रूपमा घटाएको छ। एम-२ सडक खण्ड ३६७ किलोमिटर २२८ माइल लामो छ जसले इस्लामाबाद र लाहोर जडान गर्दछ। एम-१ सडक खण्डले इस्लामाबादलाई पेशावरसँग जोड्छ जुन १५५ किलोमिटर ९६ माइल लामो छ। इस्लामाबाद फैजाबाद खडक खण्ड मार्फत रावलपिण्डीमा जोडिएको छ जसमा दैनिक ४८,००० सवारीसाधनहरूले यात्रा गर्छन्।

                                     

6. शिक्षा

इस्लामाबादमा पाकिस्तानको उच्च साक्षरता दर ९५% रहेको छ। इस्लामाबादमा पाकिस्तानका केही प्रमुख विश्वविद्यालयहरू पनि छन् जसमा कायद-ए-आजम विश्वविद्यालय, अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालय, र नेसनल युनिभर्सिटी अफ साइन्सेस एण्ड टेक्नोलोजी र पाकिस्तान इन्स्टिच्युट अफ इन्जिनियरि र अप्लाइड साइन्सेस छन्। निजी विद्यालय सञ्जाल इस्लामाबाद निजी शैक्षिक संस्थाहरूको लागि काम गरिरहेको छ। निजी विद्यालय सञ्जालका अध्यक्ष भारा काहु हुन्। निजी विद्यालय सञ्जाल इस्लामाबादमा आठ क्षेत्र मा विभाजित छ। कायद-ए-आजम विश्वविद्यालयका धेरै सङ्कायहरू सञ्चालनमा रहेका छन्। यो विश्वविद्यालय एक अर्ध पहाडी क्षेत्रमा अवस्थित छ भने सचिवालय भवनहरूको पूर्वमा र मार्गल्ला पहाडको आधारको नजिक छ।

                                     

7. खेलकुद

इस्लामाबाद युनाइटेड सन् २०१६ को पाकिस्तान सुपर लिग जित्ने पहिलो राष्ट्रिय टोली बन्न सफल भएको थियो भने हाल सङ्घीय टोलीले पाकिस्तान कपमा भाग लिइरहेको छ। यस टोली मिसबाह उल हकको कप्तानीमा मैदान उत्रिने गर्दछ जो पाकिस्तानका पूर्व कप्तान थिए।