Back

ⓘ लेखापरीक्षण




                                               

लेखापरीक्षण योजना

लेखापरीक्षकले लेखापरीक्षण शुरू गर्न पुर्व लेखापरीक्षणलाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने सम्बनी कार्ययोजना लगायत लेखापरीक्षण रणनीति समावेश गरी तयार गरेको कागजातलाई लेखापरीक्षण योजना भनिन्छ । यस कागजातमा लेखापरीक्षण प्रभावकारी ढङ्गले सम्पादन गर्ने सम्बन्धि विस्तृत कार्ययोजना र लेखापरीक्षणको सम्पूर्ण रणनीति उल्लेख गरिएको हुन्छ । लेखापरीक्षकले लेखापरीक्षण योजना तयार गर्दा लेखापरीक्षण जोखिमलाई न्यूनतम स्तरमा राख्ने गरी तयार गर्नु पर्दछ ।

                                               

लेखापरीक्षण मानहरू

लेखापरीक्षण मान भन्नाले कुनै पनि लेखापरीक्षकले लेखापरीक्षण गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । उक्त मान लेखापरीक्षण मान समितीले तयार गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरी लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागि राखिएको छ

                                               

मूल्यांकन

मूल्यांकन भन्नाले सम्पत्ति तथा दायित्वहरूको मूल्य निर्धारण गर्ने प्रक्रिया हो । यसबाट सम्पत्ति वा दायित्वको मूल्य निर्धारण गर्ने गरिन्छ । मूल्यांकनबाट आएको सम्पत्ति वा दायित्वको रकमलाई बासलातमा देखाउने गरिन्छ ।

लेखापरीक्षण
                                     

ⓘ लेखापरीक्षण

लेखापरीक्षण लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा लेखापरीक्षण प्रतिवेदन मार्फत आफ्नो राय प्रकट गर्नु हो । लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।

                                     

1. वित्तीय लेखापरीक्षण

वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिने कार्यका लागि प्रमाणहरू सङ्कलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।

                                     

2. लेखारीक्षणका उद्देश्यहरू

  • संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
                                     

3. लेखापरीक्षणका प्रकारहरू

  • परियोजना लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • सुचना प्रविधि लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • सामाजिक लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • वातावरणीय लेखापरीक्षण
                                               

रूजु

रूजु भन्नाले तथ्य प्रमाणित गर्ने वा पुष्टि गर्ने लेखापरीक्षणको प्रक्रिया हो । यसमा संस्थाको वासलातमा देखिएको कुनै पनि सम्पत्ति वा दायित्वको रकम बास्तविक हो वा होइन पुष्टि गर्ने कार्य गरिन्छ । रूजु गर्दा लेखापरीक्षकले निम्न तथ्यहरूलाई पुष्टि गर्ने गर्दछ; अस्तित्व मूल्यांकन अन्य पक्षको कुनै दाबि रहेक नरहेको । स्वामित्व तथा हकभोग