Back

ⓘ पोप फ्रान्सिस




पोप फ्रान्सिस
                                     

ⓘ पोप फ्रान्सिस

फ्रान्सिस मा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६औं पोपको रूपमा १३ मार्च २०१३मा निर्वाचित व्यक्ति हुन् । उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत भएका छन् ।

अर्जेन्टिनाको राजधानी सहर ब्युनर्स आयर्समा जन्मिएका जर्ज मारियोलाई सन् १९६९मा पुजारीको रूपमा नियुक्त गरिएको थियो । उनले सन् १९७३ देखि १९७९ सम्म अर्जेन्टिनाको सोसाइटी अफ जिसस नामक संस्थाको नेतृत्व गरेका थिए । त्यसपछि सन् १९९८मा ब्युनर्स आयर्सकोआर्कबिसप हुँदै उनी सन् २००१मा पोपको चुनावमा मतदान गर्ने कार्डिनलको रूपमा चुनिए । सन् २०१३ फेब्रुअरी २८मा उनका अग्रज पोप बेनेडिक्ट सोर्हौंले राजीनामा दिएपछि पोप छनौटगर्न भ्याटिकन सिटीमा आयोजित एक गोप्य भेलाले उनलाई पोपको रूपमा चुन्यो । पोप चुनिएपछि जर्ज मारियोले प्राचिन सन्त फ्रान्सिस अफ असिसीको सम्मानमा आफ्नो नाम फ्रान्सिस प्रथमको रूपमा परिवर्तन गरे । सोसाइटी अफ जिससबाट पोप हुने प्रथम व्यक्ति पोप फ्रान्सिस, अमेरिकी मुल तथा दक्षिणी गोलार्द्धबाट पनि पहिलो पोप हुन् ।

                                     

1. प्रारारम्भिक जीवन

जर्ज मारियो बर्गोग्लियोको जन्म ब्युनर्स आयर्सको फ्लोरेसमा भएको थियो । उनी इटालियन आप्रवासी मारियो जोसे बर्गोग्लियो र उनकी पत्नी रेगिना मारिया सिभोरीका पाँच सन्तान मध्ये एक थिए । इटालीको पिडमन्ट क्षेत्रको पोर्टाकोमरोमा जन्मिएका मारियो जोसे एक रेलवे कामदार थिए । उनकी पत्नी रेगिना मारिया एक गृहणी थिइन् । रेगिनाको जन्म ब्युनर्स आयर्समा बस्दै आएको एक उत्तरी इटालियन आप्रवासी परिवारमा भएको थियो । जर्ज मारियोकी दिदी मारिया एलेनाका अनुसार उनीहरूका बुबाले इटालीमा भएको तानाशाही शासनले उनलाई देश छोड्न बाध्य बनाएको थियो भनेर पटक भन्ने गरेका थिए । एलेना पोपकी एकमात्र जीवित एकै कोखकी आफन्त हुन् ।

बर्गोग्लियो बाल्यकालदेखि नै स्थानीय सान लरेन्जो डि अलमाग्रो नामक फुटबल क्लबका समर्थक हुन् । उनी कलाकार टिटा मेरेलो अभिनित तथा नियोरियालिजम चलचित्रका प्रशंसक फ्यान हुन् भने अर्जेन्टिना र उरूग्वेमा प्रचलित मिलोङ्गा भनिने परम्परागत संगित उनलाई असाध्यै मनपर्छ । उनले राष्ट्रिय प्राविधिक संस्थान नामक प्राविधिक माध्यमिक विद्यालयमा अध्ययन गरेर रसायन प्रविधिमा स्नातकसम्मको अध्ययन गरेकाछन् । अध्ययन पश्चात बर्गोग्लियोले केही वर्ष हिकेदिअर ब्याचम्यान खाद्यप्रयोगशालामा रसायन प्रविधिकको रूपमा काम गरे । केही स्रोतहरूका अनुसार उनले ब्युनर्स आयर्स विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकाछन् । बर्गोग्लियो २१ वर्षको हुँदा उनलाई खतरनाक निमोनिया भयो र उनको फोक्सोमा पानी जमेकोले फोक्सोको एक भाग शल्यक्रिया गरेर हटाइएको थियो ।

बर्गोग्लियो स्पेनिस, ल्याटिन, इटालियन, जर्मनी फ्रेन्च, र अङ्ग्रेजी भाषामा संवाद गर्न सक्षम छन् ।

                                     
  • च न सलर ब ल ग ट स ग ट स फ उन ड सनक अध यक ष म इक र सफ टक स स थ पक प प फ र न स स भ य ट कन स ट क प रम ख स ज नप ङ च न य स म यव द दलक मह सच व एन ज ल
  • Dines ल खक तथ चलच त र न र म त Naomi Klein क य थ ल क चर च प रम ख प प फ र न स स पत रक र तथ व त वरण अभ य नकर म George Monbiot ब ल ज यन मन ब द Paul
  • तथ इथ न हवक क य प ट न फ ल प स  ब ल र फ ल म न स ट भ क गन तथ ज फ प प द व ल फ अफ व ल स ट र ट  ट र न स व न टर सर व त क ष ट एन म ट ड फ चर फ ल म

Users also searched:

...