Back

ⓘ थकनी




थकनी
                                     

ⓘ थकनी

थकनी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थकनी गाविस जिल्लाको पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकामबाट १० कोष दुरी टाढा भएपनि राजधानी काठमाडौबाट नजीकै पर्दछ। यस गाविसले १९.१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। थकनीको पूर्वमा सिन्धुकोट पश्चिममा काठमाडौ जिल्ला उत्तरमा महांकाल तालामाराङ र दक्षिणमा हैबुङ गाविस पर्दछ। सिन्धु थुम अन्तर्गत यस गाविसमा औसत हावापानी पाइन्छ। गाविसको अधिकांश भूभागमा टारी फाँट भएका कारण यहाँ मानिसहरू व्यावसायीक कृषिमा व्यस्थ हुने गर्दछन्a। व्यावसायीक धान उत्पादन मकै तथा गहुँ उत्पादन यहाँको प्रमुख कृषि उत्पादन हो। यस गाविसमा तामाङ जातिहरूको बाक्लो बसोबास छ। विसं २०५८ सालको जनगणना अनुसार थकनी गाविसमा ७९४ घरपरिवार मध्ये कुल जनसङ्ख्या ३७८८ छ।