Back

ⓘ गमाल अब्देल नासेर




गमाल अब्देल नासेर
                                     

ⓘ गमाल अब्देल नासेर

गमाल अब्देल नासेर हुसेन Gamal Abdel Nasser Hussein इजिप्टका दोश्रो रास्ट्रपतिको रूपमा १९५६ देखि आफ्नो मृत्यु नहुन्जेल १९७० सम्म सेवा गरे । नासेरले १९५२ को राजतन्त्र अन्त्यको नेतृत्व गरे र त्यसै वर्ष दुरगामी भूमिसुधारको सुरुवात गरे । जब १९५४ मा उनको मुस्लिम ब्रदरहुडबाट हत्या प्रयास भयो, उनले त्यो सङ्गठन दबाए र त्यसका प्रमुख मुहमद नागुइबलाई नजरबन्दमा राखे र जुन १९५६ मा आधिकारिक रूपमा कार्यकारी रास्ट्रपतिको कार्यभार सम्हाले ।

नासेरले जब स्वेज नहरको राष्ट्रियकरण गरे र त्यसपछि उत्पन्न स्वेज संकटमा राजनैतिक विजय प्राप्त गरे, तब इजिप्ट र अरब जगतमा उनको लोकप्रियता चुलियो। अरब एकताको आह्वान गरेर उनको नेतृत्वमा अरब लिग बन्यो । १९६२ मा, नासेरले इजिप्टमा प्रमुख समाजवादी योजना र आधुनिकीकरण सुधारहरूको एक शृङ्खला सुरू गरे। आफ्नो प्यान-अरबवादको कारणले गर्दा असहमतिको बावजुद, नासेरका समर्थकहरूले धेरै अरब देशहरूमा शक्ति प्राप्त गरे, तर १९६३ आउदा आउदै उनी उत्तरी यमन गृहयुद्धमा संलग्न भए र अन्ततः धेरै ठूला अरबी शीत युद्ध भयो । उनको राजनीतिक विरोधीहरूलाई प्रतिबन्ध लगाएपछि मार्च १९६५ मा उनले दोस्रो दोस्रो राष्ट्रपति कार्यकाल शुरु गरे । १९६७ छ दिने युद्धमा इजरायलीले इजिप्टलाई हराएपछी, नासेरले आफ्नो पदबाट राजिनामा गरे, तर लोकप्रिय प्रदर्शन पछि उनको पुनरुत्थानको लागि उहाँ अफिस फर्कनुभयो। १९६८ सम्म, नासेरले आफैले प्रधानमन्त्री नियुक्त गरे, उहाँले हराएको क्षेत्र पुन: प्राप्त गर्न War of Attrition शुरू गरे, सेना को राजनीतिकरण बन्दको प्रक्रिया शुरू गरे र राजनीतिक उदारीकरण सुधार जारी गरे ।

सन् १९७० को अरब लिग शिखर सम्मेलनको समापन पछि नासेरलाई हृदयाघातको सामना गरे र मृत्यु भयो । कायरो उनको अन्त्येष्टिमा पचास लाख शोकाकुलहरु र अरब विश्वभर शोकको उपस्थिति रहेको थियो।

नासेर अरब जगतमा एक प्रतीकात्मक व्यक्ति बनेको छन्,विशेष गरी सामाजिक न्याय र अरब एकता गरेको नेतृत्वको लागि,आधुनिकीकरण नीतिहरू र साम्राज्यवादी विरोधी प्रयासहरूको लागि। उनको राष्ट्रपतिकालले इजिप्ट मिस्रको सांस्कृतिक उछाललाई प्रोत्साहित गर्यो र असवान बाँध र हवान शहर सहित ठूलो औद्योगिक परियोजनाहरु पनि प्रक्षेपण गर्यो।

                                     

1. स्वेज नहरको राष्ट्रियकरण

२६ जुलाई १९५६ मा अलेक्जेद्रिया मा सबोधन गर्दै नासेरले इजिप्टको सेनालाई स्वेज नहर नियन्त्रण गर्न र नहरको राष्ट्रियकरण कार्वान्ययन गर्न आदेश दिए। उनले राष्ट्रियकरण कानुन प्रकाशित भएको, स्वेज नहरको सबै सम्पत्ति रोक्का भएको, र सबै शेयरधनीहरूलाई पेरिस स्टक एक्सचेन्जको अन्तिम मूल्य अनुसार को पैसा चुक्ता गरिने घोषणा गरे। त्यहि दिन, इजिप्टले इजरायली जहाजहरूलाई बन्द गरियो ।

                                     

2. आलोचना

नासरको आलोचकहरूले उनको अधिनायकवाद, उनको मानव अधिकार उल्लङ्घनहरूको आलोचना गर्छन्,र निजामती संस्थाहरूमा सेनाको उनको प्रभुत्व इजिप्ट मिस्रमा सैन्य र तानाशाही शासनको ढाँचा स्थापितको आलोचना गर्छन् ।