Back

ⓘ बरुवा




बरुवा
                                     

ⓘ बरुवा

बरुवा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बरुवा गाविस जिल्लाको मध्य भागमा पर्दछ। जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८ वर्ग किलोमिटर छ। यस गाविको पूर्वमा भोताङ गाविस, थाम्पालकोट गाविस, थाम्पालधाम गाविस, पश्चिममा हेलम्बु गाविस, किउल गाविस, उत्तरमा तिब्बत र दक्षिणमा बाँखर्क गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविमा चिसो हावापानी पाइन्छ। यस गाविसमा तामाङ जातिहरूको बाक्लो बस्ती छ। बरुवाका मानिसहरू कृषिका साथसाथै अन्य नोकरीमा पनि संलग्न छन्। जिल्लाकै सर्वोच्च भन्ज्याङ् गाङ्जाला भन्ज्याङ यस गाविसमा पर्दछ। गाङ्जाला भन्ज्याङ पदयात्राका लागि उपयुक्त स्थलमा पर्दछ। उर्जा उत्पादनमा यस गाविसमा छहरेखोला लघु जलविद्यतु परियोजनाको निर्माण गरिएको छ। यस गाविसमा अमिलो पानीको खानी पनि छ। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्ग पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर १८ थियो। सोही वर्षको जनगणनामा यस गाविसमा कुल ५४४ घरपरिवार मध्ये कुल जनसङ्ख्या २३८६ थियो।