Back

ⓘ अर्थशास्त्र




                                               

बार्हस्पत्य अर्थशास्त्र

बृहस्पतिको पद भनेको देवगुरु हो । ऋग्वेदमा बृहस्पतिलाई सुन्दर तथा सुविधा सम्पन्न सुनको महलमा निवास गर्ने भनिएको छ । उनको क्षेत्रलाई प्रभास भनिन्छ । महाभारतमा बृहस्पतिलाई महर्षि अंगिराका पुत्र भनिएको छ । गुरु बृहस्पतिको रचनालाई बार्हस्पत्य अर्थशास्त्र भनिन्छ । काणेले बार्हस्पत्य अर्थशास्त्रको रचना काल वि.पू. ३०० देखि ५०० वि.पू.अनुमान गरेका छन् । तर हाल यो ग्रन्थ प्राप्त छैन बृहस्पति अर्थसूत्र नामको एक सानो सङ्कलन पाइन्छ । यसका सम्पादक र संकलक एफ डब्लु थोमसले छैठौं वा सातौँ शताब्दीको ग्रन्थ हुनपर्ने सम्भावना व्यक्त गरेका छन् । पं. जयदेवले बृहस्पति सूत्रको रचना कालिदासभन्दा पूर्व हुनुपर्ने तर् ...

                                               

नारद स्मृति

नारदलाई देवर्षि भनिन्छ । भागवतमा उनलाई दासीपुत्र बताइएको छ । यसको अर्थ के हो भने उनकी आमा कुनै धनी व्यक्तिको घरकी सेविका थिइन् । त्यस घरमा सधैं ऋषिमुनिहरूको आवत जावत भइरहन्थ्यो । चार वर्षको बालक नारद उनीहरूका कुरामा रमाउंथे । एक रात सर्पदंशले उनकी आमाको मृत्यु हुन गयो । दासीको मत्यु भएपछि सानो बालक नारदको त्यस घरमा काम भएन । उनले मालिकको घर छोडेर खुल्ला संसारमा हिंडे । महाभारतमा बताए अनुसार– देवर्षि नारद वेद र उपनिषद्का मर्मज्ञ, देवताहरुद्वारा सम्मानित, इतिहास पुराणका विशेषज्ञ, न्याय र धर्मका तत्त्वज्ञ, शिक्षा, व्याकरण, आयुर्वेद, ज्योतिषका विद्वान, संगीत विशारद, प्रभावशाली वक्ता, नीतिज्ञ, ...

                                               

चिरसम्मत अर्थशास्त्र

क्लासिकल अर्थशास्त्रलाई संस्थापित, प्रतिष्ठित, वा शास्त्रीय सम्प्रदाय भनिन्छ । एडम स्मिथ, रिकार्डो, माल्थस, जे एस मिल यस सम्प्रदायका प्रमुख अर्थशास्त्रीहरु हुन् ।

                                               

सर्वहारा

सर्वहारा समाजशास्त्र, राजनीति, र अर्थशास्त्र मा समाजको तल्ल्लो श्रेणिको मानिसलाई भनिन्छ, जो अक्सर शारीरिक श्रमबाट जिविका चलाउंँछन्। औद्योगिक समाजमा प्रायः कारखानामा काम गर्ने मजदुरहरूलाई प्रोलिटेरियट​ भनिन्थ्यो तर कहिलेकाँही किसानहरू र अन्य कडा परिश्रम गर्ने व्यक्तिहरू पनि यसमा सामेल थिए।

                                               

दुर्गा घिमिरे

दुर्गा घिमिरे एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ । सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आर्ट्समा मास्टर्स र कानुनमा ब्याचलर गर्नुभएको छ । वहाँ नेपालीको प्रख्यात लेखक र राजनीतिक विश्लेषक स्वर्गीय जगदीश घिमिरेको श्रीमती हुनुहुन्छ ।

                                               

कम्पनी सचिव

कम्पनि ऐन २०६३ को दफा १८५ अनुसार एक करोड रुपैया वा सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्नु पर्ने कानुनि व्यवस्था छ । सम्बन्धित कम्पनीको सञ्चालक त्यस्तो कम्पनीको सचिवको रूपमा नियुक्त हुन सक्ने छैन ।

                                               

वीर दास

वीर दास एक भारतीय बॉलीवुड फ़िल्म अभिनेता र हास्य अभिनेता हुन् । उनले झुम र जी खेलकुद जस्ता च्यानलहरूमा हास्य शोहरूका लागि टिभी होस्टको रूपमा पनि काम गरेको छन् । भारतमा एक लोकप्रिय हास्य अभिनेताले धेरै वर्ष काम गरेका वीरले केवल कमेडी क्षेत्रमा मात्र नभएर अभिनयमा पनि उनको केहि हिट फिलिमहरूमा तारांकित भएको छ जसमा नमस्ते लन्डन र देल्ही बेली छन् ।

                                               

२०१० फिफा विश्वकप

चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून स्थानीय समय अनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका र मेक्सिको बीचको खेलबाट १९औं विश्वकप फुटबलको साइत भयो । पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो । ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महाकुम्भलाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो । अफ्रिकी सपना ...

                                               

पेद्रो सान्चेज

पेद्रो सान्चेज Pedro Sánchez Pérez-Castejón (स्पेनी उच्चारण: सन् २०१४ मा स्पेनको स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए। बेल्जियमबाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदको सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए। सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ। उनी समाजवादी पीएसओई दलको नेतृत्व ...

                                               

वरुण धवन

वरुण धवन) एक भारतीय अभिनेता हुन् जसले हिंदी फिल्महरूमा काम गर्छन्। २०१४ पछि उनले फोर्ब्स इन्डियाको सेलिब्रिटी १०० सूचीमा भाग लिएका थिए। उनी फिल्म नभेदम धवनबाट जन्मेका थिए उनले नटिंघम ट्रेन्ट युनिभर्सिटीबाट व्यवसाय व्यवस्थापनको अध्ययन गरे, जुन पछि उनले करण जोहरका सहायक निर्देशकको रूपमा काम गरे। २०१० को ड्रामा माई नेम इज खान । धवनले २०१२ मा जोहारको किशोर नाटक स्टूडेंट अफ द ईयर बाट अभिनयको शुरुआत गरे। उनी रोमान्टिक हास्य फिल्म मे तेरा हीरो २०१४, हम्प्टी शर्मा की दुल्हनिया २०१४, र बद्रीनाथ की दुल्हनिया २०१७ मा अभिनय गर्ने भूमिकाका साथ प्रख्यात भए; एक्शन कमेडीहरू दिलवाले २०१५, डिशूम २०१६, र जुड ...

                                               

बिलबोर्ड (पत्रिका)

बिलबोर्ड एक अमेरिकी मनोरञ्जन मिडिया ब्रान्ड हो जुन बिलबोर्ड हलिउड रिपोर्टर मिडिया समूहको स्वामित्वमा रहेको छ जुन एलड्रिज उद्योगको एक विभाजन हो। यसले समाचार, भिडियो, विचार, समीक्षा, घटना, र शैली समावेश गरिएका टुक्राहरू प्रकाशित गर्ने गर्दछ। बिलबोर्ड हट १०० र बिलबोर्ड २०० गरी यो सङ्गीत चार्टहरूको लागि पनि जानिन्छ जसले विभिन्न किसिमका सबैभन्दा लोकप्रिय गीत र एल्बमहरूलाई पछ्याउने काम गर्दछ। यसले कार्यक्रमहरूको आयोजना गर्दछ, एक प्रकाशन फर्मको स्वामित्व गरेको छ र धेरै टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दछ। बिलबोर्डको स्थापना सन् १८९४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनले रसिदका पोस्टरहरूका लागि ...

                                               

भारद्वाज ऋषि

भारद्वाज हिन्दुहरुका एक महान ऋषि हुन्। भरद्वाज प्रसिद्ध सप्तर्षिमध्केका एक ऋषि हुन् । तैतित्तरीय ब्राहण भन्ने ग्रन्थमा उल्लेख भएअनुसार उनी वेदहरुका पूर्ण ज्ञाता बन्न चाहन्थे । यसको लागि उनले परिश्रम गरिरहेका थिए, किनतु वेदको पार पाउन कठिन भइरहेको थियो । त्यसपछि उनले इन्द्रको तपस्या गरेर एकएक सयका दरले तीनपटक सम्म वेदको अथ्ययन गर्ने वरदान पाएका थिए । तीनसय वर्षको आयु थप पाउँदा पनि वेदहरूको पूर्ण ज्ञान गर्ने सफलता प्राप्त भएको थिएन । यिनी उद्विग्न र निराश भएर बसेको बेलामा देवराज इन्द्र थिनका अगाडि प्रकट । अनि उनले गगनचुम्बी तीन पर्वत थिनका लगअडि खडा गराए । ती पहाडमध्येबाट एक मुठी चम्किलो बस् ...

                                               

फिफा विश्वकप - २०१० को अर्थशास्त्र

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ले १९औँ विश्वकप को आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो| एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र ...

                                               

कृत्रिम बौद्धिकता

कम्प्युटर विज्ञानमा, कृत्रिम बौद्धिकता, कहिलेकाहीं यान्त्रिक बुद्धि भनिन्छ, मानव वा जनावरले प्रदर्शन गर्ने प्राकृतिक बुद्धि को विपरित यन्त्र मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो। अग्रणी एआई पाठ्यपुस्तकहरूले यस क्षेत्रलाई बौद्धिक एजेन्ट को अध्ययनको रूपमा परिभाषित गर्दछ: कुनै पनि उपकरण जसले आफ्नो वातावरणलाई बुझ्दछ र कार्यहरू लिन्छ जुन यसका लक्ष्यहरू सफलतापूर्वक प्राप्त गर्ने सम्भावना अधिकतम पार्दछ। बोलचालको रूपमा "कृत्रिम बौद्धिकता" भन्ने शव्द प्रायः मेशिनहरू लाई वर्णन गर्न प्रयोग गरिन्छ जुन "संज्ञानात्मक" कार्यहरूको नक्कल गर्दछ जसलाई "शिक्षा" र "समस्या समाधान" जस्ता मानव दिमागसँग जोड्दछ ।

                                               

प्युडिपाई

फेलिक्स आर्भिद उल्फ सेलबर्ग स्वीडेनी, इन्टरनेट मञ्चमा प्युडिपाई को रूपमा परिचित, इङ्ल्यान्डमा आधारित एक स्विडेनी युट्युब व्यक्तित्व, हास्य कलाकार, टिप्पणीकार, र समाजसेवी हुन् जो प्राथमिक रूपमा हास्यप्रधान कार्यक्रम तथा खेलहरूमा टिप्पणीकारको रूपमा परिचित छन्। सन् २०१० मा उनको उपनाममा युट्युब च्यानल दर्ता गरेपछि, सेल्बुर्गले मुख्य रूपबाट त्रासपूर्ण र कार्यप्रधान भिडिओ खेलहरूका लागि टिप्पणी समाविष्ट चलदृश्यहरू आफ्नो खाता मार्फत सार्वजनिक गर्दथे। उनको च्यानलले अर्को दुई वर्षमा लोकप्रियतामा उल्लेखनीय बृद्धि हासिल गरेको थियो र जुलाई २०१२ मा उनको च्यानलका सदस्यहरू सङ्ख्या १० लाख पुगेको थियो। समय ...

                                               

ज्याक मा

मा यूं, व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।

                                               

विद्युत नियमन आयोग (नेपाल)

विद्युतको उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न आयोगले प्राविधिक व्यवस्थापनको लागि कार्यहरू गर्छ – राष्ट्रिय विद्युत प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड बनाई लागू गर्ने । विद्युत सेवा सम्बन्धी ग्रिड संहिता र वितरण संहिता बनाई कार्यान्वयन तथा त्यसको अनुगमन गर्ने । विद्युत सेवा बन्द गर्न सक्ने अवस्था, त्यसको आधार प्राथमिकता निर्धारण गर्ने । विद्युत सेवाको आन्तरिक माग तथा आपूर्तिको लागि न्यूनतम लागत विस्तार कार्य योजना बनाई कार्यान्वयन गर्ने वा गर्न लगाउने। विद्युत प्रणाली सञ्चालकको दायित्व निर्धारण गरी कार्यान्वयनको अनुगमन गर्ने । विद्युत सेवाको सञ्च ...

                                               

स्तिना ब्ल्याकस्तेनिउस

एमा स्तिना ब्ल्याकस्तेनिउस, स्विडेनकी महिला फुटबल खेलाडी हुन्। उनी हाल स्विडेन महिला राष्ट्रिय टोली र दमल्सेभेन्स्कनको क्लब लिङ्सपिङ फुटबल क्लबका लागि अग्रपङ्क्तिको भूमिकामा मैदान उत्रने गर्दछिन्। उनले सन् २०११ देखि उनको गृह क्लब भद्स्तीना जिआइएफका लागि फुटबल खेल्न सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा उक्त क्लब छोडि दमल्सेभेन्स्कनको उच्च प्रदर्शन गर्ने लिङ्सपिङ फुटबल क्लमा भित्रिएकी थिइन्। उनले सन् २०१६ मा, लिङ्सपिङको साथ ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् जुन क्लबको दोस्रो स्वर्ण पदक रहेको थियो। ब्ल्याकस्तेनिउसले स्भेन्सा कुपेनमा तीन पटक फाइनल खेल खेलिसकेकी छिन् भने ज ...

अर्थशास्त्र
                                     

ⓘ अर्थशास्त्र

अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक विषय हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन् । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्ने शास्त्र भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । तर पनि अठारौ" शताब्दीभर यस विषयको नाम राजनीतिक अर्थशास्त्र नै रह्यो । उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसंग बहुधा कुनै सम्बन्ध हुँदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने । यसरी वेल्थ अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई बीसौ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो । यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ तर उनी आफैंले भने राजनीतिक अर्थशास्त्र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन् ।

                                     

1. अर्थशास्त्रको शोध प्रस्ताव

शोध अनुसन्धानको प्रारम्भिक कार्य शोध प्रस्ताव प्रस्तुत गर्नु हो । यात्रा सुरु गर्नेले यात्राको संभावित विवरण तयार गरे जस्तै हो शोध प्रस्ताव । यो प्रस्ताव तोकिएको निकायले विधिवत् स्वीकृत गरेपछि मात्र शोध अनुसन्धानको वास्तविक कार्य सुरु हुन्छ । त्यसैले शोधको प्रारम्भिक बिन्दु शोध प्रस्ताव हो भन्न सकिन्छ । त्यसका विभिन्न भागहरू आपसमा अन्तर्सम्बन्धित हुन्छन् । शोध प्रस्ताव तयार गर्दा शोध समस्याको संक्षिप्त परिचय, सम्भावित शोध समस्याको संक्षिप्त कथन, शोधका सम्भावित उद्देश्य, प्राक्कल्पना, पूर्वकार्यको संक्षिप्त समीक्षा, शोध विधि, शोधकार्यको औचित्य वा महत्त्व, शोध सीमाहरु, लागत, र समयावधि उल्लेख गर्न सकिन्छ । हुनत, शैक्षिक शोधमा समयावधि र लागत शीर्षक आवश्यक हुँदैन तर सरकारी, गैर सरकारी अनुसन्धान र लघु अनुसन्धानहरूमा भने यसलाई अनिवार्यतः उल्लेख गर्नु पर्ने प्रावधान हुन्छ । यी सबै विषय वस्तुलाई केवल तीन भागमा विभाजन गर्न सकिन्छ–

                                     

1.1. अर्थशास्त्रको शोध प्रस्ताव मूल भाग

  • प्रस्तावित शोध समस्या
  • प्रस्तावित शोध विधि,
  • शोध प्रबन्धको सम्भावित रुपरेखा अध्याय विभाजन,
  • प्रस्तावित शोधको परिचय
  • साहित्यको संक्षिप्त अवलोकन
                                     

1.2. अर्थशास्त्रको शोध प्रस्ताव अन्तिम भाग

सन्दर्भ ग्रन्थ सूची यस भागको महत्त्वपूर्ण सामग्री हो । यस बाहेक परिशिष्ट, अनुक्रमणिका, चित्र वा अन्य सामग्री पनि राख्न सकिन्छ ।

                                     

1.3. अर्थशास्त्रको शोध प्रस्ताव त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्ताव

त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्तावमा निम्नलिखित पांच मुख्य विषय वस्तु स्पष्ट गरिएको हुनु पर्छ–

  • सन्दर्भ ग्रन्थ
  • शीर्षक छनौट,
  • समस्याको पहिचान,
  • सम्बन्धित साहित्यको समीक्षा,
  • शोध विधि,
                                     

2. अर्थ शब्दका पर्यायवाची

नेपालीमा भनिने अर्थशास्त्र अङ्ग्रेजीको इकानोमिक्समा थोरै अन्तर छ । नेपाली विषय अर्थशास्त्र संस्कृत अर्थशास्त्रबाट व्युत्पन्न हो । यस शब्दको पहिलो प्रयोग कौटल्यले गरेका हुन् । अमरकोशमा अर्थ शब्दका १३ वटा पर्यायवाची दिइएको छ– द्रव्य बहुमूल्य पदार्थ, वित्त आय स्रोत, स्वापतेय व्यक्तिगत धन, रिक्थ उत्तराधिकारमा पाएको धन, ऋक्थ प्रभाव, धन आर्थिक वस्तु, वसु मूल्यवान्, असल, हिरण्य सुन र सुनले बनेको, द्रविण बल, सार, द्युम्न, अर्थ तात्पर्य, रा शान, शौकत, विभव सम्पन्नता । तर आधुनिक अर्थशास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–

  • धन, सम्पत्ति, ऐश्वर्य,
  • मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चाँदी आदि,
  • मूल्य निर्धारित द्रव्य ।
  • विनिमयको माध्यम,

संक्षेपमा, अर्थशास्त्र एक सामाजिक विज्ञान हो जस अन्तर्गत वस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोग, देशको आर्थिक विकास र मानिसको आर्थिक कल्याणबारेको अध्ययन गरिन्छ। हुनत, अर्थशास्त्र एक आधुनिक विषयको रूपमा चिनिन्छ, तर कौटिल्य, शुक्र आदि प्राच्य विचारकहरूले अर्थशास्त्र विषयलाई परिभाषित गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने यो विषय प्राचीनकालमा पनि विकसित थियो तर त्यसको स्वरुप भने प्राचीनकालमा केही फरक थियो । प्राचीन चिन्तकहरूमध्ये अरिस्टोटलको समकालीन विचारक कौटिल्यले अर्थशास्त्र नाम गरेको विशाल ग्रन्थ नै रचना गरेका छन् । उनले आफ्नो ग्रन्थमा अर्थशास्त्रका दुई जना प्राचीन आचार्य शुक्र बृहस्पतिको उल्लेख गरेका छन् ।



                                     

3. अर्थशास्त्रको परिभाषा–कौटिलीय

कौटिलीय अर्थशास्त्रमा ‘मनुष्याणां वृत्तिरर्थः भनेर मानिसहरूको वृत्तिलाई पनि अर्थ भनिएको छ । कौटिलीय परिभाषामा प्रयोग गरिएको शब्द पालनले केवल रक्षा भन्ने अर्थ व्यक्त गर्दैन यसको अर्थ होे सतत वृद्धि । यसका साथै ‘मनुष्यवती भूमिरित्यर्थः भनेर श्रमको उत्पादकतालाई आर्थिक सम्पन्नताको बलियो आधार मानिएको छ । श्रमको उत्पादकतामा वृद्धि हुनु भनेको एकातिर उत्पादनको स्तरमा वृद्धि हुनु हो भने अर्कोतिर स्वयं श्रमिकको आयमा पनि वृद्धि हुनु हो ।

कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र शब्दलाई फरक अनुवाद गरेको पाइन्छ । डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन, ए एल बैशमले अ ट्रीटाइज अन् पोलिटी, जी पी सिंहले अ साइन्स अफ् पोलिटि, रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर, रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी, हेनरिक जिम्मरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार अनुवाद गरेका छन् । आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स तथा अर्थशास्त्री अमत्र्य सेनले इन्स्ट्रक्शन्स अन् मेटेरियल प्रोस्पेरिटी भनी अनुवाद गरेका छन् । यस सम्बन्धमा अर्थशास्त्रीहरू सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको अंग्रेजी रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पनाभन्दा निकै विस्तृत र प्राचीन छ । अर्थशास्त्री बोकाडेका अनुसार, आर्थिक विचारधाराको इतिहासमा कौटिलीय र शुक्रकृत परिभाषा सबभन्दा पुराना र प्रथम दुइ परिभाषाहरू हुन् । कौटिलीय परिभाषा अर्थशास्त्रको मौलिक स्वरूपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थशास्त्रका जुन परिभाषा छन् तिनीहरु आधुनिक अर्थशास्त्र विषय अनुरुप छन् । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।

अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो ।

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्–

  • मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो ।
  • यसका साथै त्यसका वृद्धिका उपायहरू पनि व्याख्या गरिन्छ ।
  • अर्थशास्त्रमा विभिन्न स्रोतबाट प्रात गर्ने प्रतिफलको अध्ययन गरिन्छ ।
  • कृषिका लागि प्रयोग गरिने तथा मानिसहरू बसोबास गरिएको भूमि व्यक्ति र राज्यका आयको स्रोत हो ।


                                     

4. अर्थशास्त्रको परिभाषा– शुक्र

शुक्रनीति ग्रन्थमा अर्थशास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ श्रुतिस्मृत्यविरोधेन राजवृत्तादिशासनम् ।

सुयुक्त्यार्थार्जनं यत्र ह्यर्थशास्त्रं तदुच्यते ।।

अर्थ– वेद र स्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो ।

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्:-

  • अर्थशास्त्र राजकीय प्रशासनसंग पनि सम्बन्धित छ ।
  • परम्परागत ज्ञान वेद तथा प्रचलित कानुन स्मृति मा विरोध नपर्ने गरी आर्थिक क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
  • अर्थशास्त्र मानवीय व्यवहारको अध्ययन हो ।
  • आदर्शतम स्तरको उत्पादन प्राप्त हुने गरी क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।

यस प्रकार शुक्रको परिभाषाले युक्तिपूर्वक आदर्शतम उत्पादन गर्न जोड दिएको छ ।

                                     

5. अर्थशास्त्रका आधुनिक परिभाषाहरू

अर्थशास्त्र विषयका परिभााषाहरूलाई सर्वप्रथम फ्रेजरले वर्गीकरण गरेका हुन् । रबिन्सले परिभाषाको आधुनिकीकरण गरे पछि परिभाषाहरूलाई तीन भागमा विभाजन गर्ने प्रचलन सुरु भयो– १. धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक २. भौतिक कल्याण सम्बन्धी परिभाषा– अलफ्रेड मार्शल र उनका समर्थक ३. दुर्लभता सम्बन्धी परिभाषा– लियोनल चाल्र्स रबिन्स र उनका समर्थक

                                     

5.1. अर्थशास्त्रका आधुनिक परिभाषाहरू १.धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक

एडम स्मिथ सन् १७२३–१७९० र उनका अनुयायीहरु- जे बी से, एफ ए वाकर, जे एस मिल इत्यादिले अर्थशास्त्रलाई धनको विज्ञान मानेका छन् । स्मिथका प्रसिद्ध अनुयायी एवं आफ्नो युगका एक महान् शास्त्रीय क्लासीकल अर्थशास्त्री जे एस मिलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– अर्थशास्त्रले धनको प्रकृति तथा त्यसको उत्पादन र वितरणका नियमहरू, जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ती सबै कारणहरूका प्रभावहरू पनि समावेश छ । यसबाट मनुष्य जाति वा कुनै मानव समाजको समृद्धिमा वृद्धि वा कमीको अध्ययन गर्दछ ।

                                     

5.2. अर्थशास्त्रका आधुनिक परिभाषाहरू २.भौतिक कल्याण सम्बन्धी परिभाषा– मार्शल र उनका समर्थक

मार्शलसन् १८४२–१९२४को परिभाषालाई आधुनिक परिभाषा भनिन्छ । मार्शलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– ‘राजनीतिक अर्थव्यवस्था वा अर्थशास्त्र सामान्य जीवनका व्यावसायिक क्रियाकलापको अध्ययन हो । यसले व्यक्ति र मानव समाजका क्रियाकलापको त्यस भागको विश्लेषण गर्दछ, जुन भौतिक कल्याणका साधनको प्राप्ति र त्यसको उपयोगस" ग घनिष्ठरूपमा सम्बद्ध छ । पीगू, क्यानन, पेन्सन इत्यादिले यस परिभाषाको समर्थन गरेका छन् । आज पनि आदर्शवादी अर्थशास्त्रका समर्थकहरूले यस परिभाषालाई उचित ठान्दछन् । मार्शलको परिभाषाका विशेषता यस प्रकार छन्–

  • मानिसको सामान्य क्रियाकलाप नै जीविकोपार्जनको आधार हो ।
  • यो भौतिक कल्याणका साधनसँग सम्बन्धित छ ।
  • अर्थशास्त्र सामाजिक व्यक्तिका क्रियाकलापको अध्ययन हो ।
                                     

5.3. अर्थशास्त्रका आधुनिक परिभाषाहरू ३.दुर्लभता सम्बन्धी परिभाषा– रबिन्स र उनका समर्थक

चार्ल्स लियोनेल रबिन्स सन् १८९८–१९८४ ले दिएको परिभाषालाई अर्थशास्त्रको आधुनिक परिभाषा मानिन्छ । यस अनुसार– अर्थशास्त्र त्यो विज्ञान हो जसमा अनन्त आवश्यकता र वैकल्पिक प्रयोग हुने दुर्लभ साधन बीच मानवीय व्यवहारको अध्ययन गरिन्छ । मिल्टन फ्राइडम्यान, स्टोनियर, हेग, स्टिगलर आदि वास्तविक अर्थशास्त्रका समर्थक अनेक आधुनिक अर्थशास्त्रीहरूले रबिनसको परिभाषालाई समर्थन गरेका छन् । रबिन्सको परिभाषाका विशेषता यस प्रकार छन्–

  • यसमा दुर्लभ साधनको किफायतपूर्ण उपयोगको अध्ययन गरिन्छ ।
  • यो असीमित आवश्यकता र सीमित साध्यका बीचको सम्बन्धको अध्ययन हो ।
  • अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ ।
                                     

6. अर्थशास्त्रको क्षेत्र विस्तार

आधुनिक समयमा अर्थशास्त्रीहरूले परिभाषा सम्बन्धी विवाद गर्दैनन् । किनभने यस विषयको विषयवस्तु ज्यादै विस्तृत भइसकेको छ । नयां नयां क्षेत्रहरूको प्रवेशले गर्दा आज अर्थशास्त्रलाई परिभाषित गर्नु अनावश्यक मानिन्छ । रबिन्सलाई परिभाषाको अन्तिम विवादको रूपमा स्याम्युएल्सन सन् १९१५–२००९ ले पनि स्वीकार गरेका छन् । अहिले अर्थशास्त्र, शिक्षा, चिकित्सा, प्राकृतिक विज्ञान, इञ्जिनीयरिङ्ग लगायतका विषयहरूमा समेत अध्ययन अध्यापन गरिन्छ ।

                                     

7. अर्थशास्त्रका विषयवस्तुहरू

सामान्यतया अर्थशात्रका मुख्य विषयवस्तुहरू निम्न प्रकार रहेकाछन् ।

उत्पादन अर्थशास्त्रले कुनै पनि वस्तुको उत्पादन कसरी गर्ने, उत्पादन गर्नमा श्रम र पुंजीको कसरी लगानी गर्ने, उत्पादन क्षमतामा ह्रास र वृद्धी कसरी हुनसक्छ, भन्ने विषयमा राम्रो अध्यायन गराउँछ यसैले उत्पादनलाई अर्थशास्त्रको मुख्य विषयवस्तु मानिएको छ । उपभोग अर्थशास्त्रले श्रम र पुंजीको लगानीबाट उत्पादन गरिएको वस्तुलाई उपभोग गर्ने तरिका, उपभोगका आवस्यकता, आवस्यकताका प्रकार, आवस्यकताका नियम, उपभोग गर्दा देखा पर्ने उपयोगिताका नियमहरू, आदीको बारेमा गहिरो अध्यायन गराउँछ । यसैले उपभोगलाई पनि अर्थशास्त्रको मुख्य विषयवस्तु मानिएको छ । विनिमय अर्थशास्त्रले हरेक वस्तुको विनिमय दर, विनमय तरिका, मुद्रा विनिमय, बजार व्यवस्थापन, मुल्य निर्धारण, आदि विनिमय कार्यहरूको विषयमा गहन अध्यायन गराउँछ । यसैले विनिमय अर्थशास्त्रको अर्को मुख्य विषय वस्तु हो । वितरण अर्थशास्त्रले वस्तुको विनिमयचका साथ साथ वितरण तरिका, वितरण हुने स्रोत, वितरण गरिने वस्तु, वितरण गर्ने व्याक्ति वस्तु आदिको बारेमा राम्रो जानकरी गराउँछ । राजस्व अर्थशास्त्रले राज्वस्व संकलनका तरिकाहरू, राज्वस्व उपयोग, राज्वस्वको लगानी आदि राजस्व सम्बन्धी सम्पूर्ण जानकारीहरूको गहिरो अध्यायन गराउने भएकाले राजस्व पनि अर्थशात्रका विषत वस्तु अन्तर्गत पर्दछ । आर्थिक विकास अर्थशास्त्रले आर्थिक विकासमा उत्पन्न हुने समस्या, आर्थिक विकासका पाटाहरू आदि आर्थिक विकासका बारेमा गहिरो जानकारी गराउँछ । तसर्थ आर्थिक विकास अर्थशास्त्रको एक अर्को विषयवस्तु हो ।


                                     

8. अर्थशास्त्रका प्रकार

आर्थिक विचारको इतिहास अध्ययन गर्नेहरूले यस विषयलाई पूर्वीय अर्थशास्त्र, पाश्चात्य अर्थशास्त्र, वणिककादी अर्थशास्त्र, प्रकृतिवादी अर्थशास्त्र, क्लासिकल शास्त्रीय अर्थशास्त्र, नवक्लासिकल अर्थशास्त्र, उपयोगितावादी अर्थशास्त्र, गणितीय अर्थशास्त्र, संस्थानिक अर्थशास्त्र, समाजवादी अर्थशास्त्र आदि अनेक भागमा विभाजन गर्छन् । तर प्रसिद्ध अर्थशास्त्री रैगनार फ्रिश सन् १९६९ ले नै सर्वप्रथम यस विषयलाई माइक्रो र म्याक्रो दुई भागमा विभाजन गरेका हुन् भौतिक विज्ञानको यो शब्दावली अर्थशास्त्रमा ज्यादै लोकप्रिय बनेको छ–

  • माइक्रो अर्थशास्त्र,
  • म्याक्रो अर्थशास्त्र
                                     

8.1. अर्थशास्त्रका प्रकार माइक्रो अर्थशास्त्र

माइक्रो अर्थशास्त्रलाई व्यष्टि अर्थशास्त्र वा सूक्ष्म अर्थशास्त्र भनिन्छ । व्यष्टिको अर्थ हुन्छ सबभन्दा सानो पूर्ण एकाई । त्यसर्थ जुन अर्थशास्त्रमा व्यष्टि आर्थिक चलराशि जस्तै व्यक्तिगत उपभोक्ताको व्यवहार, व्यक्तिगत फर्मको व्यवहार यससंग सम्बन्धित समस्याहरूको अध्ययन गरिन्छ । यसमा वस्तु तथा साधनहरूको मूल्य निर्धारण गरिने भएकोले यसलाई मूल्य सिद्धान्त वा फर्मको सिद्धान्त पनि भनिन्छ ।

माइक्रो अर्थशास्त्रको विषय वस्तु

१. वस्तु मूल्य निर्धारण

२. साधनको मूल्य निर्धारण

३. आर्थिक कल्याण

                                     

8.2. अर्थशास्त्रका प्रकार म्याक्रो अर्थशास्त्र

म्याक्रो अर्थशास्त्रलाई समष्टि अर्थशास्त्र वा वृहद अर्थशास्त्र भनिन्छ । समष्टिको अर्थ हुन्छ व्यष्टि संरचनाहरूको योगको रूपमा निर्मित एक वृहद संरचना । त्यसर्थ म्याक्रो अर्थशास्त्रमा समष्टि चलराशिहरू तथा तिनीहरुका व्यवहारको अध्ययन गरिन्छ । समष्टि चलराशिमा अर्थव्यवस्थाको कुल माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, सरकारी खर्च, आयात र निर्यातसंग सम्बन्धित विषयहरू पर्दछन् । समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उतपदन वा रोजगारको निर्धारणको बारेमा अध्ययन गरिने भएकोल यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ । म्याक्रो अर्थशास्त्रको विषय वस्तु

१. आय र रोजगार निर्धारण

२. मूल्य स्तरको सिद्धान्त

३. आर्थिक वृद्धिको सिद्धान्त

                                     

9. ग्रन्थ सूची

  • झिंगन, एम एल १९७५, उच्चतर व्यष्टिगत आर्थिक सिद्धान्त, भारत: विकास पब्लिशिंग हाउस ।
  • अलफ्रेड मार्शल, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, एट्थ एडिशन,लन्दन: म्याकमिलन, सन् १८९०।
  • ज्ञवाली, बाबु राम, सन् २०१२, इकोनोमिक्स अफ् कौटिल्य, शुक्र एन्ड बृहस्पति, रुपन्देही: ज्ञानज्योति प्रकाशन, ISBN 978-9937-2-7363 ।
  • लियोनेल रबिन्स, नेचर एन्ड सिगनिफिकेन्स अफ् इकोनोमिक साइन्स, लन्दनः म्याकमिलन एन्ड कम्पनी, सन् १९४५ ।
  • सेठ, एम एल, सन् १९९२,प्रिन्सिपल्स अफ् इकोनोमिक्स, आगरा लक्ष्मी नारायण अग्रवाल।
  • मार्शल, अल्फ्रेड, १९४९, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, लन्दन: म्याकमिलन।
  • कोशाम्बी, डी डी,१९६५,द कल्चर एन्ड सिभिलाइजेशन अफ् एन्शेन्ट इन्डिया, लन्दन राउटेल्ज एन्ड केगन पाल ।
  • कौटिलीयम् अर्थशास्त्रम् खण्ड १–३, सं. रघुनाथ सिंह, वाराणसी: चौखम्बा संस्कृत सीरीज, ।
  • जिम्मर, हेनरिक, सन् १९६७, फिलोसोफीज अफ् इन्डिया, प्रिन्स्टन न्युजर्सी ।
  • कौटिल्यको अर्थशास्त्र कौटिलीये अर्थशास्त्रे, वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  • शर्मा, गोपाल सन् १९६८, सामाजिक विज्ञानों की पारिभाषिक शब्दावलीका समीक्षात्मक अध्ययन, दिल्ली: एस चन्द एण्ड कम्पनी ।
  • बैशम, ए एल,२००४, द वन्डर द्याट वाज इन्डिया, लन्डन, पिकाडोर, ISBN 0-330-43909-X
  • ज्ञवाली, बाबु राम, २०१२, पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही,नेपाल: ज्ञानज्योति प्रकाशन, ISBN 978-9937-2-5285
  • शुक्रनीति,सन् २०००, सम्पा.उमेशपुरी ज्ञानेश्वर, हरिद्वार: रणधीर प्रकाशन ।
  • स्मिथ, एडम,सन् १९३७,एन् इन्क्वायरी इन्टु द नेचर एन्ड कजेज अफ् द वेल्थ अफ् नेशन्स, क्याननन्स एडिशन, न्युयोर्क: मोडर्न लाइब्रेरी ।
  • कौटिलीय अर्थशास्त्रम्,सन् १९६७, अनु.वाचस्पति गैरोला, वाराणसी: चौखम्बा विद्याभवन, सन् २००९ ।
  • बोकाडे, एम जी, सन् २००९, हिन्दु इकानोमिक्स्, एम जी बोकाडे फाउन्डेशन, पुणे ।
  • जायसवाल, के पी, १९७८, हिन्दु पोलिटी फिफ्थ एडिशन ed., बेंगलोर: द बेंगलोर प्रिटिंग एन्ड पब्लिशिंग कम्पनी लि.।
  • म्याकमिलन,सन् १९५४, इन्साइक्लोपीडिया अफ् द सोशल साइन्सेज, न्युयोर्क म्याकमिलन कम्पनी ।
  • सिंह, जी पी, सन् १९९३, पोलिटिकल थट इन एन्शेंट इन्डिया,न्यु देल्ही डी के प्रिन्टवुड ।
  • वैश्य, एम सी, १९९३, आर्थिक विचारोंका इतिहास, आगरा: विनोद प्रकाशन मन्दिर ।
  • सेन, आर के एन्ड आर एल बसु,सन् २००६, इकोनोमिक्स इन् अर्थशास्त्र, न्यु दिल्ली: दीप एन्ड दीप ।
  • द कौटिलीय अर्थशास्त्र,सन् २००६, भो.१-३, अनु. आर पी काङ्ले, बनारस: मोतीलाल बनारसी दास ।
  • अमरकोश, सं. पं. कुलचन्द गौतम, वाराणसी: पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय, मिति?
                                     

10. यो पनि हेर्नुहोस्

  • उबाना, नरेन्द्रजी, कौटल्यकी अनूठी नीतिया", कल्याण, नीतिसार अङ्क, गोरखपुर: गीताप्रेस, वि.सं २०५९ ।
  • अर्याल, मदन प्रसाद, विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौँ: रमादेवी अर्याल, वि.सं.२०६३ ।
  • जायसवाल, के पी, हिन्दु पोलिटी, फिफ्थ एडिशन, बेंगलोर: द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लि. सन् १९७८ ।
  • चाणक्य नीति दर्पण, अनु. तुलसीराम आचार्य, वाराणसी: दुर्गा साहित्य भण्डार, नेपाली खपडा, मिति? ।
  • कामन्दकीय नीतिसार, काठमाडौँ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०२९ ।
                                     
  • अर थश स त र भन न छ यसल इ पछ म य क र अर थश स त र समष ट अर थश स त र व व हद अर थश स त र भन न छ क न स यन अर थश स त रल ई म य क र अर थश स त र
  • क ल स कल अर थश स त र अर थश स त र र र जन त क अर थश स त रक म श रण न ह यस सम प रद यक प रम ख अर थश सत र हर एडम स म थ ड भ ड र क र ड
  • र जन त क अर थश स त र Political Economy क अर थ क ह भन य व षय स र म र जन त श स त रक एक अ गक र पम थ य र यसक स वतन त र अस त त व थ एन उन न इस
  • ब द ध अर थश स त र अर थश स त रक आध य त म क द ष ट क ण ह य म नव मष त स कम आध र त क र य कल पम क न द र त छ सम जल ई सह द स म ल ज नक ल ग ब द ध अर थश स त र
  • य व वरण अर थश स त र ग रन थक ब र म छ अर थश स त र इक न म क स क ब र म ज न न अर क व वरण अर थश स त रम ह र न ह स अर थश स त र ग रन थ क रचय त ल ई
  • ब पत य प रस क र द इएक ह व यष ट अर थश स त र म इक र अर थश स त र र समष ट अर थश स त र म य क र अर थश स त र शब दक प रय ग सर वप रथम फ र शल गर क
  • जनसङ ख य अर थश स त र Population Economics क ब र म ज न न त यसक व क स क रम सहय ग ह न छ व श वक प र च नतम सभ यत हर ह न द र मन, र च न य सभ यत हर म
  • अर थश स त र अलफ र ड म र शलल गर क ह न एड म स म थ र उनक अन य श स त र य अर थश स त र समर थकहर ल अर थश स त रक धन सम बन ध द एक पर भ ष धनक व ज ञ न ल सम जल ई
  • द रव य तर आध न क समयम अर थश स त र इक न म क स र अर थ व ज ञ न स इन स अफ म न ग द ई भ न न व षय ह न बढ प रचल त व षय अर थश स त र भन यत व स त त छ न
  • क टन त क ज ञ त थ ए उनल अर थश स त र र जन त अर थन त क ष सम जन त आद क मह न ग रन थहर रचन गर क थ ए अर थश स त र म र यक ल न सम जक दर पण म न न छ
  • व च रक इत ह सम अर थश स त र व षयक उद गम स र त द इवट म न न छन एउट ल ई प श च त त य अर थश स त र भन न छ भन अर क ल ई प र व य अर थश स त र भन न छ प श च त त यक
  • ख ल स द ध न त, ब ङ क ग र व त त तथ अर थश स त र र मन व ज ञ नक ब षयम क म गर द आएक छन सन क अर थश स त र म न ब ल प रस क र प र प त गर क छन
  • म द र स फ त भन न छ म द र स फ त क समयम म द र क क रय क षमत म कम आउ छ अर थश स त र अन स र म द र स फ त बस त तथ स व क म ल यम ह न चढ वल ई ब झ न छ
                                               

रिच डाय्ड पुअर डाय्ड

रिच डाय्ड पुअर डाय्ड रोबट कियोसाकी र स्यारोन लिचरद्धारा लिखित चर्चित पुस्तक हो।यो पुस्तकले वितिय स्वतन्त्रताको बारेमा वाकलत गर्दछ। यस पुस्तकमा कसरी लगानी गर्ने,कसरी ब्यापारलाई प्रवर्धन गर्ने कुराहरू छन।

Users also searched:

शास्त्रीय अर्थशास्त्र, सूक्ष्म अर्थशास्त्र pdf,

...
...
...