Back

ⓘ बोगटी




                                     

ⓘ बोगटी

बोगटी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली भाषीहरूको थर हो। बोगटी भन्ने थर प्राचीन थर होइन । प्राचीन र मध्यकालमा राज्य शासनको पद ब्रह्मम, बक्शिको विकृत रूपबाट बनेको शब्द बोगटी हो । यो शब्दले नेपाली समाजमा थरको मान्यता पाएको हो । राजदरवारसंग सम्बन्धित पदबाट बनेको थर भएको ले यस पदमा बस्नेहरु बोगटी थरले परिचित भएका हुन् । कालान्तरमा यो पदबाट बनेको थर बिभिन् बर्ग समुदायका जातिहरूले पनि लेख्न थाले जसको कारण फर-फर इतिहास,चिनारी भएका बर्ग समुदायमा यो थर लेख्नेहरु देखिन पुगेका हुन् । नेपालको स्थान अनुसार -फरक पहिचान र मान्यताका बोगटी भेटिन्छन ।

                                     

1. बोगटी थर

नेपालमा ब्राह्मण, ठकुरी, क्षेत्री, वैश्य र शुद्र सम्मनका जातिले बोगटी थर लेखेका छन् । राजदरवारको न्याय प्रशासन हेर्ने राजदरवारमा कार्यगर्ने ले पनि बोगटी थर लेखे । त्यस्तै डोटी बोगटानमा बसोबास

                                     

2. नेपालमा वोगटी थर लेख्नेहरू

नेपालमा वोगटी थर लेख्नेहरूका सम्बन्धमा खोज अनुसन्धान गर्दा डोटी बोगटानका ठकुरी वोगटीहरू बाहेक अन्यत्रका बोगटीहरूले आफूलाई क्षेत्री भन्ने र क्षेत्री जातिसँगै वैवाहिक सम्बन्ध गर्ने गरेको पाईन्छ । तिनका कुलदेवतापनि फरक–फरक छन् । तिनका गोत्रपनि फरक–फरक देखा पर्दछ । जानकारीमा आए अनुसार निम्न तालिकामा वोगटी थर लेख्नेहरूको बसोबास भएको स्थान र गोत्र पहिचान उल्लेख गरिएको छ ।:-

काम, स्थान र पदको आधारमा थर, थरभित्र पनि विविधता स्थान, काम, पद र निगाहाका आधारमा थरबनेका धेरै छन् । भण्डारको कामगर्ने भण्डारी, ज्योतिषि ज्वईसी गर्ने जोशी, रोस्या चुलाको कामगर्ने रोस्यारा, पानीभर्ने पनेरु, फूल टिप्ने फूलारा, पूजाको कामगर्ने पूजारा, पूजारा अन्तरगत ब्राह्मण र क्षेत्री दुवै थरका पाईन्छन् । निरोली बसेका निरौला । लेखनको कामगर्ने लेखक, पाठ वाचन गर्ने पाठक, बेलका रुखमुनि बास बसेको बेलवासे, सापकाटेर सापकोटा, खड्क चलाउँने खड्का, मल्ल युद्ध जित्ने मल्ल, ब्रह्म÷ब्रह्म भनिने प्रधानमन्त्रीको पदमा बस्ने बम, दिल्ली शुल्तानको निगाहाले पाएको शाह शाही पदपी धारण गर्ने शाही र शाह यिनै पदपीबाट बनेका थरहरू यसै प्रकार बनेका हुन्। त्यस्तै विटकर उठाउँनेलाई विष्ट आज अधिकांश विष्ट थरका क्षेत्रीहरू हाम्रो समाजमा छन् । तिनै मध्ये बैतडी क्षेत्रमा बसोवास गर्ने गौतम र कश्यप गोत्रीहरूमै कसैलाई काला विष्ट, गोरा विष्ट भनिन्छ । कठायत र विठारी थरका क्षेत्रीहरू पनि हाल विष्ट थर लेख्न थालेका छन् । यी डोटी गडसेरा क्षेत्रमा छन् । भारद्वाज गोत्री विष्ट डोटी गडसेराको बिसफरामा बस्छन् । यी भारद्वाज गोत्रीय विष्ट आफूलाई ठकुरी भन्दछन् । यस्तै उपल्लो वोगटानमा विष्टको अपुताली खाएर विष्ट बनेको शौनक गोत्रका विष्ट बम पनि छन् । यी पनि आफुलाई ठकुरी मान्दछन् । उपल्लो मुस्ताङमा अहिले पनि विष्ट राजा छन् । वर्तमानमा जिङ्गेप्रवर विष्टलाई त्यहाँका जन्ता आफ्नो राजा ठान्दछन् भने अन्यत्र पनि धेरै गोत्रीय विष्ट थरकाहरू छन् । यिनीहरूका गोत्र अलग–अलग रहेको पाईन्छ तर दार्चुला क्षेत्रमा बसोबास गर्ने सान्डिल्य गोत्रीय विष्ट थरका उपाध्याय ब्राह्मण छन् । तिनीहरू त्यहाँ पूजापाठ तथा जजमानी गर्ने गर्दछन् । अछाममा सान्डिल्य गोत्री रावल छन् । ती क्षेत्री हुन् । रावल पनि कश्यप, शौनक, कौडिन्य, रवि सहितका धेरै गोत्रका छन् । डोटी निरोली र पूर्वमा रहेका भण्डारीहरू भारद्वाज, धनन्जय र मान्डव्य गोत्रीय बाहुन छन् । भण्डारी थरका क्षेत्रीको संख्या पनि हाम्रो समाजमा कम छैन । डोटी, वैतडी, दार्चुला, बाजुरा, बझाँङ्ग देखि डडेल्धुरा सम्ममा क्षेत्री भण्डारीहरू छन् । क्षेत्रीले लेख्ने वोहरा थरका जैसी ब्राह्मण डडेल्धुरामा छन् । यी गर्ग र गौतम गोत्रीय वोहरा जैसी बामन हुन् । डडेल्धुरामा दलित जातिले लेख्ने भूल थर लेख्ने क्षेत्री छन् । हाल यिनीहरू धामी, रावल, मल्ल सहितका अन्य थर लेख्ने गर्दछन् । डोटी फुर्सील गर्खामा पनि भूल जातिका क्षेत्री छन् । यी भूलपनि वर्तमानमा वोगटी थर लेख्छन् ।

==

                                     

3.1. बोगटी भनिनाको कारणहरू पहिलो अवस्था

२२से २४से राज्यको न्यायसँग सम्बन्धित पदमा बस्नेहरूको थर वोगटी बन्यो । यस्तै कोटका कुरा तथा बोझ वोक्ने वोबोक्ने र कोटदरवारबाट कोट÷कोटी हुँदै वो र कोटको एकीकृत शब्द वोकोटबाट वोकोटी तथा वोगटी भएको मानिन्छ । तमामौ नामधारी गोत्र धारी क्षेत्री वोगटीहरूको थर यही अवस्थाबाट वोगटी थरका भएको हो ।

                                     

3.2. बोगटी भनिनाको कारणहरू दोस्रो अवस्था

डोटी जिल्लाको वोगटान सौनम गोत्रका वकाटकी सेनको भूमि हो । यहाँ वकाटकी सेनको बसोबास भएको कारण वकाटकीको वकटान भनियो । वकटानको अपभ्रम्स भएर वोगटान भनिएको हो । कुनै समय वोगटानमा बसोबास भएका र वोगटानबाट विस्थापित भएका जातिहरूले वोगटानको बासिन्दा भएको नाताले वोगटी÷वोकटी भनेर लेखे । जस्तै अछामको अछामी, स्वराडको स्वराडी भने जस्तै वोगटानको वोगटी भनेर लेखेको भेटिन्छ । मालिकालाई कुलदेवता मान्ने वैतडीका भारद्वाज गोत्रीय वोकटी ब्राह्मणको थर भट्ट हो । वोगटानमा बसेको कारण यिनको थर वोकटी भएको छ ।

                                     

3.3. बोगटी भनिनाको कारणहरू तेस्रो अवस्था

तत्कालीन कत्यूरी पाल राज्यकोे प्रधानमन्त्री स्तरिय र न्याय विभागीय पद ब्रह्म वकोटि, ब्रह्मवकोट, बम वकोटिमा नियूक्तभएकाहरूको राज्यको पदबाट थर वोगटी हुन गएको भेटिन्छ । डोटी वोगटानका समैजी कुलदेवता भएकाहरूको थर पाल राज्यकालको ब्रह्मवकोटिबाट वोगटी भएको थर थियो । यो पद लाई कत्यूरी पाल राज्य विजय गरे पश्चात राइका रैका राजाले पनि डोटीमा निरन्तरता दिएका थिए । रैकाले डोटी पाल राज्य विजय गरेपछि डोटी प्रवेश गर्ने पाल राजाको प्रमूख शाखासँग भएको युद्ध पछिको धितधरमसम्झौतामा रहेर पाल राजाका वंशजलाई यो पदमा राखियो र वोगटान क्षेत्र डोटी रैका अधिनस्त राज्यको राजावोगटानको राजा तोकेर पाल राजाका वंशजलाई दिएपछि पालराजाका वंशज कत्युरी नरेश राजा को पनि थर ब्रह्मवकोटि, बमवकोटि हुँदै यसको अपभ्रम्सबाट वोगटी थर बन्यो । डोटी वोगटानका ठकुरीहरू यो तेस्रो अवस्थाबाट थर बनेका ठकुरी वोगटी हुन् । वोगटी र वोगटान क्षेत्रको नाम मिल्न जाने भएका कारण अनुमान लगाउँदै डोटी जिल्लाको वोगटानलाई आफ्नो पूर्खेउली थलो देख्ने वोगटीहरू पनि छन् । डोटी वोगटानक्षेत्र वोगटी थर लेख्ने सबैको पुर्खेउली थलो होईन । डोटी वोगटान क्षेत्र सौनम गोत्रका वकाटकी सेन राजाको वंशज मानिनेहरूको कत्यूरीहरूको कार्तिकेयपुरी राज्यकालको कत्यूरी राज्य अधिनस्त भूमि हो । वकाटकी सेन पश्चात त्यहाँ कत्यूरी पालराजाका वंशजहरु १४ औ शताब्दी तिर आई बसेकाहुन । यी ठकुरी रजवारहरूको प्रतिष्ठा र अवस्था राम्रो देख्नेहरू यी ठकुरीको गोत्र, वंश, कुलदेवता सहितको पहिचानलाई आफुसँग जोड्दै गलत तर्क गर्दै यी सँग आफ्नो सम्बन्ध देखाउँने प्रयासमा लागेकोे भेटिन्छ । यस्ता गलतहरूको कुरासुन्नेहरू अलमलमा पनि पर्दछन । बास्तबमा भन्ने हो भने यिनका हरेक पहिचानलाई केलाउँदा दुध र पानी छुट्टीए जस्तै सहजै छुट्टीन्छ ।



                                     

3.4. बोगटी भनिनाको कारणहरू अन्य

बाजुरामा भोटे जनजातिहरू बोगटी थर लेख्छन् । डडेल्धुरामा गट्टी थरका बैश्यहरु बोगटी थर लेख्छन । अछाममा चलाउने,महता,बटाला जस्ता बैश्यहरु बोगटी थर लेख्छन् । डोटी जिल्लाको तिखातर गाबिस ५ मा बसोबास भएका जेठारा जातिका बैश्येले पनि बोगटी थर लेखेका छन् । डोटी पुर्सिल क्षेत्रमा केही बैश्ये भुल जातिले पनि बोगटी लेखेका छन् । यस्ता धेरै भेटिन्छन् । यसकारण बोगटी थर लेख्ने अनेक थरिका छन् ।

                                     

4. बोगटीले मान्ने विशेष पर्वहरू

बोगटी थर पद, स्थान सहित विभिन्न अवस्थाबाट बनेको एउटा थर भएकोले यसले मान्ने फरक पर्ब,तिहार हुँदैन । बोगटी थर लेख्नेहरु हिन्दु हुन् । यी अन्तर्गत शिव,मस्टो,भगवती, देबी सहितका देवता मान्दछन् । बैतडीका बाहुन बोगटीका देवता मालिका छन् । एक किसिमले भन्ने हो भने नेपालको प्राय अधिकांस जिल्लामा बोगटी लेख्नेहरू बसोबास गर्छन् । हिन्दु धर्म मान्दछन् ।

                                     

5. बोगटी थर लेखनेहरूको वैवाहिक सम्बन्ध

बोगटी थर लेखने बाहुन, ठकुरी,क्षेत्री बैश्य र दलित भएकोले

बाहुन बोगटी:

  • बाहुन बोगटी आफ्नो जात मिल्ने जोशी, भट्ट, पन्त,लेखक,उप्रेती, ओझा सहितका बाहुनसंग विवाह गर्छन ।

ठकुरी बोगटी:

  • ठकुरी बोगटी आफ्नो जात मिल्ने मल्ल, शाही, शाह, सिह, देउवा,चन्द, राठौर सहितकासँग मात्र वैवाहिक सम्बन्ध गर्दछन् ।

क्षेत्री बोगटी:

  • क्षेत्री बोगटीहरू आफ्नो जात मिल्ने खड्का,बिष्ट,कुँवरसँग विवाहगर्छन |

वैश्य जातबाट बोगटी:

  • वैश्य जातबाट बोगटी लेख्नेहरु आफ्नो जात मिल्ने अन्य जातिसँग विवाहगर्छन |

दलित बोगटी:

  • नेपालको पुर्ब झापा तिरका दलित बोगटी तिनको जात मिल्ने अन्य दलितसंग विवाह गर्दछन ।

ब्राहमण, ठकुरी, क्षेत्री,बैश्य र दलितसम्मका फरक-फरक बोगटीहरूको विवाह उनको जात मिल्नेसंग उनको परम्परागत मान्यता अनुसार हुने गर्दछ । यो कुरा थाहा नभएकाहरु सबै एकै हुन् कि भनेर अलमल हुन्छन । बोगटी थर लेखनेहरुका गोत्र देवता, रुप-रंग, स्थान,सामाजीक मान-मर्यादा, स्तर, पुर्खेउली, रहन-सहन, खानपिन, बोलिभाषा, वैवाहिक सम्बन्ध जस्ता मौलिक पहिचानहरु फरक-फरक छन् ।



                                     
  • प ष टबह द र ब गट व क रम सम वत - न प लक र जन त ज ञ तथ प र वमन त र थ ए उन स व ध न सभ न र व चन म न व क ट - ब ट प रत यक ष तर फ एक क त
  • य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न सक न ह न छ ब ब ब गट न प लक पप ग यक ह न
  • ब गट क ट ब गट र ज क क ट ह य प र च न क ट डड ल ध र ज ल ल क ब गट म छ व गट क ट डड ल ध र ज ल ल भ ग श वर ग व स व र ड न - म पर दछ व गट म मल ल
  • ठक र र ठ र म झ घ म र भट ट ग द रथ प गर त ल अध क र भ ड र ख लच न र क व ल ब गट ब ढ थ क प ड स मलद य र बडख र छतक ल बड ल श र ष ठ न व र र जभण ड र
  • वक ट जस ब गट बह द र ब गट रजव र: क त ब गट रजव र: मथ र ब गट रजव र: मह न द र ब गट रजव र: अब रयन ब गट रजव र: न थ ब गट रजव र: परत प ब गट रजव र: प रन
  • घ सप ठ भएक ब गट बम म ह न यस मध य तल ल ब गट न अन तर गतक भ म वर तम न क ल ल ज ल ल म बस ब सभएक रज म ल भन न ब गट बम, च क व ल ब गट रजव र
  • मल ल ब गट रजव र, प ल, स ह, बम बम म हम ल ठक र आद क ष त र हर जस त क वर, ख त ब हर खड क ध म स उ द, ब ष ट, क र क महर महत, ब गट ध न क
  • ब ढ थ क र उत र वत र यम झ ब ह र च ह न र य ब गट बर व ल ड ग र क म ङ गद कटव ल द ल प र यम झ स श ल र यम झ ब ब ब गट प रक श ब ढ थ क रम श ब ढ थ क वर ष र उत
  • प ल स क लब ह म लयन फ टबल क लब v ज वल ख ल य थ क लब ट म v ट म ट म v ट म स म फ इनल व ज त v स म फ इनल व ज त ग ल प रद प ब गट ग ल जन
  • सम त स र व तम स ट जम न मन त रण गर एक थ य म स फ र न डस प न य न स ब गट म स ब य ट फ ल ह यर म र कक षपत म स ग ल य मर र ज ल म म स फ ट ज न क
  • क ष त र ह न ह न छ कर ब घण ट म न ट ल म चलच त रम ग त छ न ब ब ब गट ह मन त ब ढ थ क अर ण क र क सर त ओल म न क इर ल एलप ज श क शव आच र य
  • ज य म र ड म ड ड व स र र जप न श खर, ख र न स मल ल म ड ड क ड ल ब गट ग य ट र, र तम ट र म म ढ द भ नट र, म झग उ प ख ट ल, क ल ख ल ग उ

Users also searched:

...
...
...