Back

ⓘ आवारान जिल्ला




आवारान जिल्ला
                                     

ⓘ आवारान जिल्ला

आवारान जिल्ला पाकिस्तानको बलुचिस्तान प्रदेशको दक्षिण भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला सन् १९९२ मा छुट्टिएर जिल्ला घोषित हुन भन्दा अघि यो खुजदार जिल्लाको उपविभागको रूपमा रहेको थियो। आवारान जिल्लाको प्राचीन नाम कोलवत हो। यो जिल्ला बलुचिस्तानकै सबैभन्दा गरीब जिल्ला हो।

आवारान जिल्ला बलुचिस्तानको दक्षिण भागमा अवस्थित छ। यस जिल्लालाई ग्वादर जिल्लाले दक्षिण र दक्षिण पश्चिम, लसबेला जिल्लाले पूर्व र दक्षिण, केच र पञ्जगुर जिल्लाले पश्चिम, खुजदार जिल्लाले पूर्व र खरान जिल्लाले उत्तरबाट घेरेको छ।

                                     

1. जनशाङ्खिकि

सन् २००५ मा आवारान जिल्लाको जनसङ्ख्या २,००,००० भन्दा बढी हुने अनुमान गरिएको थियो। यस जिल्लाको जनसङ्ख्याको निरन्तर बृद्धि भएको छ। यस जिल्लाका धेरै जसो मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्छन्। यस क्षेत्रका ९८% भन्दा बढी मानिस मुस्लिम र थोरै जिक्री अल्पसङ्ख्यकहरू छन्। आवारानका जिल्लाका अल्पसङ्ख्यकहरू धेरै जनजातिमा विभाजित छन्। यस जिल्लाका बलुची जनजातिहरू कम्ब्रानी, ​​बिजेन्जो, मोहम्मद हस्नी, सज्दी, मिरवानी, राखशनी, मुसियानी, सुमालानी र मेङ्गल हुन्। यस जिल्लाको प्रमुख भाषा बलुचि हो जुन यहाँका ९२% जनसङ्ख्याको मातृभाषा हो भने ७.७% ले ब्राहुई र अन्य ०.१% ले उर्दु भाषा बोल्छन्।

                                     

2. मौसम

आवारान जिल्लाको मौसम गर्मीमा अत्याधिक गर्मी र जाडोमा न्यानो खालको हुन्छ। यस जिल्लामा धुलो आँधीबेहरीहरू वर्षभरि अनुभव गरिन्छ। जुनदेखि सेप्टेम्बरसम्म लिभर नामक एक भयानक आँधीबेहरी आउने गरेको छ।गर्मीका दिनहरू तातो छन् तर रातको समयमा भने तापक्रम घट्छ। वर्षा ऋतुमा प्रायः अप्रिल मे, जुन, र जुलाई महिनाहरू समावेश हुन्छन्। मौसमी तथ्याङ्कको आधारमा यस जिल्लालाई "अर्ध शुष्क तातो गर्मी र हल्का जाडोमा राख्न सकिन्छ।

हाल आवरानका लागि सही तापक्रम तथ्याङ्क उपलब्ध छैन तर यो जिल्लाको तापक्रम खुजदारकोसँग लगभग बराबर हुने भएकाले खुजदार जिल्लाले मौसमको बारेमा केही जानकारी प्रदान गर्दछ। मौसम तथ्याङ्कले अवलोकन गरेको अनुसार यस जिल्लाको सबैभन्दा तातो महिना जुन मा तापक्रम ३२ डिग्री सेल्सियस माथि रहन्छ जबकि जाडोमा यो १० र २१ डिग्री सेल्सियस बीच रहन्छ। यसले "तातो गर्मी र हल्का जाडो" को मौसमको श्रेणीलाई पुष्टि गर्दछ।

                                     

3. उर्जा

यस क्षेत्रको उर्जाको प्रमुख स्रोत ईन्धनको काठ तथा दाउराहरू हुन् जबकि गोबरलाई सुकाएर पनि केही घरहरूमा प्रयोग भैरहेको छ। जिल्लामा बिजुली वा ग्यासको सुविधा छैन। केही घर र होटेलले बिजुली उत्पादनका लागि डिजेल जेनेरेटर प्रयोग गर्छन् भने प्रकाशको लागि मट्टीतेलका बत्तीहरू प्रयोग हुन्छन्।

                                     

4. वातावरण

जिल्ला वायु प्रदूषणबाट मुक्त छ। जिल्लामा कुनै उद्योग वा कलकारखानाहरू सञ्चालनमा रहेका छैनन्। त्यहाँ धुलो प्रदूषण छ र यस क्षेत्रमा सरसफाई एकदमै न्यून छ भने यस जिल्लामा कुनै सरसफाइको व्यवस्था पनि रहेको छैन। यस जिल्लाका सडकको कुनामा फोहर फालिएका हुन्छन् जसले सम्पूर्ण वातावरणलाई प्रदूषण पारिरहेको हुन्छ। विशेष गरी जिल्लाको दुर्गम क्षेत्रहरूमा पिउने पानीको पनि समस्या रहेको छ। धेरै जसो मान्छेहरूको लागि छुट्टै भान्सा र नुहाउने कोठा व्यवस्था रहेको छैन।

Users also searched:

...