Back

ⓘ इजरायल




इजरायल
                                     

ⓘ इजरायल

इजरायल राष्ट्र एउटा दक्षिणपश्चिम एसियामा स्थित देश हो । यो दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा स्थित छ । यसको उत्तरमा लेबनान छ, पूर्वमा सीरिया र जोर्डन छ, भने दक्षिनपश्चिम मा मिश्र छ । इजरायलको वित्तीय केन्द्र प्रविधि केन्द्र तेल अभिभ हुन् । ३२ वटा राज्यले मान्यता दिएको छैन इजरायललाई ।

                                     

1. भूगोल

इजरायल दक्षिण पश्चिम एसिया को एक स्वतन्त्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइनबाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ क्षेत्रफल २०,७०० वर्ग किलोमीटर। यसको राजधानी तेल अभीभ हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा हिब्रु हो।

                                     

2. जनसांख्यिकी

भाषा

इजरायलको दुईवटा आधिकारिक भाषाहरु हिब्रू र अरबी हुन् । हिब्रु मुख्य भाषा हो र अरबी अरबहरूले मात्र बोल्छन् । हिब्रु अरबी स्कूलहरूमा सिकाइएको छ ।

                                     

3. अर्थतन्त्र

प्राकृतिक साधनहरूको अभावमा इजरायल को आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं साना उद्योगहरु मा आश्रित छ। सिंचाई को द्वारा सुकेका क्षेत्रहरु लाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन्‌ १९६८-७० मा १०,५८,००० एकड थियो। तेल अभीभ इजराइलको प्रमुख उद्योगकेन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरूको विकास भएको छ। हाइफा क्षेत्र मा सीमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवं विद्युत्‌ वस्तुहरु का कारखानाहरू छन्। जेरूसेलम हस्तशिल्प एवं मुद्रण उद्योग को लागि विख्यात छ।