Back

ⓘ जकिगञ्ज उपजिल्ला




जकिगञ्ज उपजिल्ला
                                     

ⓘ जकिगञ्ज उपजिल्ला

जाकिगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५१ देखि २५°०० उत्तर अक्षांश र ९२°१३ देखि ९२°३० पूर्वी देशान्तरणमा अवस्थित छ। जाकिगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २८७.३३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कानाइघाट उपजिल्लाले र भारतको मेघालय राज्यले उत्तर, भारतको आसाम राज्यले दक्षिण, पूर्व र बियानीबाजार उपजिल्लाले पश्चिमबाट घेरेका छन्। सुरमा, कुसिवारा, बालाई सिमसार क्षेत्र, धानकुरि, डुबाइल, सिङ्गइकुडि बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                     

1. इतिहास

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने अप्रिल १९७१ मा पाकिस्तानी सेना पहिलोपटक यस उपजिल्लामा प्रवेश गरेका गर्दै यहाँका कयौँ सर्वसाधारणहरूक‍ हत्या र थुप्रै घरटहराहरूमा आगजनी गरेका थिए।

                                     

2. जनशाङ्खिकि

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १९८३९९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९९८२२ छ भने महिलाको जनसङ्ख्या ९८५७७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७७८४२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०५१३ छ। त्यस्तै गरी इसाई धर्मवलम्बीको जनसङ्ख्या १० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३४ रहेको छ। यस उपजिल्लामा ४६३ मस्जिद र ७३ मन्दिर, ९ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ३६.८३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.६१% ले पोखरी, ५९.८१% ले टुटी र १.७४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।जिल्ला जनस्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार यस उपजिल्लाका १९.१९% धाराका पानीमा आर्सनिकको मात्रा पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ३.८८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, १० सङ्घ स्वस्थ्य तथा परिवार नियोजन केन्द्र ४ निजी अस्पतालहरू रहेका छन्।

                                     

3. अर्थतन्त्र

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, बदाम, आलु, प्याज, लसुन तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, नरिवल, केरा, लिची, अम्बा, खरबुजा, भुइँकटर, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, बदाम, माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तोरी र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४६.०६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ९.०६%, उद्योगमा ०.७४% वाणिज्यमा १२.८४%, सञ्चार यातायातमा १.६४%, निर्माण क्षेत्रमा १.८४%, सुविधामा ५.८०%, धार्मिक सेवामा १.१९%, वैदेशिक रोजगारी तथा भाडामा ६.९३% र अन्यमा १३.९०% रहेका छन्।



                                     

4. प्रशासन

प्रशासकीय जाकिगञ्ज थानाको स्थापना सन् १९४७ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ९ सङ्घ परिषद्, ११५ मौजा/महल्ला र २८६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; जाकिगञ्ज सदर सङ्घ परिषद्, बारहाल सङ्घ परिषद्, बिरश्री सङ्घ परिषद्, काजलसार सङ्घ परिषद्, खलाछडा सङ्घ परिषद्, सुलतानपुर सङ्घ परिषद्, बारठाकुरी सङ्घ परिषद्, कसकनकपुर सङ्घ परिषद् र मानिकपुर सङ्घ परिषद्।

                                     

5. शिक्षा

यस जिल्लाको कुल साक्षरता दर ४५.२२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४९.९७% छ भने महिलाको साक्षरता दर ४०.४६%रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, २३ माध्यमिक विद्यालय, १२७ प्राथमिक विद्यालय, १४ सामुदायिक विद्यालय, ४ बाल उद्धान केन्द्र ४७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गुरुसदय उच्च विद्यालय सन् १९५७, बारहाल एहिया उच्च विद्यालय सन् १९३५, इछासति बहुमुखी उच्च विद्यालय सन् १९५७, फुलतली आलीया मदरसा सन् १९२० आदि।

Users also searched:

...