Back

ⓘ डियरवाक




                                     

ⓘ डियरवाक

डियरवाक इन्क.,एक सफ्टवेयर कम्पनी हो जसले हेल्थकेयर विश्लेषण सेवा तथा कार्यविशेषका अनुप्रयोग विकास सम्बन्धी सेवा प्रदान गर्दछ विशेष गरेर हेलथकेयर उद्योगहरुका लागि,मार्च २००९मा स्थापना भएको यस संस्था, लेक्जिङ्टन, म्यासाचुसेट तथा काठमाडौँ नेपालमा रहेको छ । यस संस्थाका उत्पादनहरूमा मकालु,तथ्याङ्क विश्लेषण सफ्टवेयर, एभरेष्ट, हेरविचार समन्वय सफ्टवेयर, याला, मेम्बर पोर्टल, र नाम्चे, ETL सफ्टवेयरहरू पर्दछन् । डियरवाकले Apache Hadoop, Elasticsearch, तथा Cascading जस्ता प्रविधिहरूमा कार्यगरिरहेको छ । डियरवाकले डेस्कटप, वेव तथा मोवाइलका लागि सफ्टवेयर विकासको कार्य गर्दछ । यसका ग्राहकहरूमा साना व्यवसायहरु, संस्थानहरु, अस्पतालहरु,विश्वविद्यालय, प्रोभाइडहरु, विमितहरु, अभिकर्ताहरु, स्टप लस क्यारियरहरु तथा third-party administrators पर्दछन् ।