Back

ⓘ मेन्लो पार्क, क्यालिफोर्निया




मेन्लो पार्क, क्यालिफोर्निया
                                     

ⓘ मेन्लो पार्क, क्यालिफोर्निया

मेन्लो पार्क संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्को खाडी क्षेत्रको सान माटियो काउन्टीको पूर्वी किनारमा अवस्थित एउटा सहर हो। यो सहरको उत्तर र पूर्वमा सान फ्रान्सिस्को खाडी, दक्षिणमा इस्ट पालो अल्टो, पालो अल्टो र स्ट्यानफोर्ड त्यस्तै पश्चिममा एथर्टन, उत्तर फेयर ओक्स र रेडवुड सहरले यसलाई घेरेको छ। मेन्लो पार्क क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकाको सबैभन्दा शिक्षित सहरहरू मध्येको एक हो। यहाँ बसोबास गर्ने २५ वर्ष भन्दा माथिका ७०% व्यक्तिहरूले स्नातक तह वा सोभन्दा माथिल्लो शिक्षा प्राप्त गरिसकेका छन्। सन् २०१० को संयुक्त राज्य जनगणना अनुसार मेन्लो पार्कको जनसङ्ख्या ३२,०२६ रहेको थियो जुन सन् २०१८ मा आएर ३४,५४९ पुगेको छ। यस सहरमा फेसबुक निगम, गुगल तथा राउन्ड टेबल पिज्जाको व्यावसायिक मुख्यालय रहेको छ।