Back

ⓘ गुन्साकोट




गुन्साकोट
                                     

ⓘ गुन्साकोट

गुन्साकोट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गुन्साकोट गाविस जिल्ला सदरमुकामबाट उत्तरपश्चिम भेगमा अवस्थित छ। कुल क्षेत्रफल २४.१९ वर्ग किलोमिटर ओगटेको यस गाविस जिल्ला सदरमुकामबाट १० कोष टाढा पर्दछ। गुन्साकोट गाविसको पूर्वमा गोल्चे, पश्चिममा थाम्पालधाप, उत्तरमा थाम्पालकोट र दक्षिणमा भोटेनाम्लाङ गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ जातिको बाक्लो बसोबास छ। वर्षको अधिकांश समय ठण्डा रहने यस गाविसका जनताहरू कृषि तथा पशुपालनमा व्यस्त हुन्छन्। आलु, मकै, कोदो, फापर यस गाविसको प्रमुख कृषिबाली हो।गुन्साकोट गाविसमा उर्जा उत्पादनका लागि हाँडीखोला चौथो लघुजलविद्युत परियोजना तथा सौर्य उर्जाका लागि ४ ओटा SHS जडान गरिएको छ। विसं २०५८ सालको जनगणनामा गुन्साकोट गाविसमा ४१७ घरपरिवार मध्ये कुल जनसङ्ख्या १८५८ थियो।