Back

ⓘ गोली




                                               

रिभल्बर

रिभल्बर एक प्रकारको बन्दूक हो जसमा एक घुम्ने सिलिणडरमा गोली हुन्छ। एक गोली चलाउँदा सिलिण्डर आफैं घुम्छ र दोश्रो गोली ब्यारेल को अगाडि आउँछ । रिभल्बरमा सामन्यतया ६ गोली राखिन्छ।

गोली
                                     

ⓘ गोली

गोली नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको पश्चिम भागमा अवस्थित गाउँ विकास समिति हो। गाउँ विकास समितिको नौ वार्ड मध्ये छ वार्ड देखि माथि शेर्पा हरूको बसोबास छ। यहाँ शेर्पा जातिको विशेष गरी गोले जातिको बाहुल्यता रहेको छ। बुढा-पाका हरूको भनाइ अनुसार पहिले पहिले गोलेहरू बसेकाले नै यो ठाउको नाम गोलि रहन गएको हो भन्ने भनाइ छ। गोलीको शिरमा पिके डाँडा छ र पिकेको दक्षिण तर्फको फेदमा टाप्टिङ्ग गाविसा अन्तर्गत पर्ने वाडा नं. 9 दिमिल भन्ने सुन्दर गाउँछ। यो गाउँको नाम शेर्पा भाषामा दिम्बिले भन्छन् भने कसैले दिम्मिले पनि भनेर भन्छ। यसको गाउँदेखी पुर्वमा गोराखानी र दक्षिण तर्फ टाप्टीङ्ग गा. वि. स रहेको छ। यो दुवै गा. वि. सा गोली देखी पुर्व तिर रहेको छ भने पश्चिममा रामेछापको बाम्ती भण्डार दक्षिणमा ओखाल्ढुंगाको रावादोलु,भुसिंगा रहेको छ भने उत्तरमा भकान्जे,बेनी र तामाखानी रहेको छ।

काप्ति,गेप्चुका, मेंदोक्जुंग,कोशिनासा,गोलला,ङऊर्,खारे,बुल्दादा,नाम्खेली आदि