Back

ⓘ ठूलोपाखर




ठूलोपाखर
                                     

ⓘ ठूलोपाखर

ठूलोपाखर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ठूलोपाखर गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल १५.९१ वर्ग किलोमिटर क्षेत्रफल छ। गाविसको पूर्वमा अत्तरपुर पश्चिममा थुम्पाखार उत्तरमा पेड्कु र दक्षिणमा लिसंखु गाविस पर्दछ। प्राकृतिक सुन्दरताले धनी यस गाविस तौथली थुम अन्तर्गत पर्दछ। ठूलोपाखारमा औसत हावापानी पाइन्छ। गाविसका जनताहरू कृषिमा नोकरी तथा अन्य व्यापार व्यावसाय पेशामा व्यस्थ हुन्छन्। ठूलोपाखारको मख्य कृषिबाली धान गुहँ र मकै हो। तामाङ जातिहरूको बाक्लो बसोबास भएको यस गाविस अन्य गाविसको तुलनामा विकसित गाविस हो। विसं २०५८ सालको जनगणना अनुसार ठूलो पाखारमा कुल ७५० घरधुरी मध्ये कुल जनसङ्ख्या ३४६४ छ।