Back

ⓘ नारद स्मृति




                                     

ⓘ नारद स्मृति

नारदलाई देवर्षि भनिन्छ । भागवतमा उनलाई दासीपुत्र बताइएको छ । यसको अर्थ के हो भने उनकी आमा कुनै धनी व्यक्तिको घरकी सेविका थिइन् । त्यस घरमा सधैं ऋषिमुनिहरूको आवत जावत भइरहन्थ्यो । चार वर्षको बालक नारद उनीहरूका कुरामा रमाउंथे । एक रात सर्पदंशले उनकी आमाको मृत्यु हुन गयो । दासीको मत्यु भएपछि सानो बालक नारदको त्यस घरमा काम भएन । उनले मालिकको घर छोडेर खुल्ला संसारमा हिंडे । महाभारतमा बताए अनुसार– देवर्षि नारद वेद र उपनिषद्का मर्मज्ञ, देवताहरुद्वारा सम्मानित, इतिहास पुराणका विशेषज्ञ, न्याय र धर्मका तत्त्वज्ञ, शिक्षा, व्याकरण, आयुर्वेद, ज्योतिषका विद्वान, संगीत विशारद, प्रभावशाली वक्ता, नीतिज्ञ, र बृहस्पति जस्ता महाविद्वान्का शंकाहरूको समाधान दिनसक्ने क्षमता भएका, सर्वहितकारी, र सजिलै सर्वत्र पुग्नसक्ने बताइएको छ । नारदीय सम्प्रदाय भएकोले नारद नामले एक भन्दा बढी चिन्तकहरु हुनसक्छन् । कौटिलीय अर्थशास्त्रमा पिशुनको उद्धरण पांच पटक समावेश गरिएको छ । नारदको एउटा नाम पिशुन पनि हो ।

                                     

1. नारद स्मृति

नारस्मृतिको एक नाम नारद मानव धर्मशास्त्र पनि हो । मन्वर्थ मुक्तावली टीकामा के उल्लेख छ भने मनुले ब्रह्माको पैतामह तन्त्रबाट प्राप्त ज्ञानलाई संक्षिप्त गरेर नारद, भृगु आदि १० वटा मानस पुत्रलाई प्रदान गरेका हुन् । नारद स्मृतिले यस कुरालाई पुष्टि गर्दै मनुले बताए बनाएर स्मृति रचना गरेको स्वीकार गरेको छ । नारदस्मृतिमा अदालती कारवाहीलाई ध्यानमा राखेर स्मृतिको निर्माण गरिएको छ । जबकि मनुस्मृति, याज्ञवल्क्यस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, बृहस्पति सूत्र मा राज्य व्यवस्थाको सञ्चालन ध्यानमा राखिएको छ । धर्मशास्त्रको विकास हुनु अघि अर्थशास्त्र विकसित अवस्थामा रहेको कुरा नारदस्मृतिमा उल्लेख छ तर अर्थशास्त्र धर्मशास्त्रको विवाद पर्न गएमा धर्मशास्त्रलाई प्राथमिकता दिनु पर्छ पनि भनिएको छ ।

                                     

2. अध्याय विभाजन र विषय

नारदस्मृति ग्रन्थ चार अध्याय र सात प्रकरणमा विभाजित छ । जसमा लगभग एक हजार श्लोक छन् ।

अध्याय एक

प्रथम अध्याय ग्रन्थको परिचय हो । यसमा ७४ श्लोकहरु छन् ।

अध्याय दुई

अध्याय दुईमा नारदले न्याय प्रक्रियाका पांच चरण बताएका छन्– १. कुल, २. श्रेणी, ३. गण, ४. मनोनीत, ५. राजा । यस अध्यायमा ४४ श्लोकहरु छन् ।

अध्याय तीन

अध्याय तीनमा वादी र प्रतिवादीले आफ्नो प्रतिनिधि नियुक्त गरेर मुद्दाको कारवाही कसरी अगाडि बढाउन सक्छन् सो कुरा उल्लेख छ । यस अध्यायमा १५ श्लोकहरु छन् ।

अध्याय चार

अध्याय चारमा विविध नियमहरु छन् तर मुख्यतया धर्माधर्म निरुपणको व्याख्या छ । यो अध्याय सबैभन्दा ठूलो छ । जसमा ३४८ श्लोक छन् ।

                                     

2.1. अध्याय विभाजन र विषय अध्याय एक

प्रथम अध्याय ग्रन्थको परिचय हो । यसमा ७४ श्लोकहरु छन् ।
                                     

2.2. अध्याय विभाजन र विषय अध्याय तीन

अध्याय तीनमा वादी र प्रतिवादीले आफ्नो प्रतिनिधि नियुक्त गरेर मुद्दाको कारवाही कसरी अगाडि बढाउन सक्छन् सो कुरा उल्लेख छ । यस अध्यायमा १५ श्लोकहरु छन् ।

                                     

2.3. अध्याय विभाजन र विषय अध्याय चार

अध्याय चारमा विविध नियमहरु छन् तर मुख्यतया धर्माधर्म निरुपणको व्याख्या छ । यो अध्याय सबैभन्दा ठूलो छ । जसमा ३४८ श्लोक छन् ।

                                     

2.4. अध्याय विभाजन र विषय प्रकरण

यस बाहेक यस ग्रन्थमा साना अध्यायहरु छन्, जसलाई प्रकरण भनिएको छ । यी प्रकरणहरूमा क्रमशः ऋण लेनदेन र धितो सम्बन्धी नियम १५ श्लोक, संभूयसमुत्थान अर्थात् सहकारिता कारोबार १८ श्लोक, दत्ता प्रदानिक अर्थात् करार गरेर त्यस अनुसार आचरण नगर्ने १२ श्लोक, अभ्युपेत्य असुश्रूषा अर्थात् सेवा करारलाई भंग गर्नु ४३ श्लोक, वेतनस्य अनपाकर्म अर्थात् काम गरेर पनि भुक्तानी नदिने विषयहरु २२ श्लोक समावेश छन् । यस बाहेक अस्वामी विक्रय अर्थात् मालिक नभएका वस्तुको लिलाम गर्नु ८ श्लोक, क्रीतानुशय अर्थात् किनिसकेपछि माल नउठाउनु १२ श्लोक, समस्यानपाकर्म अर्थात् निगम, र श्रेणी अर्थात् व्यावसायिक सङ्गठनका नियमहरु उल्लंघन गर्नु, ७ श्लोक, सीमाबन्ध अर्थात् सांध सीमाना उल्लङ्घन गर्नु ४३ श्लोक, स्त्री पुंश योग अर्थात् वैवाहिक सम्बन्धी विवादबारे निर्णय प्रक्रिया ११३ श्लोक उल्लेख छ । दाय भाग अर्थात् पैतृक सम्पत्तिको उत्तराधिकार सम्बन्धी नियम र विभाजन ५२ श्लोक, साहस अर्थात् बल प्रयोगद्वारा अपराधीलाई दण्डित गर्नु २७ श्लोक, र वाक्पारुष्य अर्थात् मानहानि सम्बन्धी ३२ श्लोक विषय वस्तु छन् । प्रकीर्णक र परिशिष्ट प्रकरणहरूमा शीर्षकमा ससाना र छिटपुट विवादको क्रमशः ५५ र ६१ श्लोक विषय वस्तु प्रस्तुत छ ।



                                     

3. उपसंहार

नारदस्मृतिमा विवाद निर्णय सम्बनधी विषयमा विस्तृत उल्लेख पाइन्छ । मल्लकालमा नेवारीमा अनूदित मानव न्याय धर्मशास्त्र यस स्मृतिमा आधारित थियो भनिएको छ । कुनै पनि प्रकारका विवादमा कानुनी उपचार सर्वाधिक महत्त्वपूर्ण हुन्छ भनिएको छ । न्यायालयले दिएको निर्णयलाई सर्वोच्च मान्नु पर्छ भनेर नारदस्मृतिमा न्यायालयको सर्वोच्चता कायम गरिएको छ । त्यसैले आर्थिक र वित्तीय नियम र निर्णयका सन्दर्भमा यो ग्रन्थ आज पनि सान्दर्भिक छ ।