Back

ⓘ नोनसान




नोनसान
                                     

ⓘ नोनसान

नोनसान दक्षिण कोरियाको दक्षिण चुङचेओङ प्रान्तमा रहेको एक शहर हो। यो ३६°१२′उ॰ १२७°५′पू॰ मा स्थित छ नोनसानलाई नोलमोइ पनि भनिन्छ, जसको अर्थ सन्ध्या वा पहेँलो पहाड हो। नोनसनको नामको उत्पत्ति सानो बगैंचा "ननमोइ" भन्ने शब्दबाट आएको हो भनिन्छ जुन कृषि क्षेत्रको बिचमा रहेकोछ, जहाँ धानबाली र पहाडले त्यहाँको भौगोलिक विशेषताहरू प्रतिबिम्बित गर्छन् भनिन्छ।

                                     

1. इतिहास

नोनसानको महत्त्वपूर्ण इतिहास छ। सम्हानको कालमा, नोनसान महान् क्षेत्रको भूभाग भएको मानिन्छ। बाइक्जे शासनकालमा यो ह्याङडेयुङयासन-गुन जिल्लाको भूभाग बन्यो। सिल्लाले बाइजेलाई पराजित पराजित गरेको महत्त्वपूर्ण लडाई नोनसानको सामान्य क्षेत्रमा भएको मानिन्छ। पछि, सिल्ला शासनकालमा, नोनसानलाई दुई फरक देयोगयेउन र ह्वाङसान नगरहरूमा विभाजन गरिएको थियो।

रेल स्टेसन १९११ मा बनेको थियो, त्यही वर्ष नोनसान मैदान हुँदै जाने रेल लाइन पूरा भएको थियो।

नोनसानको आधुनिक शहर चार काउन्टीहरू योन्सान-गुन, युन्जिन-गुन, नोसेओङ-गुन र सेओक्सुङ-गुनको संयोजनबाट सन् १९१४ मा भएको थियो ।

                                     

2. भगिनी शहरहरू

  • link=|border जिन्जाउ, लिओनिङ, चीन
  • link=|border सिओचो-गु, सियोल
  • link=|border जिनिङ, शेन्डोङ, चीन
  • link=|border लाङफ्याङ, हेबेइ, चीन
  • link=|border गोटेम्बा, शिजुओका, जापान
                                     

3. उल्लेखनीय व्यक्तित्वहरू

  • चुन सुङ-ग्वान, सियुल केन्द्रीय जिल्ला अभियोजकको कार्यालय प्रमुख २००९
  • र्‍ही जुह्येओङ, चित्रकार
  • येओम हङ-चुल, डाएजीओनमा मेयर
  • र्‍ही इन्-जे, तीन पटक दक्षिण कोरियाली राष्ट्रपति पदको उम्मेद्वार
  • गो सू, फिल्म र टेलिभिजन अभिनेता
  • पार्क बिओम-शिन, लेखक