Back

ⓘ सुनामगञ्ज सदर उपजिल्ला




सुनामगञ्ज सदर उपजिल्ला
                                     

ⓘ सुनामगञ्ज सदर उपजिल्ला

सुनामगञ्ज सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°४९ देखि २५°१० उत्तर अक्षांश र ९१°१४ देखि ९१°२७ पूर्वी देशान्तरणमा अवस्थित छ। सुनामगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६८.६१ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई विश्वम्भरपुर उपजिल्लाले र भारतको मेघालय राज्यले उत्तर, दक्षिण सुनामगञ्ज उपजिल्लाले दक्षिण, दोवाराबाजार उपजिल्लाले पूर्व र विश्वम्भरपुर उपजिल्लाले पश्चिमबाट घेरेका छन्। कान्दार हाओड, बाहाना बिल, राडवा बिल, सफेला बिल सुरइया बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                     

1. इतिहास

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेनाले यस उपजिल्लामा एक अस्थायी सैनिक किल्लाको स्थापना गरेपछि पाकिस्तानी सेना र स्थानीय राजाकारको समूहले यस उपजिल्लाको कृष्णनगर, सुनामगञ्ज सहर र आहसानमारा जस्ता स्थानहरूका कयौँ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले घरटहरामा आगजनी र महिल माथि दुर्ववहार समेत गरेका थिए। पाकिस्तानी सेनाले सुनामगञ्ज सर्किट हाउसमा ३ जना बङ्गलादेशी लडाकुको हत्या गरेका थिए। बङ्गलादेश मुक्ति युद्धका बेला पाकिस्तानी सेनासँगको युद्धमा ४८ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो।

                                     

2. जनशाङ्खिकि

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २१९३३८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११३०१६ छ भने महिलाको जनसङ्ख्या १०६३२२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १९५६२१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २२७३६ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ७८८, इसाई धर्मवलम्बीको जनसङ्ख्या २५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६८ रहेको छ। यस उपजिल्लामा हाजङ, मणिपुरी र गरो जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा १३० मस्जिद र ७८ मन्दिर, २ चिहान र २ गिर्जाघरहरू रहेका छन्। कोट जामे मस्जिद, पाथारिया वैष्णव आखडा, सैयद उमद हारुन वोगदादीको चिहान आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ७६.४४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २.१४% ले पोखरी, ९.८२% ले टुटी र ११.६०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।जिल्ला जनस्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार ५७७१ ईनार मध्ये ९२६ ईनारका पानीमा आर्सेनिक रहेको भेटिएको छ। हालसम्म ९५ आर्सेनिक प्रभावित बिरामीहरू यस जिल्लामा पत्ता लगाइएको छ। यस उपजिल्लाको कुल घरहरू मध्ये १२.११% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा २ स्वास्थ्य केन्द्र अस्पताल, २ गैरसरकारी स्वस्थ्य संस्था, २ मातृ शिशु हेरचाह केन्द्र, ८ परिवार नियोजन केन्द्र २ स्थानीय स्वस्थ्य संस्थाहरू रहेका छन्। सन् १८९७ मा आएको भुकम्पमा परी यस उपजिल्लाका थुप्रै मानिसहरूको मृत्यु भएको थियो। सन् १९९५, १९७४, १९८८ र १९९८ मा यस उपजिल्लामा बाढी आएको थियो जसका कारण हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने त्यस बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो।

                                     

3. अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, बदाम, आलु, प्याज, लसुन तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, नरिवल, केरा, लिची, अम्बा, खरबुजा, भुइँकटर, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १७० माछापालन केन्द्र, ११० दुग्ध सङ्कलन केन्द्र, २१० कुखुरापालन केन्द्र तथा १ चल्ला उत्पादन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२.०६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ६.४५%, उद्योगमा ०.८५% वाणिज्यमा १०.९६%, सञ्चार यातायातमा १.६५%, निर्माण क्षेत्रमा ०.६९%, सुविधामा ५.०१%, धार्मिक सेवामा ०.४२%, वैदेशिक रोजगारी तथा भाडामा २.०८% र अन्यमा ९.८३% रहेका छन्।



                                     

4. प्रशासन

प्रशासकीय सुनामगञ्ज थानाको स्थापना सन् १८७७ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ९ सङ्घ परिषद्हरू रहेका छन् जुन यस प्रकार छन्; कोठियार सङ्घ परिषद्, गौरारङ सङ्घ परिषद्, लक्खनश्री सङ्घ परिषद्, मोहनपुर सङ्घ परिषद्, मोलापारा सङ्घ परिषद्, रङ्घर चार सङ्घ परिषद्, कुरबान नगर सङ्घ परिषद् र जहाँगीरनगर सङ्घ परिषद्।

                                     

5. शिक्षा

यस जिल्लाको कुल साक्षरता दर ४८.६३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.०९% छ भने महिलाको साक्षरता दर ४३.७६%रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २ प्राविधिक शिक्षण संस्था, ३२ माध्यमिक विद्यालय, १९५ प्राथमिक विद्यालय, ८ बाल उद्धान केन्द्र, २६ सामुदायिक विद्यालय र ७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सुनामगञ्ज सरकारी क्याम्पस सन् १९४४, सुनामगञ्ज सरकारी महिला क्याम्पस सन् १९८४, सुनामगञ्ज पैरा क्याम्पस सन् १९९५, माइनुल हक क्याम्पस सन् २००४, सरकारी जुब्ली उच्च विद्यालय सन् १८८७, सतिस चन्द्र सरकारी कन्या उच्च विद्यालय सन् १९४०, रानगर चार हरिनापति उच्च विद्यालय सन् १०४२, नारायणतला मिसन उच्च विद्यालय सन् १९७२, सुनामगञ्ज कन्या उच्च विद्यालय सन् १९८०, कृष्णनगर सरकारी प्राथमिक विद्यालय, सैयदपुर सरकारी प्राथमिक विद्यालय, हुसइनपुर सरकारी प्राथमिक विद्यालय, नियामतपुर सरकारी प्राथमिक विद्यालय, सुनामगञ्ज द्विनी मदरसा सन् १९७४, दामोदरतपी इस्लामिया दाखिल मदरसा सन् १९६५ आदि।

                                     
  • स न मगञ ज बङ ग ल দক ষ ণ স ন মগঞ জ बङ गल द शक स न मगञ ज ज ल ल क एक उपज ल ल ह य उपज ल ल स ल ट व भ ग अन तर गत पर दछ दक ष ण द न जप र उपज ल ल
  • बङ गल द शक स न मगञ ज ज ल ल क एक उपज ल ल ह य उपज ल ल स ल ट व भ ग अन तर गत पर दछ जगन न थप र उपज ल ल बङ गल द शक दक ष ण प र व भ गम पर छ भन य उपज ल ल
  • द र ई उपज ल ल ल दक ष ण, स न मगञ ज सदर उपज ल ल ल प र व र म हनगञ ज र धर मप श उपज ल ल ल उपज ल ल पश च मब ट घ र क छ उपज ल ल व भ ग प रत व दनक अन स र
  • बङ गल द शक स न मगञ ज ज ल ल क एक उपज ल ल ह य उपज ल ल स ल ट व भ ग अन तर गत पर दछ छ तक उपज ल ल बङ गल द शक प र व मध य भ गम पर छ भन य उपज ल ल
  • स न मगञ ज ज ल ल क एक उपज ल ल ह य उपज ल ल स ल ट व भ ग अन तर गत पर दछ द व र ब ज र उपज ल ल बङ गल द शक प र व मध य भ गम पर छ भन य उपज ल ल
  • उपज ल ल मध य ग य इनघ ट उपज ल ल सब भन द ठ ल वर ग क ल म टर र सब भन द स न फ ञ च गञ ज उपज ल ल रह क छन स ल ट क ष त र र स ल ट सदर अस पत ल

Users also searched:

...