Back

ⓘ हर्मुज स्ट्रेट




हर्मुज स्ट्रेट
                                     

ⓘ हर्मुज स्ट्रेट

हर्मुज पश्चिम एसियाको एक प्रमुख जलसन्धि हो जुन ईरानको दक्षिणमा पर्सियन खाडी र ओमानको खाडी लाई अलग गर्छ। यसको दक्षिणमा संयुक्त अरब इमिरेट्स र ओमानको मुसुन्दम नामक बहिक्षेत्र छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।