Back

ⓘ ट्राभलयारी




                                     

ⓘ ट्राभलयारी

ट्राभलयारी भारतको बेङ्गलोरमा प्रधान कार्यालय भएको सबैभन्दा ठूलो अनलाइन गाडि आरक्ष पोर्टल हो। यसको वेबसाइटमा ३,५०० भन्दा बढी गाडी सञ्चालकको सञ्जालको रहेको छ जसले ४५,००० मार्गहरूमा प्रति दिन १,५०,००० गाडीका विकल्पहरूको प्रदान गर्दछ। यसले हाल सम्म १५० मिलियन भन्दा बढी यात्रुहरूको सेवा गरिसकेको छ। यसले मण्टिस प्रविधि मञ्च मार्फत दैनिक १,५०,००० - २,००,००० बस टिकटको आरक्ष गर्दछ। यसले ८,०००-९,००० अफलाइन यात्रा निकासहरूलाई सक्षम गरेको छ जसले तिनीहरूलाई बस टिकट आरक्ष गर्न मद्दत गर्दछ। कम्पनीका सामग्रीहरू अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ। अलेक्साको विश्वव्यापी क्रममा अनुसार यो ५७,०१५ स्थानमा रहेको छ भने भारतमा यसको क्रम ३,३५० रहेको छ।

                                     

1. कम्पनीको बारेमा

ट्राभलयारी डटकम मण्टिस प्रविधि प्रालिको प्रमुख ब्राण्ड हो। मण्टिस यसको अनलाइन उत्पादनहरूको विस्तृत क्षेत्र मार्फत भारतको सम्पूर्ण गाडी उद्योगलाई गहन रूपमा इन्टरनेटमा सरुवा गरेको छ।

यसैले यसले उद्योगलाई अझ बढी सुलभ, सङ्गठित, पारदर्शी, दक्ष र सहयोगी बनाएको छ। ट्राभलयारीसँग भ्रमण खण्ड पनि रहेको छ जसले किफायती मुल्यहरूमा छनौट गरिएका यात्रा प्याकेजहरूको प्रस्ताव गर्दछ।

ट्राभलयारी एक भारतीय अनलाइन गाडी टिकट वेबसाइट हो जसको प्रधान कार्यालय बेङ्गलोग रहेको छ भने अन्य प्रमुख सहरहरू जस्तै अहमदाबाद, दिल्ली, मुम्बई, पुणे, र चण्डीगढमा पनि यसको कार्यलय रहेको छ।

सिमिलर वेबसाइट अनुसार वेबसाइटले १.५४ मिलियन मासिक भ्रमण प्राप्त गरेको दावी गरेको छ जसले मार्च २०१८ मा समाप्त हुने वित्तीय वर्षको लागि करिब २००-२५० मिलियन डलरको कारोबार अपेक्षा गरेको थियो।

ट्राभलयारीसँग आफ्नो अनलाइन आरक्ष प्रणालीमा विभिन्न सुविधाहरू समावेश छन् जसले एकल महिला यात्रुहरूको सुरक्षा कायम गर्दछ। गाडी यात्रुहरूलाई अन्तिम मिनेट रद्दि र दुर्घटनाहरू बिरूद्ध सुरक्षा प्रदान गर्नका लागि यसले बीमा प्रदान गर्दछ।

                                     

2. इतिहास

ट्राभलयारी डटकमले २० अप्रिल २००७ मा सञ्चालन सुरु गरेको थियो। यसलाई भारतीय प्रविधि संस्थान, अहम्दाबादकबाट स्नातकोत्तर हासिल गरेका छात्र उद्योग व्यवसायीहरू, पार्थसार्थी सिन्हा, आयुविन्द लामा र प्रितेक निगमले संयुक्त रूपमा सुरु गरेका थिए।

ट्राभलयारीको अभिभावक कम्पनी मण्टिस प्रविधिले गाडी सञ्चालकहरूलाई उनीहरूको सूची र सञ्चालनहरू व्यवस्थापन गर्न विश्वव्यापी वितरण प्रणालीको पनि विकास गरेको थियो।

Users also searched:

dila do meaning in english, dila meaning in english, dila meaning in hindi,

...
...
...