Back

ⓘ राधेश्याम प्रधान




                                     

ⓘ राधेश्याम प्रधान

राधेश्याम प्रधान नृत्य-निर्देशक हुनुहुन्छ। उहाँले माला, चान्डालिका नेवारी, संघर्ष, न्हीला न्हीला हुँ नेवारी जस्ता आधा दर्जनभन्दा बढी चलचित्रमा नृत्य-निर्देशन गर्नुभएको छ। धेरै भिडियो चलचित्रमा पनि नृत्य निर्देशन गर्नुभएको छ।

उहाँको जन्म २०१० वैशाख १५मा काभ्रेपलान्चोकको बनेपाको ओकुटोलमा भएको हो। उहाँ चिनीयाँलाल र उत्तरकुमारीका माहिला छोरा हुनुहुन्छ। उहाँहरू तीन दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो। उहाँले ०२६ देखि ०६३ सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेर नृत्यको विकासका लागि काम गर्नुभयो। ०२१मा नृत्य प्रशिक्षण लिंदा नारायणदेवी प्रधानसँग उहाँको चिनजान भयो। उहाँहरू दुवै ११ वर्षा हुनुहुन्थ्यो। लामो समय सँगै काम गरेका राधेश्याम र नारायणदेवीले पछि विवाह गर्नुभयो। नारायणदेवी भने अहिले पनि प्रज्ञामा नृत्य-निर्देशक हुनुहुन्छ।

भारतका इलाहावादबाट नृत्यमा एमए गरेका प्रधानले नृत्यकारकै रूपमा विश्वका धेरै देश घुम्ने मौका पाउनुभएको छ। उहाँले राष्ट्रसेवाका लागि धेरै सम्मान र पुरस्कार पाउनुभएको छ।

                                     
  • ल फ ट - ह फ न र यण बह द र क ष त र र इट - आउट न त ब ब खड गम न र इट - इन र ध श य म श र ष ठ, स न टर - फर व ड नरसम श र, ल फ ट - इन त रकसम श र थ प ल फ ट - आउट रम शव क रम
  • प रस ई - पञ च यत तथ स थ न य व क स म ग न द रक म र उप ध य य - जलस र त र ध श य म कम र - र ज यमन त र गण श श रचन - सह यक मन त र श र प रस द ब ढ थ क

Users also searched:

...
...
...