Back

ⓘ दीनार




दीनार
                                     

ⓘ दीनार

दीनार भूमध्य सागर नजिकैका धेरै देशहरूमा प्रयोग हुने एक प्रमुख मुद्रा इकाई हो। यसको ऐतिहासिक प्रयोग व्यापक रूपमा रहेको छ।.

आधुनिक दिनारको ऐतिहासिक पूर्ववर्तीहरू सुनको दिनार हो जुन मध्यकालीन इस्लामी साम्राज्यको मुख्य सिक्का हो जसलाई खलिफा अबद अल-मलिक इब्न मर्वान इब्न अल-हकमद्वारा ६९६–६९७ ईसापूर्वमा, जारी गरिएको थियो। "दिनार" भन्ने शब्द पुरानो रोमको चाँदीको "देनारिउस" सिक्काबाट आएको थियो"

कुषाण शासन कालमा सुनको सिक्केको वजन ८.०३ ग्राम हुने गरेको थियो भने गुप्त कालमा यसको वजन ९.३३ ग्राम रहेको थियो। यो कुषाणको सिक्काहरूमा आधारित थियो। रोमन रूपमा दीनारको मूल्य करिब साढे चार ग्राम स्वर्णको बराबर थियो। हाल तमाम देश तथा क्षेत्रहरूमा दीनार धातुको मुद्राको विपरीत कागजको नोटहरूको प्रयोग हुने गरेको छ।

                                     

1. इतिहास

दीनार शब्द अरबी अथवा संस्कृत शब्दबाट आएको थियो जसको अर्थ सूवर्णमुद्रा वा असर्फी हुन्छ। मौलिक रूपमा यो शब्द रोमन शब्दबाट आएको थियो र करिब तीन दशक ईसा पू्र्व, स्वर्ण मुद्राको रूपमा यसको रोमन गणतन्त्रमा प्रचलन सुरु भएको थियो। रोमबाट नै देनारिउस अरब क्षेत्रमा दीनारको रूपमा पुगेको थियो।

                                     
  • व क स स चक ङ क  त र ट अम न य एचड आई म न  औ म द र क व त द न र KWD समय क ष त र अन तर र ष ट र य प रम ण क समय AST ग र ष मक ल न  द व प रक श

Users also searched:

...