Back

ⓘ दिग्दर्शन युवा क्लब




दिग्दर्शन युवा क्लब
                                     

ⓘ दिग्दर्शन युवा क्लब

समग्र देश र विशेष गरी चितवन भित्र छरिएर रहेका युवा शक्तिलाई बिकाश कार्यमा समाहित गराउने उद्येश्य सहित बिक्रम संबत २०५८ मा स्थापित यस दिग दर्शन युवा क्लब, चितवन स्थित रत्ननगर नगरपालिका वडा नम्बर १५ मा रहेको छ। परिवर्तनका लागि युवा भन्ने मूल नारा सहित विसं २०५२ मा रत्ननगर १५ निवासी युवा समाजसेवी श्री दिलबहादुर बुढाथोकीको संयोजकत्वमा गठन भै अर्का प्रखर समाजसेवी तथा राजनीतिज्ञ श्री द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा विधिवत दर्ता भएको ज्ञानज्योति युवा क्लबको पुनर्गठित र परिमार्जित रुप नै दिग दर्शन युवा क्लब हो।

बेरोजगार तथा असंगठित युवा जमातलाई एकताबद्ध ढङ्गले सामाजिक कार्यमा अग्रसर गराउदै महिला, बालबालिका तथा असाहयहरूको निम्ति गठित यस सस्थाले स्थापनाकाल देखिनै विभिन्न मनोरन्जनात्मक तथा मानवीय सेवाका कार्यहरु गर्दै आएको छ। हेरेक वर्ष महिलाहरूको उत्सब तीज विशेष, बृहत रक्तदान, वृक्षारोपण, सरसफाई जागरण अभियान, होलि विशेष कार्यक्रम र दुर्व्यसन बिरुद्ध जनचेतना मुलक कार्यक्रम गर्दै आएको क्लबले दैवी प्रकोप लगायत विषम परिस्थितिमा प्रत्यक्ष्य सेवा पुराउदै आएको छ।

बिशुद्ध गैह्र नाफामुलक यस सस्था, हाल श्री बालकृष्ण पोखरेलको अध्यक्षतामा संचालनमा रहेको छ।

Users also searched:

www come गैर सरकारी संस्थाको विधान,

...
...
...