Back

ⓘ बाङ्ला देश (गीत)




                                     

ⓘ बाङ्ला देश (गीत)

बाङ्ला देश अङ्ग्रेजी सङ्गीतकार जर्ज ह्यारिसनको गीत हो। सन् १९७० को भोला चक्रवात र त्यसपछिको बङ्गलादेश स्वतन्त्रता युद्धको प्रकोप पछि पूर्व पाकिस्तान देश भनेर चिनिने देशका लाखौँ शरणार्थीहरूलाई सचेत गराउन सन् १९७१ जुलाईमा एक साङ्गीतिक सङ्गालो रहित एक एकलको रूपमा जारी गरिएको थियो। ह्यारिसनले उनको बङ्गाली साथी रवि शङ्करबाट प्रेरित हुँदै यस गीत रचेका थिए भने दुःखकष्टलाई कम गर्ने प्रयासमा शङ्करले ह्यारिसनसँग सम्पर्क गरेका थिए। "बाङ्ला देश"लाई सङ्गीत इतिहासको सबैभन्दा कडा सामाजिक कथनहरूको रूपमा वर्णन गरिएको थियो भने विश्वभरीमा नवोदित राष्ट्रको नाम स्थापित गरेर बङ्गलादेशको स्वतन्त्रताका लागि अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न मद्दत पुगेको थियो। सन् २००५ मा संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानले बङ्गलादेशको सङ्कटलाई निजीकृत गर्नमा गीतको सफलता पहिचान गरेका थिए जसमा उनले शङ्करले सहयोगको लागि गरेको अनुरोधको भावनात्मक वर्णन गरेका थिए।

"बाङ्ला देश" बेलायती साङ्गीतिक समूह द बिटल्सको विघटन पश्चात् एक एकल कलाकारको रूपमा ह्यारिसनको लोकप्रियतालाई थप उचाइ दिन सफल भएको थियो भने प्रशंसाले उनको सन् १९७० को साङ्गीतिक सङ्गालो अल थिङ्स मस्ट पासलाई बहन गरेको थियो। यस पप सङ्गीतको ह्यारिसनको बङ्गलादेशका लागि राहत सङ्कलन गर्ने पहिलो गीत बनेको थियो। बङ्गलादेशका लागि ह्यारिसनद्वारा प्रायोजित साङ्गीतिक कार्यक्रमको केही दिन पहिला अमेरिकाको न्युयोर्क स्थित म्याडिसन स्क्वायर गार्डेनमा उनले यसको प्रस्तुति दिएका थिए। यस गीत युरोपका कयौँ मुलुक तथा बेलायतमा शीर्ष दशमा पर्न सफल भएको थियो भने यो गीत बिलबोर्ड हट १०० मा शीर्ष २३ मा पर्न सफल भएको थियो। यस गीतको सह-उत्पादन फिल स्पेक्टरले गरेका थिए भने लियोन रसेल, जिम हर्न, रिङ्गो स्टार जिम केल्टनरको यस गीतमा विशेष योगदान रहेको छ। यस गीतका लागि लस एन्जल्स संस्करणले ह्यारिसनको एकल कार्यकालमा दुई स्थायी सङ्गीत सङ्गठनको सुरुवात केल्टनर र हर्नको साथ चिन्हित गरेको थियो।

ह्यारिसनले सन् १९७१ अगस्ट १ का दिन एरिक क्ल्यापटन र बिली प्रेस्टन जस्ता कलाकारको सहयोगमा युनिसेफ साङ्गीतिक कार्यक्रमको आयोजनामा बाङ्ला देश गीतको प्रस्तुति दिएका थिए। रोलिङ स्टोन पत्रिकामा ह्यारिसनको कानसर्ट फर बङ्गलादेश लाइभ नामक साङ्गीतिक सङ्गालोको समीक्षामा जन ल्यान्डुले यस गीतलाई सङ्गीत समारोहका सबै कार्यक्रम आयोजनाको सबैभन्दा उत्कृष्ट प्रदर्शनको रूपमा उद्धृत गरेका थिए। यस गीतको स्टडियो रिकर्ड सन् १९७६ को द बेस्ट अफ जर्ज ह्यारिसन नामक सङ्कलित साङ्गीतिक सङ्गालोमा सामेल गरिएको थियो जो कि सन् २०१४ भन्दा पहिले गीतको एकमात्र सिडी सार्वजनिक थियो यस गीतको साथ ह्यारिसनको लिभिङ इन द मटिरियल वर्ल्ड इयर्स एप्पल सन् १९६८-७५ मा अतिरिक्त गीतको रूपमा सार्वजनिक गरिएको थियो। पछि यस गीतलाई स्टु फिलिप्स, हलिरिड्ज स्ट्रिङ्स र इटालेली वाद्यवाधक फस्तो पापेत्तीद्वारा संयुक्त रूपमा पुनःपरिवेशन गरिएको थियो।

                                     

1. पृष्ठभूमि

सन् १९७१ तिर ह्यारिसनले अङ्ग्रेजी साङ्गीतिक समूह द बिटल्सका पूर्व सदस्यको रूपमा आफ्नो एकल कार्यकालको स्थापना गरेका थिए। एक महत्त्वपूर्ण हिसाबले द डन अफ इन्डिया म्युजिक इन द इस्टका लेखकले त्यससमय ह्यारिसनले सङ्गीत समुदायमा यस्तो प्रकारको राम्रो कामहरू गरेका थिए भनेर उद्धृत गरेका थिए। सन् १९७० मा आफ्नो अल थिङ्स मस्ट पास नामक एक साङ्गीतिब सङ्गालोलाई पछ्याउँनको साटे ह्यारिसनले उक्त साङ्गीतिक सङ्गालोलाई सफल बनाउन लागि परेका कालाकार तथा सङ्गीतकारको सहयोगका लागि एक महिना बिताएका थिए जसमा सह-निर्माता फिल स्पेक्टर, उनको श्रीमती, रोनी स्पेक्टर जस्ता कलाकारहरू सामेल थिए। ह्यारिसनले एप्पल रिकर्ड्समा प्रस्तावित एकल एल्बमका लागि गीतहरूको आपूर्ति गरेका। यसमा रिङ्गो स्टारको "इट्स डोन्ट कम इजी" नामक एक एकल गीतलाई उनले मार्च १९७० मा गीतका लागि मूल सत्र पश्चात् तयार गर्दै सार्वजनिक गरेका थिए। गायक तथा किबोर्ड वाद्यवादक बबी ह्वाइटकलले अल्पकालिक डेरेक र डोमिनोजको साथमा उनैको नाम रहेको एक साङ्गीतिक सङ्गालो जारी गरेका थिए जसमा ह्यारिसन र एरिक क्लेपटनले वाद्यवादकको भूमिका निर्वाह गरेका थिए भने ग्यारी राइटको फुटप्रिन्ट नामक एक साङ्गीतिक सङ्गालोका गीतहरू निर्माण गर्ने क्रममा ह्यारिसनले उनलाई पनि सहयोग गरेका थिए।

एक अन्य परियोजना रवि शङ्करको हवर्ड वर्थ्स रागा र उनको जीवनीलाई लिएर निर्माण गरिएको थियो जसका लागि एप्पल चलचित्र उद्योगको माध्यमबाट आर्थिक सहयोग र वितरण प्रदान गर्नका लागि ह्यरिसनले अन्तिम समयमा उक्त परियोजनामा कदम राखेका थिए। ह्यारिसनले उक्त गीति सङ्गालमा रिकर्ड निर्माताको रूपबाट पनि काम गरेका थिए। यस परियोजनाको सुरुवात सन् १९७१ को अप्रिलमा भएको थियो भने त्यसको केही समय पश्चात् यस परियोजनालाई पुनः सुचारू गरिएको थियो।

एक बङ्गाली नागरिकको रूपमन जन्मिएका शङ्करले बङ्गलादेशमा बढिरहेको मानवीय सङ्कटको पहिलो वर्षमानै द बिटल्सको पूर्वी घरमा रहँदा खेरी ह्यारिसनको ध्यानाकर्षण गराउन सफल भएका थिए। पहिला पूर्वी पाकिस्तान र त्यसभन्दा पहिला, पूर्व बाङ्ला को रूपमा रहेको हाल बङ्गलादेश राज्यमा सन् १९७० नोभेम्बर १२ का दिन आएको एक चक्रवाती तुफानका कारण हताहत हुनेहरूको सङ्ख्या ३ लाख पुगेको थियो भने उक्त महाचक्रवातले समुद्री तटमा रहेका क्षेत्रहरूलाई मुखय रूपमा बढी प्रभाव पारेको थियो। त्यस समय उक्त राज्य पाकिस्तानको एक हिस्सा भएका कारण पश्चिम पाकिस्तानी सरकारद्वारा सहयोगको अपेक्षा गरिएको थियो तर सत्तारुढ सरकारद्वारा ढिलो चालिएको कदमका कारण उदासीनता छाएको थियो। सत्तारुढ सरकारद्वारा प्रयाप्त कदम नचालिएका कारण सन् १९७१ मार्च २५ का दिन पूर्वी पाकिस्तानलाई एक स्वतन्त्रता प्रदान गर्ने माग गरिएको थियो। यस घोषणाको परिणामस्वरूप खान सरकारको अधिनमा रहेका सेनाहरूद्वारा तत्काल सैन्य कार्वाहीको सुरुवात गरिएको थियो भने त्यसको तीन दिन पश्चात् बङ्गलादेशको स्वतन्त्रता युद्धको सुरुवात भएको थियो। सन् १९७१ जुन १३ सम्ममा नागरिकहरूको व्यवस्थित नरसंहारको विवरण लन्डनको सन्डे टाइम्सका लेखक एन्थोनी मस्करेन्हासको लेख प्रकाशन मार्फत अन्तर्राष्ट्रिय रूपमा देखिन थालिसकेको थियो। उत्तर-पूर्वी भारतमा लाखौँ शरणार्थीहरू सङ्कटमा परेका बेला मुसलधारे वर्षा र गहन बाढी आएका कारण त्यस सङ्कटलाई टार्न र दुःखकष्ट कम गर्न सहयोगका लागि शङ्कर ह्यारिसनसम्म पुगेका थिए।

त्यसको फलस्वरूप ह्यारिसनले "द कन्सर्ट फर बङ्गलादेश" न्यूजर्कको म्यडिासन स्क्वायर गार्डेनमा सन् १९७१ अगस्ट १ का दिन आइतबार आयोजित कार्यक्रममा प्रतिवद्धता जनाएका थिए। छ हप्ताको उन्मत्त गतिविधिको परिणामस्वरूप न्यु योर्क, लस एन्जलस र लन्डनको बीचमा ह्यारिसनले उडान भर्दै अन्य कार्यक्रमहरू पनि गरेका थिए जहाँ अन्य सङ्गीतकारहरू पनि उक्त कार्यक्रमहरूमा सामेल भएका थिए।

                                     

2. लेखन

पाकिस्तानी सेनाद्वारा अपारेशन सार्चलाइट नामक एक सुनियोजित सन्य कार्वाही सुरु गरिनु भन्दा केही अगाडि विदेशी पत्रकारहरूलाई पूर्वी पाकिस्तानबाट निर्वासित गरिएको थियो भने मास्करेन्हासले पहिलो लेख प्रकाशित गरिसकेपछि पश्चिम पाकिस्तानका मुख्य समाचारपत्रहरूले सबै तथ्याङ्कहरूलाई समेट्दै लेख प्रकाशन गर्न हिच्किचाएका कारण ह्यारिसन र शङ्कर चिन्तित बनेका थिए। त्यस वर्षको अप्रिलमा रक्त टेलिग्रामको बावजूद अमेरिकाले खानको सैन्य आक्रमणलाई आर्थिक र हतियारसहित समर्थन गरिरहेको छ भन्ने कुरा बाहिर आएको थियो भने ढाकास्थित अमेरिकी वाणिज्य दूतावासका अधिकारीहरूले अमेरिकी सरकारलाई नैतिक अकिञ्चनता भनि आरोप लगाएका थिए। बङ्गलादेशको स्थितिको बारेमा अधिक जागरूकता पैदा गर्ने आवश्यकतालाई महसुस गर्दै र विशेष रूपबाट भारतको शरणार्थी शिविर हैजा जस्तो खतरनाक महामारीका कारण मानिसहरूको मृत्यु भएपछि ह्यारिसनले छिटै एक गीत तयार पारेका थिए। "बाङ्ला देश" "पियानोमा दश मिनट भित्र लेखिएको थियो। ह्यारिसनले बाङ्ला र देश बीच खाली ठाउँ राखेको पछाडिको तथ्यले पश्‍चिमी समाचारपत्रहरूमा नयाँ देशको नाम अमान्य रूपमा स्वीकार हुन्छ भन्ने कुराको सूचक थियो।

सङ्गीत कार्यक्रमहरूका साथ ह्यारिसनले समस्याको पछाडिको राजनीतिलाई स्पष्ट पार्ने एक विन्दु तयार पारेका थिए। उनको गीतमा प्रयोग गरिएका शब्दहरूले मानवीय परिप्रेक्ष्यलाई ध्यान केन्द्रित गरेको थियो। हालसम्म ब्याडफिङ्गर संस्करणमा भाग लिएका रोनी स्पेक्टरको सुझावमा ह्यारिसनले एक सङ्क्षिप्त कविता वाचन गर्दै उक्त गीतको प्रस्तुति दिएका थिए जहाँ उनले बङ्गलादेशको सङ्कटको बारेमा उनले आफ्नो भनाइ राखेका थिए।

उनले भनेका भनाइहरूले मद्दतका लागि शङ्करको अनुरोधलाई उल्लेख गरेको थियो। लेख्य रूपमा गीतको शेष असङ्गठित सन्देश "हामीले बङ्गलादेशलाई राहत दिनु पर्छ" भन्ने भनाइमा केन्द्रित छ। त्यससमय मुख्यतया बालबालिका तथा जेष्ठ नागरिकहरूका साथ हजारौँ शरणार्थीहरू हैजा तथा खतरनाक सङ्क्रमित रोगका सिकार बनेका थिए।

                                     
  • र जन त क ज वन स र भएक थ य यस वर ष ब ङ ल क तत क ल न म ख यमन त र श र ब ङ ल एक फजल ल हक र पछ ब ङ ल क प रध नमन त र र प क स त नक प रध नमन त र ह स न
  • पत रहर म व श ष प रक प रक श त गर न छ प रत य क वर षक फ ब र अर मह न भर ब ङ ल एक ड म क पर सरम अमर एक श प स तक म ल क आय जन गर न छ बङ गल द श सरक रल
  • गर क थ ए जसम र य जक स थम अभ न त र र म न ल अभ नय गर क थ इन ब ङ ल नववर षक उपलक ष यम न र म त द ई न टकम र य जल अभ न त र त श क स थम अभ नय
  • असहय ग र ख ल फत आन द लनक पर प र क षम प रक श त भएक पत र क क सम प दक श र ब ङ ल आब ल क श म फजल ल हकक सह यत म म र फत नजर लल आफ न न यम त पत रक र त क

Users also searched:

...
...
...