Back

ⓘ पूर्वाञ्चल विकास क्षेत्र




पूर्वाञ्चल विकास क्षेत्र
                                     

ⓘ पूर्वाञ्चल विकास क्षेत्र

पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बङ्गालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको मुख्यालय धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।

यो क्षेत्र नेपालको तेश्रो सबभन्दा ठुलो विकास क्षेत्र हो तर जनसङ्ख्याको हिसाबले नेपालको दोश्रो सबभन्दा ठुलो जनसङ्ख्या भाको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल २८,४५६ किमी २ १०,९८७ वर्ग माइल छ र जनसङ्ख्या ५८११५५५ जना छ। यस क्षेत्रको जनसङ्ख्या घनत्व २०४.२ व्यक्ति/किमा २ छ।

                                     

1. प्रकृति र भूगोल

पारिस्थितीक रूपले यो क्षेत्र तीन क्षेत्रमा बाँडियेको छ: पर्वत, पहाड़ र तराई। यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबभन्दा अग्लो पर्वत सगरमाथा हो। यो सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्छ।

पूर्वाञ्चल क्षेत्रमा सबभन्दा प्रमुख नदीहरूमा कोशी नदी हो जुन कि गंगाको सहायक नदी हो र मेची नदी भने महानन्दा नदीको सहायक नदी हो। नेपालको ठुलै नदी प्रणाली हो कोशी नदी र यसको अग्लो झरना प्रपात ह्यात्रुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ। ह्यात्रुंग झरना प्रपात २७°१४′१७″उ॰ ८७°३३′४६″पू॰ ३६५ मी १,१९८ फिट अग्लो छ।

यो क्षेत्रजैव विविधतामा धनी मानिन्छ, उदाहरणस्वरुप नेपालमा ३१ जातिका गुराँस पाईन्छन जसमाबाट २८ जाति का गुराँस तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र पाईन्छ।

                                     

2. प्रमुख सहरहरू

यस क्षेत्रका प्रमुख शहरहरु हुन बिराटनगर, धरान, धनकुटा, इटहरी, इनरुवा, राजबिराज, बेलबारी, तेलकुडी-कसेनी बिर्तामोड र दमक. अन्य शहरहरु हुन नाम्चे बजार सगरमाथाको छेउमा बेस क्याम्प नजिक, गाईघाट, लहान, ईलाम, संखुवासभा खादबारी, रेसुङ्गा, काँकरभिट्टा आदि।

                                     

3. प्रशासनिक विभाजन

पूर्वाञ्चलमा जम्मा ३ अञ्चल र १६ जिल्लाहरू छन् पूर्वाञ्चल विकास क्षेत्र

  • पाँचथर
  • मेची अञ्चल
  • झापा
  • ताप्लेजुङ
  • इलाम
  • सुनसरी
  • मोरङ
  • तेह्रथुम
  • सङ्खुवासभा
  • धनकुटा
  • भोजपुर
  • कोशी अञ्चल
  • सप्तरी
  • सिराहा
  • सोलुखुम्बु
  • सगरमाथा अञ्चल
  • ओखलढुंगा
  • खोटाङ
  • उदयपुर