Back

ⓘ गण्डकी प्रदेश




गण्डकी प्रदेश
                                     

ⓘ गण्डकी प्रदेश

गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । कुल ११ जिल्ला रहेको यस प्रदेशको राजधानी पोखरामा कायम भएको छ ।

                                     

1. भौगोलिक परिचय

नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो । यसै संविधान बमोजिम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपुरको भू-भाग समेटी कुल ११ जिल्लाको प्रदेश नं. ४ कायम भयो । भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरूपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ ।

                                     

1.1. भौगोलिक परिचय अवस्थिति

भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२० उत्तरी अक्षांश देखि २९°२० उत्तरी अक्षांश र ८२° ५२ पूर्वी देशान्तर देखि ८५° १२ पूर्वी देशान्तरका बीच रहेको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रूपमा धौलागिरी हिमाल र होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ ।

                                     

1.2. भौगोलिक परिचय क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. २६.८%, पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. ६७.२% र तराई भू-भाग १,३१० वर्ग कि.मि. ६% पर्दछ । यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ । यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ । नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा समेत यस प्रदेशमा रहेको छ ।

                                     

1.3. भौगोलिक परिचय सिमाना

यस प्रदेशको सिमाना पूर्वमा ३ नं. प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्‍चिममा प्रदेश नं. ५ का पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी सुस्ता बर्दघाट पश्‍चिम र ६ नं. प्रदेशको डोल्पा जिल्ला पर्दछन् । त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा ४ नं. प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन् ।

                                     

2. प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप सङ्घीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र सङ्घीय सरकारको रूपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस ४ नं. प्रदेश अन्तर्गत धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन् । १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् । त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ ।

                                     

3. जनसांख्यिकीय विवरण

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसङ्ख्या २४,०३,०१६ रहेको छ जुन कुल जनसङ्ख्याको ९.०६ प्रतिशत हुन आउँछ । यस मध्ये पुरुषको जनसङ्ख्या ९,४८,०२९ र महिलाको जनसङ्ख्या ११,४४,१२४ रहेको छ भने लैङ्गिक अनुपात करिब ८९ जना पुरुष प्रति १०० महिलामा रहेको छ यसको राष्‍ट्रिय अनुपात ९४.१६ रहेको छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर -०.३३ प्रतिशतको हाराहारीमा रहेको छ राष्‍ट्रिय तथ्याङ्कमा यो दर १.३५ प्रतिशत रहेको छ । यसबाट के देखिन्छ भने यस प्रदेशको जनसङ्ख्या वृद्धि घट्दो अनुपातमा रहेको छ । प्रदेशको जनसङ्ख्याको औसत आयु ७० वर्ष रहेको छ राष्‍ट्रिय तहमा भने यो तथ्याङ्क ६५ वर्ष रहेको छ । कुल घरपरिवार संख्या ५,७६,५०१ रहेको छ । यस प्रदेशको कुल जनघनत्व ११० जना प्रति वर्ग किलोमिटर रहेको छ । यसमा नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या १४,५२,१८६ ६०.५% र गाउँपालिकामा बसोबास गर्ने जनसङ्ख्या ९,४३,६५२ ३९.४% रहेको छ । त्यस्तै यस प्रदेशको कुल जनसङ्ख्याको ५०.१ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा सक्रिय रहेको छ । यसबाट आधा जनसङ्ख्या आश्रित जनसङ्ख्याको रूपमा रहेको प्रष्‍ट हुन्छ ।

भौगोलिक प्रदेशगत आधारमा ४ नं. प्रदेशको जनसङ्ख्या हिमाली प्रदेशको जनसङ्ख्या १९,९९० ०.८%, पहाडी प्रदेशको जनसङ्ख्या २०,७२,१६२ ८६.५% र तराई प्रदेशको जनसङ्ख्या ३,१०,८६४ १२.७% रहेको छ ।

क्षेत्रफलको हिसाबले गोरखाको चुमानुब्री गाउँपालिका१६४८.६५वर्ग किमी गण्डकी प्रदेशको सबै भन्दा ठूलो स्थानीय निकाय हो।जुन नेपालको चौथो ठूलो स्थानीय निकाय पनि हो



                                     
  • जनस ख य भएक प रद श र क ष त रफल अन स र त स र ठ ल प रद श ह ल म ब न क उत तरम गण डक प रद श र कर ण ल प रद श पश च मम स द रपश च म प रद श दक ष णम भ रतक
  • ह गण डक अञ चल ज ल ल म व भ ज त छ गण डक अञ चल व भ न न सभ यत हर क व श ष ट थल क र पम रह क छ य अञ चल स त नद हर म ल र बन क प रस द ध गण डक नद क
  • क ष त रफल ओगट क छ प रद शक प र वम प रद श न र पश च मम गण डक प रद श पर दछ भ न उत तरम च न र दक ष णम प रद श न तथ भ रतस ग यसल स म न स झ द र
  • कर ण ल प रद श न प लक स व ध न ल व स अस ज म र ज य व भ जन गर बन क प रद शहर मध य एक ह न प लक स व ध न ल कर ण ल प रद शम न म न
  • - - - गण डक प रद शल आठ र ष ट र य ख लक द क ल ग ख लम जम म जन ख ल ड छन ट गर क थ य व यक त गत तथ ट म इभ ण टम ख ल ड हर छन ट
  • प र वमह न य य ध वक त क र यक ल एव न प लक गण डक प रद श क प र वप रद श प रम ख क र यक ल - ह न प रध नमन त र
  • भन एप एफ क लबल ज त क थ य प रद श नम बर प रद श नम बर प रद श नम बर गण डक प रद श प रद श नम बर प रद श नम बर प रद श नम बर न प ल प ल स क लब न प ल
  • भन एप एफ क लबल ज त क थ य प रद श नम बर प रद श नम बर प रद श नम बर गण डक प रद श प रद श नम बर प रद श नम बर प रद श नम बर न प ल प ल स क लब न प ल
  • त ह ईल गर न प र वध न रह क छ स द रपश च म कर ण ल प रद श गण डक व ग मत प रद श प रद श प रद श न क ज ल ल हर 1. त प ल ज ङ ज ल ल 2. प चथर ज ल ल
  • गण डक ग उ प ल क ग रख ज ल ल म अवस थ त छ व स स लम सङ घ य म म ल तथ स थ न य व क स मन त र लयल स थ न य तह ल ग गर द ग रख ज ल ल म स व कक

Users also searched:

...