Back

ⓘ भीम ध्वज




भीम ध्वज
                                     

ⓘ भीम ध्वज

भीम ध्वज, निलो ध्वज वा आम्बेडकर ध्वज बौद्ध विहार, दलित सङ्घसंस्था, घर तथा गाडीमा बाबासाहेब आम्बेडकर र नवबौद्धको प्रतीकको रूपमा प्रयोग गरिने निलो रङ्गको झण्डा हो । अशोक चक्र रहेको यस झण्डालाई प्रायः दलित-बहुजन उत्सव, भेटघाट कार्यक्रम तथा परेडमा प्रयोग गरिन्छ । बाबासाहेब आम्बेडकर र बौद्ध धर्मसँग सम्बन्धित प्रायः सबै ठाउँमा यस झण्डाको प्रयोग गरिन्छ । आम्बेडकरले दलित समुदायको हक, अधिकार समानताको निम्ति आफ्नो जीवन समर्पण गरेका हुनाले र निलोलाई समताको रङ्ग मानिने हुनाले भीम ध्वजमा पनि निलो रङ्गको प्रयोग गरिएको हो । निलो रङ्गको यस झण्डालाई आम्बेडकरवादी आन्दोलनमा त्यागको प्रतीक मानिन्छ । झण्डाको मध्य भागमा चक्रवर्ती सम्राट अशोकको बौद्ध धर्मचक्रमा पर्ने सेतो अशोक चक्र राखिएको छ । कुनैकुनै झण्डामा "जय भीम" लेखिएको हुन्छ भने कुनैकुनैमा बाबासाहेब आम्बेडकरको चित्र बनाइएको हुन्छ । यो निलो झण्डा पहिले बाबासाहेब आम्बेडकरको शेड्युल्ड कास्ट्स फेडेरेसनमा मात्रै प्रयोग गरिन्थ्यो । यद्यपि, वर्तमानमा यसले समग्र भारतीय रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्छ । बाबासाहेब आम्बेडकरद्वारा स्थापित समता सैनिक दलमा पनि यस झण्डाको प्रयोग गरिन्छ ।