Back

ⓘ जखेरा ताल




जखेरा ताल
                                     

ⓘ जखेरा ताल

जखेरा ताल प्रदेश नं. ५ को दाङ जिल्लाको लमही नगरपालिका अन्तर्गत पर्ने एउटा ताल र रमणीय स्थल हो। देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित यो ताल कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यको रूपमा रहेको छ। यो ताल दाङ जिल्लाको एक प्रमुख पर्यटकीय स्थल हो। यस ताल भित्र बाहिर गरी जम्मा चार वटा मन्दिर निर्माण गरिएको छ। यहाँ घुम्न आउने पर्यटकमाझ वनभोज क्षेत्रकोलागि लोकप्रिय रहेको यस ताल क्षेत्रमा माघी र शिवरात्रीमा भब्य मेला समेत लाग्ने गर्दछ। प्रायः वर्षैभरी नै चहलपहल रहने यस ठाउँमा दशैं र तिहार सकेपछिको २-३ महिनासम्म विशेष भिडभाड हुने गर्दछ। थारू समुदायको बाहुल्यता रहेकोले यस क्षेत्रमा माघी पर्वमा मेला लाग्ने गरेको छ। साथै शिवरात्रीमा यहाँ भजनकृतन पुजापाठ र मेला लाग्ने गरेको छ।

                                     

1. नामाकरण र इतिहास

स्थानीय थारू समुदायमा बोलिने प्रमुख भाषा थारू हो। जहाँ आकाशबाट परेको पानी जम्मा हुने गर्दछ तेसैलाई नै थारू भाषामा जखेरा भन्ने गरिन्छ।

आजभन्दा लगभग ६०-६५ वर्ष अघि सोनपुर गाविसका प्रायः जमिनहरू सुख्खा थिए र पछि वर्षाको पानी सङ्कलन गरी सिंचाइ गर्नका लागि दिबु चौधरीले यसको बाँध निर्माण सुरु गरे। यस कार्यमा स्थानीय सोनपुर गविसका गाउँहरू टिकुलीगढ, फल्कापुर श्रिगाउँ का वासिन्दाले पनि साथ दिए।

                                     

2. भौगोलिक अवस्थिती

जखेरा ताल देउखुरी उपत्यकाको मध्य उत्तरी भागमा चुरे पहाडको फेदीमा अवस्थित छ। यस तालको उत्तर र पश्चिममा जंगलले घेरिएको छ। यो ताल महेन्द्र राजमार्ग देखि १.४ कि.मि को दुरिमा उत्तर तर्फ अवस्थित छ र लमही बजार देखि ५ कि मि पूर्व पर्छ।