Back

ⓘ प्रवेशिका परीक्षा




                                     

ⓘ प्रवेशिका परीक्षा

प्रवेशिका परीक्षा School Leaving Certificate Examination नेपालको विद्यालयस्तरको अन्तिमपरीक्षा हो । दशम कक्षा उतीर्ण गर्ने विद्यार्थीहरूले प्रवेशिका परीक्षा दिन पाउँछन् । यो परीक्षाको सञ्चालन तथा परीक्षाफल सम्बन्धि सम्पूर्ण प्रकृया नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दछ । बि.स. १९९० देखी सुरु भएको प्रवेशिका परीक्षा तात्कालिन समयमा नेपालको शैक्षिक क्षेत्रको महत्त्वपुर्ण सफलता थियो ।

                                     

1. इतिहास

नेपालका प्रथम राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा बेलायतलगायत आसपासका मुलुकहरूको ऐतिहासिक भ्रमण सम्पन्न गरी संवत् १९०७मा स्वदेश फर्केपछि आफ्ना सन्ततीहरूलाई अङ्ग्रेजी भाषामा शिक्षा दिन र सामर्थवान् बनाउन वि.सं. १९१० असोज २४ गते आफ्नै निवास थापाथली दरबारस्थित दाखचोकको भुईंतल्लामा अङ्ग्रेजी प्रारम्भिक स्कूलको स्थापना गरेका थिए। बेलायतबाट नेपाल फर्केपछि जंगबहादुरको विचारधारामा केही परिवर्तन भएको देखिन्थ्यो। बेलायती नागरिकहरूका चेतना र चिन्तन, विज्ञान र विकास एवम् स्तर र शिक्षाप्रतिको गहिरो छाप श्री ३ जंगबहादुर राणामा पनि परेको थियो। यसै सन्दर्भमा नेपालको पहिलो र ऐतिहासिक गौरव बोकेको शिक्षण संस्था दरबार हाइस्कूलले डेढ सय वर्ष पूरा गरिसकेको छ। राणाकालमा दरबारभित्रबाटै प्रारम्भ दरबार स्कूल संवत् १९३४ सालमा दरबार हाइस्कूलमा परिणत भयो भने १९४२ देखि सर्वसाधारण नेपालीहरूका लागि पनि अध्ययन प्रवेश खुला गरियो।

ऐतिहासिक दरबार हाइस्कूलले वि.सं. १९३६ देखि कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो भने १९९० कार्तिक १६ गते नेपालमा पहिलोपटक एस.एल.सी. परीक्षा बोर्डको गठन भयो। त्यसपूर्व परीक्षा दिन छात्रछात्राहरू कलकत्ता र पटना विश्वविद्यालयमा जानु पर्दथ्यो नेपालमै परीक्षा बोर्ड गठन भई परीक्षा दिन पाउने प्रबन्ध भए पनि परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गर्दथ्यो। उक्त परीक्षाको सञ्चालनसमेत पटना विश्वविद्यालयबाट खटिआएका सुपरिटेण्डेण्टहरूले गर्थे भने प्रश्नपत्रहरूसमेत लिएर काठमाडौँ आउँथे। सुपरिटेण्डेण्टलाई नेपाल सरकारको पाहुना मानेर परीक्षा कायम रहुञ्जेल त्रिपुरेश्वरमा राखिन्थ्यो। परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका पोको पारेर उनीहरू पटना जान्थे। यसरी पटना विश्वविद्यालयको मातहतमा सञ्चालन हुँदै आएको एस.एस.सी. परीक्षाको अन्त्य २००३ सालमा नेपाल सरकारद्वारा सञ्चालन गर्ने व्यवस्था भएपछि भयो। तसर्थ, नेपालमा एस.एल.सी. परीक्षा गठन भएपछि पहिलोपटक १९९० साल पुस अन्तिम सातादेखि परीक्षा भएको थियो। तत्काल परीक्षा केन्द्र दरबार हाइस्कूलदेखि दक्षिणपट्टीको भवनमा थियो। परीक्षा आधाआधी हुँदा संवत् १९९० साल माघ २ गतेका दिन विनाशकारी महा भूकम्प गयो, जसका कारण केही दिन परीक्षा स्थगित गर्नुपर्‍यो।

भूकम्पका कारण दुई वर्ष दरबार हाइस्कूलको पढाइ त्रि-चन्द्र कलेजमा चल्यो। पहिलोपटक कुल ३४ परीक्षार्थी सहभागी रहेको उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन्। यीमध्ये १० जना द्वितीय श्रेणी र नौजना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एकजना अनुपस्थित भएको देखिन्छ। द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अङ्क भक्तपुरका पुष्पभक्त मल्लले प्राप्त गरेका थिए। परीक्षार्थीमध्ये एकजना छात्रा सविनाकुमारी देवीले परीक्षा फर्म भरे पनि उनी परीक्षामा अनुपस्थित रहिन्। कुल आठसय पूर्णाङ्क रहेको उक्त परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३६ नम्बर ल्याउनुपरथ्यो। अधिराज्यमै सर्वप्रथम संस्थापित हुनु दरबार हाइस्कूलको विशेषता मात्र होइन परन्तु देशको शैक्षिक, बौद्धिक र प्राज्ञिक इतिहासमा समेत अग्रणी स्थान छ। देशकै शैक्षिकस्तर र उपलब्धिको प्रसङ्ग उठाउने हो भने दरबार हाइस्कूलले आफ्नो समयको योगदान सङ्ख्यात्मक र गुणात्मक क्षमतामा श्रेयपूर्ण स्थान ओगटेको छ। नेपालमा एस.एल.सी. परीक्षा प्रारम्भ भएको समयताको देशमा दरबार हाइस्कूलहरू पाटन हाइस्कूल स्थापना भइसकेका भए पनि १९९० देखि २००४ सालसम्म बोर्डफस्ट हुने सौभाग्य दरबार हाइस्कूलका छात्रले कायम राखेका थिए भने २०३१ देखि २०३९ सम्म तेस्रोदेखि दशौँ स्थानसम्म बोर्डमा ६ पटक प्रतिनिधित्व गरेका थिए। बोर्डमा सर्वप्रथम हुने विद्यार्थीहरूको नाम घोषणा गर्ने परम्परा १९९० सालदेखि चल्दै आएको हो।

                                     

2. परीक्षा केन्द्र

नेपाललाई राजनीतिक हिसाबले ५ विकास क्षेत्र ७५ जिल्लामा विभाजित गरिएको छ र सम्पूर्ण क्षेत्रमा बिधार्थीको चाप अनुसार परीक्षा केन्द्र राख्ने गरिएको छ । परीक्षा सबै क्षेत्रमा समयमै संचालित हुने गर्दछ ।

                                     

3. नतिजा

प्रवेशिका परीक्षा दिएको मिती देखि तीन महिना भित्र परीक्षा नियन्त्रण कार्यालयले यस परीक्षाको परीक्षाफल प्रकाशित गरें गर्दछ । बिधार्थीको अंकको आधारमा तीनलाई निम्न श्रेणीमा छुट्याउने गरिन्छ:-

  • दोश्रो श्रेणी - ४५% वा सो भन्दा माथि
  • तेश्रो श्रेणी - ३२% वा सो भन्दा माथि
  • अनुतिर्ण-३२% भन्दा मुनी
  • विशिष्ट श्रेणी - ८०% वा सो भन्दा माथि
  • प्रथम श्रेणी - ६०% वा सो भन्दा माथि

परीक्षा उतिर्ण गर्न निम्न मापदण्ड भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने तथा सरकारी बिद्यालयमा पठन पाठन गर्ने बिधार्थीहरू अझै पनि उतिर्ण गर्न कठिनाइ हुने गरेको पाइएको छ । परीक्षा प्रणाली अनुसारको पठन पाठन भएतापनि हालका दिनमा उतिर्णांक प्रतिशत घट्दै गरेको पाइएको छ ।