Back

ⓘ गोरु




गोरु
                                     

ⓘ गोरु

गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । गोरुलाई साँढे पनि भनिन्छ। गोरुको अनुमानित जीवनकाल २० वर्षको हुन्छ। हिन्दु धर्मालम्वीहरूले यस जनावरलाई गोरु तिहारको दिन पूजा गर्ने गर्दछन्। यसको मृत्युपश्चात पनि यसको छालालाई विभिन्न प्रकारको छालाको कामका लागि प्रयोग गरिन्छ । तय पनि गोरु पाल्नुको मुख्य उद्देश्य भनेको चै कृषिकर्मको लागि नै हो । विश्वका धेरै देशहरूमा गोरुको मासु खाइन्छ तर नेपाल तथा अन्य हिन्दु देशहरूमा गोरुको मासु खानुलाई ठुलो पाप मानिन्छ।