Back

ⓘ बुढ्यौली




बुढ्यौली
                                     

ⓘ बुढ्यौली

बुढ्यौली लाई नेपालीमा प्रौढता, वृद्धत्व वा जरावस्था भनिन्छ । बुढ्यौलीले बूढोहुने अवस्था वा बृद्ध उमेरमा प्रवेश गर्ने अवस्थालाई जनाउछ। बुढ्यौली मानव जीवनचक्र अन्तिम अबस्था हो। यो प्रकृतिप्रदत्त नियम हो। शारीरिक कमजोरी हुने मान्छेले पहिलेको जस्तो फूर्तिका साथ हिँड्न, समाउन, सुन्न र देख्न पनि सक्दैन। यसै लाई बुढ्यौली लागेको भनिन्छ।

कुनै जीव अथवा पदार्थमा समयसँग जम्मा हुने परिवर्तनहरू लाई वृद्धावस्था ब्रिटिश र ओस्ट्रेलियन अङ्ग्रेजीमा Ageing या उमेरको बृद्धि अमेरिकी र कैनेडियन अङ्ग्रेजीमा Aging भन्छन्. प्रौढता सम्बन्धी निम्नलिखित मतहरु छन्

                                     

1. समय अनुसारको वृद्धत्त्व

प्रौढता वा वृद्धत्त्वका प्रारम्भिक चिन्हहरु तीस वर्ष पछि प्रारम्भ हुन्छन् भन्ने शरीरशास्त्रीय भनाइ छ । ४० वर्ष पछि इन्द्रियहरूमा आउने शिथिलता प्रायः सबैले अनुभव गछृन् । सरकारी निकायमा सेवा निवृत्त उमेर ५८ वर्ष छ । अर्थात सरकारी सेवामा बुढयौली ५८ वर्षबाट प्रारम्भ हुन्छ । तर शिक्षा सेवा मा निवृत्ति उमेर ६३ तथा कानुनी सेवामा यो उमेर ७५ वर्ष छ । तसर्थ विभिन्न क्षेत्रमा बुढ्यौलकिो समयसीमा पनि फरक छ । स्कूलका प्रमाणपत्रहरूमा यस्ता उमेरमा पनि घटीबढ िघटनाहरू धेरैपटक भएको सुन्नमा आउंछ । सरकारी सेवाको अवधि बढाउन उमेर घटाइएका र छिटो भर्ना हुन उमेर बढाइएका घटनाहरू भइरहन्छन् ।

                                     

2. पारिवारिक र सामाजिक दायित्व

वृद्धत्वको अर्को सीमा हो पारिवारिक र सामाजिक दायित्व । सत्र वर्षमा विवाह भएकी महिला ३५ वर्षको युवा उमेरमा हजुरआमा बन्न सक्छिन् । नाति र नातिनीहरु खेलाउंदा र उनीहरूले हजुरआमा भनेर बोलाउंदा ३५ वर्षको युवा उमेरमा पनि उनको सामाजिक भूमिका वृद्ध हजुर आमाको जसतै हुनुपर्छ । किनभने समाजले तन्नेरी हजुरआमाको भूमिका बनाएको छैन ।

जेष्ठ नागरिकहरूले आफुले प्राप्त गरेको अनुभव, ज्ञान र शिपहरु पछिल्लो पुस्तामा हस्तान्तरण गर्दँन।

                                     

3. शारीरिक परिवर्तन

शारीरिक परिवर्तनको आधारमा वृद्धत्व अनुभव हुन सक्छ । जस्तै ऐनामा कपाल फुलेको वा निधार चाउरिएको देखेर वृद्धावस्था अनुभव हुन सक्छ । धेरै कष्ट भोगको मानिस छिटो प्रौढ हुन्छ । यहुदहिरुले हजारौं वर्षदेखि आफ्नो अस्तित्वका लागि गरेको संघर्ष र उनले भोगेको दुखको वर्णन गर्दै आचार्य रजनीशले यहुदीहरूलाई प्रौढ जाति भनेका छन् ।

                                     

4. सक्रियतामा कमी

वृद्धत्वको एउटा पहिचान हो सक्रियतामा कमी । बालकहरूको स्वभाव नै चंचलपन हो । युवा अवस्थामा सक्रियता रहन्छ तर वृद्धावस्थामा निष्क्रियता बढ्छ । यदि कोही मानिस ८० वर्षमा पनि सक्रिय रहन्छ भने त्यसमा युवाावस्थाको विशेषता भएको मानिन्छ । प्रौढतालाई उमेर, अनुभव, दायित्व, शारीरिक र मानसिक सक्रियता, सामाजिक र मनोवैज्ञानिक प्रभाव आदिको मिश्रण मान्न सकिन्छ । त्यसैले कोही छिटो बुढो हुन्छ भने कोही ढीलो बुढो हुन्छ । यदि कोही मानिस ८० वर्षमा पनि तन्नेरी झैं सक्रिय रहन्छ । प्रपन्नाचार्य ३५ वर्षको उमेरमा ५ वर्षको बालक झैं कखरा पढ्न सुरु गरेका थिए र यसलाई निरन्तरता दिएर षड्दर्शनाचार्य बने । वेदको ज्ञानका लागि उनी नेपालमा प्रख्यात मानिन्छन् । नोबेल पुरस्कार प्राप्त कवि रवीन्द्रनाथ ठाकुर वृद्ध उमेरमा पनि पच्चीस वर्षे तन्नेरी झैं ठांटिएर रहन्थे । आफुलाई सजाउन घण्टौ. लगाउंथे । नेल्सन मण्डेलाले ८४ वर्षको उमेरमा ८० वर्ष की जाम्बियाका राष्ट्रपतिकी विधवासंग प्रेम विवाह गरेका थिए । त्यसैले कोही छिटो वृद्ध हुन सक्छ भनने कोही दीर्घकालसम्म युवा रहनसक्छ ।

                                     

5. पाका पुस्ता

जब कुनै देशको वृद्ध जनसङ्ख्याको आकारमा वृद्धि हुन्छ त्यसलाई पाका पुस्ता वा पपुलेशन एजिंग वा सामामाजिक प्रौढता भनिन्छ । प्रौढताको अध्ययन गर्ने विषयलाई जेरन्टोलोजी भनिन्छ । नेपालीमा यसलाई जराशास्त्र भन्न सकिन्छ । संस्कृत शब्द जराको अर्थ बुढ्यौली, प्रौढता ।

                                     

6. नेपालमा बुढ्यौली पाकापुस्ता

प्रत्येक जनगणनामा नेपालीहरूको आयु बढ्दो छ । दीर्घायु हनु मानिका चारवटा सुख निरोगी कया, धनसम्पत्ति, शीलवती पत्नी र आज्ञाकारी सन्तान मध्येको पहिलो सुख मानिन्छ । बालकहरूको संख्याको तुलनामा पाका पुस्ताको संख्यामा दीर्घकालसम्म वृद्धि हुन्छ भने त्यसलाई जनसङ्ख्याको वृद्धत्व भनिन्छ । अर्को शब्दमा कुनै देशको जनसङ्ख्या पिरामिडको तल्लो भागको तुलनामा पाकापुस्ताको संख्यामा दीर्घकालसम्म वृद्धि हुन्छ भने त्यसालाई जनसङ्ख्या वृद्धत्व भनिन्छ । अर्कोशब्दमा कुनै देशको वनसंख्या पिरामिडको तल्लो भागको तुलनामा माथिल्लो भाग फराकिलो हुंदै जान्छ भने तयो जनसङ्ख्याको वृद्धत्व हो पाका पुस्ताको बारेम अध्ययन गर्नका लागि एक विाष्य विकसित भएको छ जसलाइ ृजेरन्टोलोजी भनिन्छ । जेरन्टोलोजीमा उमेरको आधारमा वृद्धत्वको वर्गीकरण निम्न प्रकार गरिन्छ १. वृद्धावस्था ६५ वर्ष २. युवा वृद्धावस्थामा ६५–७४ ३. मध्य उमेर ७५–८४ ४. अतिवृद्ध ८४ भन्दा माथि सन् २००१ मा नेपालको वृद्धत्व, सूचकांक करीब १९ प्रतिशत छ । हरेक जनगणनामा यो प्रतिशत निरनतर बढ्दो छ । जनसङ्ख्याको मध्यिका उमेर २९ वर्षभन्दा माथि छ भने देशमा वृद्ध जनसंखयाको मध्किा उमेर भने १९ वर्ष छ । तर आयु प्रत्याशाको दृष्टिले भने सन् १९६१ को ३१ वर्षो तुलनामा २००१दमा ६० वर्ष पुगेको छ ।



                                     

7. जरावस्थाका कारणहरु

मानिस किन जरावस्था वृद्ध र अशक्त प्राप्त गर्छ । यसबारेमा निम्नलिखित सिद्धान्तहरु प्रतिपादन गरिएका छन्

  • ४. जीवनमा विभिन्न संघर्ष गर्दै उमेर छिप्पिने भएकोले अन्त अवस्थामा मानसिक रूपमा असन्तोषी हुन्छ । यी सब कारणले वृद्धावस्था उत्पन्न हुन्छ ।
  • ३. उमेर बढदै गए पछि मानिसमा रोग प्रतिरोध क्षमता घटदै जान्छ ।
  • १. उमेर बढ्दै जादा अंगहरु खिईंदै जान्छन । फलस्वरुप वृद्धावस्था हुन्छ ।
  • २. निश्चित उमेर पछि कोषहरु वृद्धि हुने प्रक्रिया रोकिन्छ ।
                                     

8. धर्मशास्त्रमा जरावस्था

धर्मशास्त्र हरूमा पनि वृद्धावस्थाबारे विस्तृत विवेचना गरिएको छ । यस प्रसंगमा महाभारतमा चिरवृद्धको रूपमा लोमस ऋषि, पितामह ब्रह्मा आदिको नाम आउंछ । ययातिले विषयभोग सन्तुष्टि पूरा नभएकोले आफ्नो छोरा पुरुलाई आफ्नो वृद्धावस्था हस्तान्तरण गरेर छोराको युवावस्था लिएको कथा पनि छ । सधैं युवारूपमा रहने बालखिल्य र सनत्सुजात ऋषिहरु पनि छन् ।

सनत्सुजातीयमा वृद्धावस्था

सनत्सुजातलाई एउटा प्रश्न गरिएको छ– मृत्यु किन हुन्छ? उत्तरमा उनले भनेका छन् काम क्रोध तृष्णा चिन्ता आदि कराणले मानिसलाइृ रोग लाग्छ । अनि त्यसैले जरावस्था तथा मृत्युलाई निम्तयाउंछ । अन्यथा मृत्यु त हु.दै हुन्न । यी सबबाट पार पाउनेले अमरता प्राप्त गर्छ ।

                                     

9. पाका पुस्ताको जनसांख्यिक प्रभाव

काम अनुपातमा

सामान्यतः महिलाहरूको आयु प्रत्याशा बढी हुने भएकोले बुढयौलीले काम संरचना र काम अनुपातमा प्रभाव पार्न सक्छ । वृद्धत्वले काम अनुपात असन्तुलित हुन गइ महिलाको अनुपात बढ्न जान्छ ।

                                     

9.1. पाका पुस्ताको जनसांख्यिक प्रभाव प्रौढ आश्रितता अनुपातमा

जनसङ्ख्या वृद्धत्वले वृद्धत्व सूचकांक बढाउंछ भने प्रौढ आश्रितता अनुपात बढछ । बालक तथा कार्यशील समूहको जनसङ्ख्या घट्छ । यसले जनसङ्ख्याको संरचना परिवर्तन हुन जान्छ । यस्तै जनसङ्ख्या पिरामिड को स्वरूपमा परिवर्तन हु" दै जान्छ । विकसित देशहरूमा वृद्धहरूको जनसङ्ख्या बढी भएकोले पिरामिडको माथिल्लो भाग फराकिलो भएको हुन्छ । यसले जनसङ्ख्याको आयु र काम संरचना परिवर्तन हुन जान्छ । उदाहरणका लागि नेपालको वृद्धावस्था सूचकांक १९ प्रतिशत छ भने यसको अर्थ के हा ेभने प्रत्येक १०० जना मानिसमा १९ जना वृद्ध छन् । यदि कुनै देशको वृद्धावस्था सूचकांक बढी छ भने त्यहा" वृद्ध आश्रितता अनुपात बढछ । यसले देशको कुल उत्पादन क्षमता घट्ने सङ्केत पनि दिन्छ । वृद्ध आश्रितता अनुपातमा वृद्धिले निष्क्रिय जनसङ्ख्या बढाउने हु" दा यस्तो भएको हो । सक्रिय जनसङ्ख्यामा कमी र आश्रित जनसङ्ख्यामा वृद्धिले कुनै देशको उत्पादन क्षमता घट्न जान्छ । वृद्धत्त्वले उत्पादनमा शिथिलता ल्याउन सक् किभने जनसङ्ख्या वृद्धत्त्व भनेको निष्क्रिय जनसङ्ख्यामा वृद्धि हो । यहा" ध्यान दिनु पर्ने कुरा के हो भने प्रारम्भमा प्रजननता कम हु" दा बाल आश्रितता अनुपात घट्न गइ आउने १० देखि १५ वर्ष भित्र देशको उत्पादन क्षमता बढ्छ । पछि गएर आयु प्रत्याशामा वृद्धि र प्रननतामा भएको कमीको परिणामस्वरुप प्रौढ आश्रितता बढ्छ । तसर्थ बाल आश्रितता समाप्त भए पछि मात्र प्रौढ आश्रितता सुरु हुन्छ । बाल आश्रितता समाप्त भइ प्रौढ आश्रितता सुरु नहुञ्जेलसम्मको समयावधिमा युवा जनसङ्ख्याको बढी भूमिका हुन जान्छ र यस अवस्थामा कल उत्पादन केही समयकालागि बढ्छ । यस अवस्थालाई जनसङ्ख्या अर्थशास्त्रमा जनसङ्ख्या झ्याल पपुलेशन विन्डो भनिन्छ ।



                                     

9.2. पाका पुस्ताको जनसांख्यिक प्रभाव काम अनुपातमा

सामान्यतः महिलाहरूको आयु प्रत्याशा बढी हुने भएकोले बुढयौलीले काम संरचना र काम अनुपातमा प्रभाव पार्न सक्छ । वृद्धत्वले काम अनुपात असन्तुलित हुन गइ महिलाको अनुपात बढ्न जान्छ ।

                                     

9.3. पाका पुस्ताको जनसांख्यिक प्रभाव जन्मदरमा

पाका पुस्ता जति बढ्दै जान्छ जन्मदर पनि त्यति नै घटन थाल्छ । जैविकीय कारणले वृद्ध वृद्धामा प्रजननता अभाव हुन्छ । मृत्यु दरमा कमीको प्रभावले वृद्धत्वको घटना हुन्छ । जनसांख्यिकी संक्रमणको अन्तिम अवस्थामा वृद्ध जनसङ्ख्या तीव्र रूपमा बढन जान्छ । नेपालमा विगत ३० वर्षको अवधिमा ६५ वर्ष र सो भन्दा माथिको नसंख्या ५.८ प्रतिशतबाट बढेर ७.४ प्रतिशत भएको छ । भने सोही अवधिमा कुल प्रजनन दरबाट घटेर चार भन्दा पनि हुन पुगेको छ । वृद्ध जनसङ्ख्यामा वृद्धि हुनु अघि मृत्युदरमा कमी आउ" र संगै आयु प्रत्याशामा वृद्धि हुन्छ । सन् १९६१ देखि २००१ को अवधिमा नेपालीको आयु प्रत्याशामा दोब्बर वृद्धि भएको छ जबकि कोरा मृत्यु दर २७ प्रति हजारबाट घटेर १० प्रति हजार भएका छ अर्थात् यसमा लगभग तीन गुना प्रगति भएको छ ।

                                     

10. सामाजिक आर्थिक प्रभाव

समाजले वृद्धहरूको स्वास्थ्य हेरचाहमा पारिवारिक र सामाजिक योगदान गर्नु पर्दछ । समाजमा वृद्धाश्रम निर्माण जस्ता कुराहरु देखा पर्छन । सिद्धबाबा धाममा २०५९ मा वाचन शिरोमणि पं. नारायण प्रसाद पोखरलले शिवपुराण कथाको माध्यमबाट आह्वान गर्दा धेरै मानिसहरूले सहर्ष आर्थिक सहयोग प्रदान गरेका थिए । सरकारले वृद्धावस्था भत्ता पेन्शन तथा वृद्धहरूलाई आवश्यक पर्ने अन्य सुरक्षा र सुविधाकालागि नियमित बजेट बनाउनु पर्छ सरकारले सामाजिक सेवा मा खर्छ बढाउ" दा आर्थिक विकास सम्बन्धी खर्चमा कटौती गर्नु पर्ने हुन सक्छ । वृद्धहरु यथास्थिति र परम्पराप्रिय हुन्छन् न्ने मान्यता पनि छ । तर अनुसन्धानले के पुष्टि गरेको छ भने वृद्धावस्थामा देखिएको यथास्थितिवाद मानिसमा उसको तन्नेरी अवस्थामा रहेको मान्यता र विगतको अनुभव द्वारा निर्धारित हुन्छ । यथास्थितिवाद वृद्धावस्थाको विशेषता होयन । सरकारी निर्णयको विरुद्ध बोलने कुरामा युवा र वृद्धहरूको ानमिा आधारभूत अन्तर पाइनछ । वृद्धहरूले असन्तुष्टि व्यक्र गरे पनि उनीहरू सरकार िनिर्णयहरूको विरोधमा सक्रिय हुने र तोड पाmेड र हिंसामा सहभागी हुने घटा संसारमा विरलै पाइनछन् । पेन्सन कटौती र वृद्धलाई दिने सुविधामा कमी भएका घटनाहरूमा मात्र पश्चिीमी राष्टमा वृद्धहरु विरोध कायृक्रममा सहभागी भएका घटनाह पाइनछन् । निर्वाचनमा सहभागी हुने कुारमा भने वृद्धहरु युवा जति नै पाइएका छन् । विगतका तीनवटा निर्वाचनमा भने १०० वर्ष पार गरेका वृद्ध वृद्धाहरूले उत्साह पूवृक भाग लिएको पाइएको छ । यसबाट राजनीतिक सहभागितामा वृद्ध वृद्धाहरु गम्भीर लगनशील पाइउका छन् । वृद्धहरु बसाईं सराई मा सहभागी नहुने भएकोले नयां बसाईं सराई का ठाउँमा वृद्धहरूकोसंख्या न्यून हुन्छ । यस्तै वृद्ध बढी भएको ठाउँमा बसाईं सराई प्रक्रिया मन्द हुन्छ । तसर्थ जनसङ्ख्या वृद्धत्वले कुनै स्थानको विकास प्रक्रियालाई मन्द गराइ दिन सक्छ । वृद्धहरूको सुविधा र सुरक्षकोलागि नया नया कानुनहरूको निर्माण गर्नु पर्ने हुन्छ । उदाहरणकालागि सन् २००५ मा जापानमा ६० वर्ष उमेर पछिका वृद्धहरुकालागि मात्र भनी केही नया" रोजगारीहरु सिर्जना गरिएका छन् । भारतमा आफ्ना वृद्ध आमाबाबुको जिम्मेवारी वहन नगर्नेयुवा सन्तानलाई सन् २००६ देखि कानुनी दण्डको प्रावधान प्रारम्भ गरिएको छ। वृद्धत्वका स्वास्थ्य सम्बन्धी छुट्टै समस्याहरु हुन्छन् । जस्तै दृष्टिदोष कमजोरी, छिटो थाक्ने, खुट्टा सुनिने, निद्रा कम लाग्ने, खाना रीच कम हुने, खोकी, जोर्नी दुख्ने, मुटुको व्यथा, सिरोसिस, झोकी व्यवहार, पार्किन्सन रोग इतयादि ।



                                     

11. सफल वृद्धत्वका लागि के गर्ने

हरेक मानिसकालागि बालपन र युवापन भूतकाल हुनसक्छ तर वृद्धावस्था अनिवार्य वर्तमान काल हो । यस दृष्टिले वृद्धावस्थालाई वृद्धावस्थालाई स्वाभाविक रूपमा लिएर यसलाई आनन्दपूर्ण बनाउन सकिन्छ । यसका लागि वृद्धावस्थामा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ १. स्वस्थ र सक्रिय रहन निरन्तर प्रयत्न गर्नु पर्छ । निष्क्रिय हुनबाट बच्ने हर सम्भव प्रयास गर्नु पर्छ । यसक लागि कुनै सङ्घ संस्थामा आबद्ध भएर आफुले सक्दो जिम्मेवारी लिने र त्यसलाई पूरा गर्ने प्रयास गर्नु पर्छ । २. धेरै चिल्लो गुलियो र तोल् बढाउने खालका खानाहरु ४० पछि खानु हु.दैन । आवश्यक मात्रामा आराम लिने र निद्रा लिने काम गर्नु पर्छ । ३. रक्सी मादक पदाथृ धूम्रपान बन्द गरेमा धेरै रोगबाट छुटकारा पाउन सकिन्छ । ४. आफ्नो परिवारका सदस्यहरूको अवस्था हेरी सकेको सहयोग गनुृ र अनावश्क असन्तोष व्यक्त गर्ने बानी सुभार गर्नु पर्छ । उनीहरूको प्रशंसा गरेमा अझ बढी सेवा प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । ५. पढेलेखेकाले आफ्नो जीवनका अनुभव शेयर गर्न सक्छन् । यसका लागि पत्रपत्रिकामा र भिडियो सामग्री मार्फत सार्वजनि गर्नु पर्छ । स्थानीय सञ्चार माध्यममा वृद्धहरुका लागि केही नकेही कार्यक्रमहरू हुन्छन् ।त्यसमा भाग लिनु पर्छ । ६. इजरायलको किबुज समदायमा आयु प्रत्याशा सबभन्दा बढी पाइएको छ । यसको कारण के हो भने उनीहरूले सामुदायिक क्रियाकलापहरूमा आफ्ना प्रत्येक सदस्यलाई उसको क्षमता अुसार केही न केही काम दिन्छन् । यस समुदायमा सेवा निवृत्ति भन्ने हुदैन । बढी वृद्धले अलि सानो र सजिलो काम गर्छन भने युवाले अलि गाह्रो र बढी खट्नु पर्ने काम गर्छन् । यो समुदा गठन हुनु अघि किबुजहरूको आयु प्रत्याशा इजरायलमा नै सबभन्दा कम थियो । यसै गरी एकात्मक परिवार भन्दा संयुक्त परिवारमा वृद्धहरूले सुरक्षा अनुभव गर्ने हु" दा उनीहरूबको आयुमा वृद्धि हुन्छ । आधुनिक एकल परिवारहरुम वृद्धहरूले असुरक्षा अनुभव गर्दछन् । ७. सेवा निवृत्त कर्मचारहिरुले आपसमा मिलेर क्लब गठन गर्ने । त्यहां एकअकाृको दुख साटदा सबैले सन्तोष अनुभव गर्छन् ।उदाहरणका लागि विधवा अथा वविधुरहरु आपसमा भेटदा निकै आत्मीयतअनुभव गर्छन् । किनभने उनीहरूले एउटै खलका समस्याहरु बेहोरेका हुन्छन् । ८. समूहमा घुलमिल हुन गाह्रो मान्ने वृद्धहरूले घरेलु पशुपक्षी पालेर आफ्नो एकलोपन कम गराउन सक्छन् । जस्तै रुचि अनुसार कुकुर, बिराले आदि पाल्न क्छन् । ९. वृद्धहरु सबभन्दा सजिलो गरी केटाकेटीहरूसँग घुलमिल हुन्छन् । तसर्थ परिवारमा भएका साना केटाकटीहरूसँग समय बिताउनु र्दिछ । परिवारमा वा त्या ेनभए आफ्न वरिपरि केटाकेटीहरूलाई माया गर्नु पर्दछ । स्वाी रामसुखदासले भन्ने गर्नु हुन्थ्यो, तिमीहरु खुशी रहन चाहन्छै भने केटाकेटीहरुलाई चकलेट बांड्ने गर । यस्ता साना कामर्ले वृद्धहरूको ए क्लोपन हटाउन मद्दत पुग्छ । १०. विभिन्न उमेर समूह र तिनीहर द्वारा गरिएको प्रार्थना सभाहरूमा प्रौढ उपस्थितिको आवृत्तिको एक शोध अध्ययनमा के पाइएको छ भने धार्मिक रूपमा बढी संलग्न मानिसहरु बढी स्वस्थ, बढी रोग प्रतिरोध क्षमता, सन्तुष्ट रहने बानी र कम डिप्रेसन पाइएको छ । तसर्थ वृद्धहरुलाइ ृधार्मिक संलग्नतालाई जेरन्टोलोजीमा सकारात्मक लिइन्छ ।

                                     

11.1. सफल वृद्धत्वका लागि के गर्ने समाजको दायित्व

यस बाहेक वृद्धहरु प्रति समाजको पनि केही दायित्व हुन्छ । उनीहरूसंग ज्ञान र अनुभवको भण्डार हुन्छ । जसलाई युवा पुस्तले हस्तान्तरण गरेर लिन सिक्नु पर्छ । वृद्धहरूलाई वृद्धाश्रम होइन घरैमा सेवा गर्नु पर्छ । भन्ने भावना विकसित गर्नु पर्छ । आवश्यकता अनुसार वृद्धाश्रमहरूको निर्माण पन िगर्नु पर्दछ । वृद्धहरूको स्वास्थ्य सम्बन्धी छुट्टै समस्या हुने भएकोले बाल अस्पताल र महिला अस्पतल जस्तै छुटटै वृद्ध अस्पतालहरूको स्थापना गर्नु पर्छ ।

                                     

12. उपसंहार

समाजमा वृद्धावस्था बारे नकारात्मक धारणा हटाउने, वृद्धहरूलाई समाजका हितमा सक्रिय बनाउर उनीहरूमा रहेको असीम ज्ञान र अनुभवबाट समाजले फाइदा लिन समाजले जान्नु पर्दछ । भने समाजले नयां पुस्तालाई के सिकाउनस पर्दछ भने वृद्धहरुलाइ ृप्रेम र सम्मान दिनु जरुर िछ । जसले आफ्नो जीवन भर समाजलाई र परिवारलाई सकेको र जानेको योगदान गर्यो उसलाई उसका अन्तिम समयमा असम्मन प्रदा न गर्नु नैतिक दृष्टिले कत्ति पनि उचित छैन । सबभन्दा ठूला कुरा वृद्धहरूमा भभएको सीप, ज्ञान र योग्यतको फाइदा प्राप्त गर्दै उनहरुलाइ ृआर्थिक सक्रियता प्रदान गर्न सकेमा वृद्धहरु आश्रित पनि हुंदैनन् र समाजले पाmइदा पनि प्राप्त गर्न सक्छ । सफल वृद्धावस्थाको लागि केही सभ्य केही वृद्धले, केही घरपरिवारले केही समाजले र केही सरकारद्वारा योगदान गर्नु पर्दछ ।