Back

ⓘ मुडुला कार्की




                                     

ⓘ मुडुला कार्की

मुडुला कार्की नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर कार्कीको एक कुलघरान हो। यिनीहरू मौदगल्य गोत्रका हुन् ।

                                     

1. पूर्वज

नेपालीहरूले आ आफ्नो वंशावलीको इतिहास संकलनगर्ने क्रममा म्यान्मार बर्मा मा रहेका मुडुला कार्कीहरूको पनि आ आफ्नो वंशेलीइतिहास संकलनगर्ने जमर्को भएको छ । पुर्बकालबाट नै मुडुला कार्कीहरूको वंशको इतिहास लाई विद्वानहरु आ-आफ्नो पबित्र विचार साथै आफ्नो वंशका रहन सहन र रिति स्थिति परम्परागत चलन हरूको प्रमाणसँग प्रस्तुत गरेको पाइन्छ ।

                                     

1.1. पूर्वज मुडुला कार्कीहरूको संक्षिप्त वंश परिचय

नेपालको कर्णाली अञ्चल मुडुली कोटमा मुदगल ऋषिको आश्रम समेत रहेको र कार्की हरूको राज्य रहेको पनि हुंदा मुडुली कोट कार्की भनिन्दा मुडुला कार्की भन्ने चलन रहदैं गयो । मुदगल ऋषिको आश्रम क्षेत्रका सन्तान हुंदा मौदगल्यगोत्र मानिन्छन् हुनत "कार्की" भन्ने सहि अर्थमा-आज्ञामा कारक वा आज्ञापालक-देश मुलुकमा सैनिक क्षेत्रमा सुरक्षा सुव्यवस्थामा आज्ञा दिइनेमा र राजा महाराजाको आज्ञा अनुसार कार्यहरु सैनिक हरूलाई कार्यक्षेत्रमा व्यवस्थित पार्न कुशल ब्यक्तीत्वको नाम नै कारकि अर्थात कार्की हो ।

कार्की राजा धामदेव कार्की मुडुली कोटमा बसि राज्य गरेको प्रमाण पनि छ । मौदगल्य गोत्रलाई पत्तो लगाउंदा मौडाल्यायनबाट (जस्ले २७ नक्षत्र मध्य अभिजित नक्षत्रको खोजगर्ने ऋषि मुडाल हुनाले मौदगल्यायन मुडाल र उन्का सन्तान मौदगल्य भएको हो । प्राचीनकालमा ऋषिमुनिहरु धेरै जसो ब्राह्मण वर्ग र क्षेत्री वर्गमा हुन्थे । वेद विधा पढेर ब्राह्मणको आचरण गर्नेलाई ब्राह्मण र देश सेवाकार्य गर्नेलाई कर्म अनुसार ब्राह्मण क्षत्रीको दर्जा हुने गर्थियो । हुनपनी विश्वामीत्र पैला राजाथिए, पछि तपस्यामा लागेर ब्रह्मऋषि भयपनि, मुदगलका जेठाछोरा इन्द्रसेनलाई पनि ब्रह्मऋषिमा मानिएको छ । यिनीहरूले आंगिरस गुरुकुल पक्ष लिएकाले आंगिरस मुदगला र कण्ठा कुलसँग सम्बन्ध राखेकाले कण्ठामुदगला पनि भनिए, त्यती बेला मातृपक्षको समेत गोत्र वा वंशाको नाममा राखिने गरिन्थियो । ऋगवेद र अथर्व वेदका सुक्तहरु निर्माण कर्ता र गंकुवेदका मुदगल कठ शाखाको ब्याख्याताको रूपमा चर्चित महर्षी मुदगुलका सन्तान चेलामौदगल्य कहलाए । यसरि प्राचीनकालमा पुर्खाको र गुरुको पनि चेलाले गोत्र चलाउन हक हुन्थ्यो । मौदगल्यगोत्रमा-त्रिप्रवरमध्य मौदगल्य, आंगिरस, माम्यवच्चेती त्रिप्रवरहरू हुन । मौदगल्य गोत्रि मुडुला कार्कीहरु आजको युग सम्म ताकाधारी झरा क्षत्री अर्थात असली क्षेत्रीमा मानिन्छन् । त्यती बेलाबाट नै कार्कीहरु शिवपच्चायन मान्ने, कुलपुजा गर्ने तुलसीको बोट नलगाउने, एकादशी हरिबोधनी नमान्ने, तिहारमा गाई नपुज्ने, सहि झरा क्षत्री र ब्राह्मण बाहेक अरुले पकाएको नखाने, विहे गरेर गएका चेलीहरूले मात्र पकाएको सेल र खिर खाने झरा क्षत्री बाहेक अरु क्षेत्रीहरूलाई आफ्ना चेलीनदिने, सतीजाने प्रथा स्वीकार नगर्ने जस्ता चलनहरूमा पनि दीर्घकाल सम्म कहरता देखिन्थ्यो ।

यस्को पछि कुनै न कुनै रहस्य रहेको प्रमाणिक कथा बताउँछन । मुडुला कार्कीहरुका संगोत्रिमा पर्ने हरूमा कोइराला, उप्रेती, तिम्ल्सिना, बेल्काणिहरू प्रवर मिल्ने संगोत्रि हुन । थरले जातिका स्थान क्षेत्र या कर्म विशेष र गोत्रले ऋषि कुलको परिचय दिन्छ । यसरी नै आफ्ना संगोत्रिहरू पनि अलग स्थान अलग्गै कर्मले गर्दा थरहरू फेरिएका हुन्छन् । मुडुला कार्कीहरु प्रायसो क्षत्री कर्ममा निपुण हुने हुँदा आदिकाल देखिनै साहसी, इमानदार, सुशील, निर्भीक न्यायप्रेमी परोपकारी आदि कार्यले कुलीन मानिन्छन् ।

                                     
  • र खल क र क ल म क र क स त र क र क म ड ल क र क ख ल ल क र क खपतर क र क र म क र क स ज पत क र क ग द र क र क आद क र क हर क
  • धर म वलम ब हर क ग त र ह न प लम बस ब स गर न क इर ल ल म क र क क इ क ल, म ड ल क र क उप र त स खड ब ल क ण म न ल, ग र थ क त म स न त मल स न
  • ग त र म द गल य ग त र ह स थ न प लम बस ब स गर न क इर ल क इ क ल, म ड ल क र क उप र त ब ल क ण त म स न त मल स न ब ल ब स र बग ल म द गल य ग त र
  • ल य एक ल प ठम ब र आउन र जक म रक न म आनन द भएक ल आनन द र ज क स थम म ड ल क र क र च ल तथ प ड लहर पन आएक क म बदन त छ व स त र आनन दवम स ल प र
  • बन ध ठ ड र ई अध क र बन ध क श यप ग त र य अध क र बन ध फ यल बन ध म ड ल क र क बन ध च प ग ई बम ध ल म छ न बस न त बन ध च मर य बन ध क इर ल
  • मन - म दगल य त म स न त मल स न क इर ल उप र त म ड ल क र क र म क र क क इक ल, स खड ब लक ड यज ञवल क य - ल ख त - वत स
  • म ण डव य व श व म त र म दगल य त म स न त मल स न क ईर ल उप र त क र क म ड ल ख ल ल ल म क ल क ट थ प उप र त क ईक ल स खड ब ल क ण प रवर
  • म ण डव य व श व म त र म दगल य त म स न त मल स न क ईर ल उप र त क र क म ड ल ख ल ल ल म क ल क ट थ प उप र त क ईक ल स खड ब ल क ण प रवर

Users also searched:

...
...
...