Back

ⓘ दुर्गा घिमिरे




                                     

ⓘ दुर्गा घिमिरे

दुर्गा घिमिरे एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ । सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आर्ट्समा मास्टर्स र कानुनमा ब्याचलर गर्नुभएको छ । वहाँ नेपालीको प्रख्यात लेखक र राजनीतिक विश्लेषक स्वर्गीय जगदीश घिमिरेको श्रीमती हुनुहुन्छ ।

                                     

1. कार्यक्षेत्र

सामाजिक कार्यकर्ता हुनुका साथै उहाँ लेखक पनि हुनुहुन्छ । उहाँले केही साहित्यिक पुस्तक र महिला, महिला स्वास्थ्य बेचविखन, सुरक्षित बसाइँसराइ आदि जस्ता बिषयमा धरै लेखहरू लेख्नुभएको छ ।

                                     

2. पुस्तकहरू

  • Staying Alive:Memories of women in prison
  • Prevention, Care, Repatriation and Re-integration of Rescued Girls एबीसी नेपालीको अनुभव
  • Sexual Exploitation of Nepalese girls विशेष चेलीबेटी बेचबिखनको सन्दर्भ
  • जेल को सम्झना
  • उनको सम्झना
  • चेलीबेटी बेचबिखन र महिला हिंसा को वर्तमान अवस्था Current situation of girls trafficking and violence against women
  • चेलीको कथा र बेथाहरु, मेरा अनुभुती The stories of daughters, My experiences